पर्वत जिल्ला महाशिला गाउँपालिका वार्ड नम्बर ४ स्थित श्री स्वधर्म माध्यमिक विद्यालय मा यही २०८२ साल मङ्सिर ११ गतेको दिन विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ तथा सल्लाहकार समिति समेत सर्वसम्मत गठन भएको छ। विद्यालयमा अध्ययनरत छात्रछात्राहरूका अभिभावकहरू स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी ,समाजसेवी ,जनप्रतिनिधि तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा सदस्यहरू विद्यालयसँग सरोकार राख्ने अन्य सरोकारवालाहरू,छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू समेतको उपस्थितिमा भेला बसी सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा सल्लाहकार समिति समेत गठन भएको छ। उक्त कार्यक्रममा महाशिला गाउँपालिका गाउँपालिकाको कार्यालय बालाकोटको तर्फबाट लेखा अधिकृत सन्तोष बि.क .तथा कम्प्युटर अपरेटर रमेश प्रसाद शर्माको उपस्थिति थियो। समिति गठन गर्ने क्रममा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ संशोधन सहित तथा स्थानीय शिक्षा ऐन तथा नियमावली २०७५ संशोधन सहित को अधिनमा रही अभिभावकहरुलाई आवश्यक सहयोग गर्नका लागि महाशिला गाउँपालिकाका लेखा अधिकृत सन्तोष बिकको संयोजकत्वमा स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष पूर्णबहादुर मल्ल र विद्यालयका प्रधानाध्यापक शेषकान्त शर्मा रहेको तीन सदस्य सहयोग समिति गठन भएको थियो। उक्त समितिले अभिभावकहरू स्थानीय शिक्षाप्रेमी बुद्धिजीवी समाजसेवी तथा अन्य सरोकार वालाहरूसँग बृहत छलफल गरी नियमानसार विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन भएको छ। उक्त भेला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पूर्णबहादुर मल्लको प्रमुख अतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत प्रसाद सुबेदीको अध्यक्षतामा बसेको थियो।
भेलाले अमृत प्रसाद सुवेदीको अध्यक्षतमा विष्णुमाया थापा, काशीराम दर्जी ,कृष्णबहादुर रेग्मी क्षेत्री, शोभा भण्डारी ,तिल कुमारी उपाध्याय ,पूर्ण बहादुर मल्ल (वडा अध्यक्ष) पदेन सदस्य, जगन्नाथ पौडेल( शिक्षक प्रतिनिधि )तथा शेषकान्त शर्मा प्रधानाध्यापक (सदस्य सचिव) रहेको नौ सदस्य विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रुपमा गठन गरेको छ।
त्यसैगरी नामबहादुर खत्री (दीपक)को अध्यक्षतामा याम बहादुर भण्डारी, थमप्रसाद पौडेल, निशा क्षेत्री ,इन्दु नेपाली, सरिता बिक ,भवराज शर्मा, बम बहादुर दर्जी ,चन्द्र मल्ल, इन्द्रबहादुर क्षेत्री (शिक्षक प्रतिनिधि ) बि.व्य.स.अध्यक्ष तथा प्रधानाध्यापक (पदेन सदस्य)रहेको शिक्षक अभिभावक संघ गठन भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अमृत प्रसाद सुवेदी तथा शिक्षक अभिभावक संघको अध्यक्ष नाम बहादुर खत्री (दिपक) दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन हुनु भएको हो।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षतामा पूर्व विद्यालयका अध्यक्षहरू डिल बहादुर खत्री,देऊ बहादुर भण्डारी, गुप्तबहादुर रेग्मी ,भक्तराज सुवेदी, अमृत बहादुर मल्ल ,नैनासिंह थापा तथा समाजसेवी सम बहादुर बि क ,राम बहादुर रेग्मी तथा थमप्रसाद पौडेल रहेको सल्लाहकार समिति समेत सर्वसम्मत गठन भएको छ।





