पर्वत । फलामखानी सेवा समाज पर्वत कतारका अध्यक्ष सागर सुनार रसाइलीले फलेवास नगरपालिका ३ मैदानका विद्यार्थीहरुलाइ पोसाक सहित विद्यालयलाइ साउण्ड सिस्टम प्रदान गरेका छन् । रसाइलीले शंकरपोखरी मैदानमा रहेको बालज्योती प्रथामिक विद्यालयका ५० जना विद्यार्थीलाई विद्यालयको टिसर्ट र एक थान साउण्ड सहयोग गरेका हुन् ।
विहिबार रसाइलीकि आमा सीता सुनार रसाइलीको उपस्थितमा एक कार्यक्रमको आयोजना गरि पोसाक वितरण गरिएको हो ।
महाशिला गाउँपालिका घरभइ हाल रोजगारीको शिलशिलामा कतारमा रहेका रसाइलीले विद्यार्थीहरुलाइ पोसाक सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै शैक्षिक उन्नयनका लागि आफुले विभिन्न ठाउँका विद्यालयहरुमा सहयोग गरिरहेको बताए ।
उनले आफ्नो हरेक महिनाको तलबबाट केही प्रतिशत रकम सामाजिक सेवामा खर्च गरिरहेको बताए ।
रसाइलीले पैसा भन्दा पनि मानव सेवा ठूलो भएको बताउँदै सामाजिक कार्यमा निरन्तर लाग्ने बताएका छन् ।





