Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php:6170) in /home/nayannews/mahashilakhabar.com/wp-includes/feed-rss2.php on line 8
विचार/ब्लग Archives - महाशिला खबर https://mahashilakhabar.com/category/blog/ www.mahashilakhabar.com Thu, 25 Sep 2025 13:54:33 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 महाशिला बासीमा प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेको — दशैं शुभकामना पत्र https://mahashilakhabar.com/banner/47635/ Thu, 25 Sep 2025 13:54:33 +0000 https://mahashilakhabar.com/?p=47635 प्रिय महाशिला गाउँपालिकालाई माया गर्नेहरु, यो वर्षको दशैं घर आँगनमा आइसकेको छ । डिलमा, बारीमा फूल फूलेर कति रमाइलो देखिएको छ होला । घर वरिपरि सरसफाइ गरेर कति राम्रो देखिएको छ होला । रातो माटो र कमेरोले घर लिप्दै गर्दा कति रमाइलो भएको छ होला । घर छोडेर पर गएका छोराछोरी आउने बाटो हेर्दै गरेका […]

The post महाशिला बासीमा प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेको — दशैं शुभकामना पत्र appeared first on महाशिला खबर.

]]>
प्रिय

महाशिला गाउँपालिकालाई माया गर्नेहरु,

यो वर्षको दशैं घर आँगनमा आइसकेको छ । डिलमा, बारीमा फूल फूलेर कति रमाइलो देखिएको छ होला । घर वरिपरि सरसफाइ गरेर कति राम्रो देखिएको छ होला । रातो माटो र कमेरोले घर लिप्दै गर्दा कति रमाइलो भएको छ होला । घर छोडेर पर गएका छोराछोरी आउने बाटो हेर्दै गरेका ति आँखामा कति रहरका फूल फूलेका होलान । अब त दशैं तिहारको छुट्टि हुन्छ भन्दै बाख्राका पाठाजस्तै बुर्कुसी मारेका केटाकेटीहरुको मन कति खुलेको होला । आकास पनि अब त दशैंको नीलो रङ्ग पोतेर देखिन थालेको छ । धन्न आउँछ हरेक वर्ष यो दशैं र रमाउने बहाना दिन्छ नि हामीलाई ।

तपाईंलाई सम्झेर यसरी पत्र लेख्न मन लागेको धेरै पहिले हो, तर साइत जुरेको रहेनछ । सायद यो दशैंले त्यो साइत बोकेर आएको रहेछ । यो प्यारो माटोमा आएको आज २८४ दिनपछि तपाईलाई सम्बोधन गरेर यो पत्र लेखेको छु , आशा छ यो पत्रले हाम्रो साइनोलाई झनै बलियो बनाउनेछ– खरका त्यान्द्रा त्यान्द्रा जोडेर बनाएको पिङ्ग जस्तै गरी ।

सानो स्थानीय तह । रमाइला ठाउँहरु । गज्जबका मान्छेहरु । प्यारा मनहरु । ठाउँ रमाइलो कि यहाँका मान्छेको मन कोमल? म छुट्याउन सक्दिन । देशका लगभग ४५ जिल्लाका गाउँमा पुगेको छु, तर यहाँका तपाईंहरुजस्ता मान्छे कमै भेटेको छु । ठूला सपना त छैनन, तर सानै भए पनि सुखका सपना देख्नुभएको छ, खुशीका रहर कोर्नुभएको छ । सम्बन्ध सधैं आत्मिय हुनुपर्छ भनेर व्यवहार गर्नुहुन्छ– यहि नै सबैभन्दा सम्पत्ति हो हजुरको । म बस्ने दहको यो घरको आँगनमा काखमा ल्यापटप राखेर मैंले यो लेखिरहँदा मीठो घाम लागेको छ, टाउकामाथिको आकासमा एउटां जहाज पूर्वतिर उडिरहेको छ, गोठमा बाख्राका सेता पाठाहरु मतिर हेरेर बसेका छन, झालैभरि गीठा झुण्डिएका छन, बारीमा कोदो फूलेको छ, भटमासका झ्याङ्ग हर्लक्कै बढेका छन– यि सबै सबै परिवेशमा मेरो मनभरि महाशिलालाई माया गर्ने हजुर हुनुहुन्छ । उत्तीस घारीबाट एउटा मीठो हावाको लहर बग्दै बग्दै आएर मेरो कपाल हल्लाएको छ– जसरी तपाईंको मायाले मेरो मन तलको सेतीखोलाको पानीमा लहर आए जस्तै बनेको छ । यो सबै तपाई र मेरो साइनोको प्रमाण हो ।

भूगोलले अलि अफ्ठेरो ठाउँ छ हाम्रो गाउँ, तर सुन्दर छ नि त । कुन गाउँ होला महाशिलाभित्रको जसलाई देखेर मान्छेहरु आहा भन्न नसकुन । केहि दिन अघि म फलामखानीको डाँडोमा गएर त्यहाँबाट देखिएको गज्जबको दृश्य खिचेर इन्टरनेटमा राखेको थिएँ, त्यो देखेर कति साथीहरुले कम्तिमा त्यो डाँडोमा यही सिजनमा घुम्न आउने भनेर बाचा गरेका छन । त्यसै गरी देखाउने हो भने पैयूँकोटतिरको भूगोललाई, झनै कति रहर पलाउँदा हुन देख्नेहरुका मनमनमा? भोक्सिङ्गको आलु खाएका पोखरेलीहरुले पटक पटक सम्झाउँछन मलाई त्यो आलुको स्वाद र पोखरा आउँदा रित्तै नआउनु है भन्दै आग्रह गर्छन । लुँखु त धेरै पहिले देखि नै चिनिएको ठाउँ हो । महाशिला नजानेका मान्छे पनि लुँखु देउराली सुनेका छन, जानेका छन । त्यसको एक प्रमाण म आफैं पनि हो । म यहाँ नआउँदा पनि लुँखु देउरालीको बारेमा धेरै सुनेको थिएँ अनि मनमनै सोंचेको थिएँ– कुनै बेला त म पनि जानेछु त्यहाँ । भयो पनि त्यस्तै, तपाईंहरुकै सेवा गर्न भनेर भावीले लेखेको रहेछ मेरो निधारमा, यही आइपुगें– तपाईंको आँगनमै । मैंले तपाईंलाई यो किन पनि भनेको भने महाशिला लुकेको छैन, बाहिर दुनियाँमा पहिले देखि नै चिनिएको ठाउँ हो । कति ठाउँ छन हाम्रै परिवेशमा, जसको बारेमा खासै बाहिर चर्चा सुनिन्न । तर तपाईंको महाशिला गाउँपालिकालाई नचिन्ने कमै छन । अनि तपाईं पनि त त्यस्तै हुनुहुन्छ नि, तपाईंको त्यो मन र व्यवहार बुझेपछि कसले पो बिर्सला र

गाउँपालिकाको विकास र समृद्धिको बारेमा पछि अर्को पत्रमा भलाकुसारी गरौंला । तपाईंले पनि यस्तै पत्र लेखेर पठाउनुभयो भने म झनै खुशी हुनेछु । यो पत्र केबल तपाईंलाई दशैंको दक्षिणा मात्रै हो । तपाईं सबैलाई मेरो यो चिठीको आँगनैभरि कालो काम्लो ओछ्याएर राखेको छु । लस्करै बस्नुभएको छ तपाईंहरु– गाउँका सबै बाआमा, दाइ भाउजू, भाइ बहिनीहरु । अनि तपाईंहरुले नै चुनेर पठाउनुभएका जनप्रतिनिधीहरु, गाउँपालिकामा सेवा गर्न खट्नुभएका मेरा प्यारा सहकर्मी साथीहरु, विद्यार्थीहरुको जीवन सुन्दर बनाउन मन–बचन–कर्मले लाग्नुभएका सम्पूर्ण शिक्षकज्यूहरु पनि । तपाईं सबैलाई पिंढीमा बसेको म, यो ठाउँको एउटा पाहुनाको सम्मान फिंजाएको छु । भित्र चुल्होबाट शिखारको मीठो बासना आएकै छ, त्यो मीठो बासना पनि तपाईंलाई । घामको न्यानो र रुखको शितल ओझेल पनि तपाईंलाई । तपाईंको निधारभरि आशिर्वाद र बचनबद्धताका राता अक्षता लगाएर कानमा सिउराइदिएको यो जमरा र हातमा मायाले दिएको यो दक्षिणा स्विकार गर्नु ल । भुईंमा ओछ्याएको काम्लोमा राता अक्षता अलिअलि पोखरिएका छन, ति पोखिएका अक्षतालाई पनि चरेशको थालमा हालेर अरुलाई पनि दशैं मान्न दिउँ है? सानो प्लेटमा कालो कर्कलाको अचार, बटुकामा अलिकति खशीको मासु, थालमा सेलरोटी र मनभरि माया पस्केको छु– एउटा अरु नै गाउँबाट आएको केटाले यो माटोमा दशैं मनाउँदै दिएको उपहार स्विकार्नु ल ।

तपाईंसँग पत्रमा यसरी भलाकुसारी गरेर मेरा औंला थाक्दैनन, मनले रोकिन मान्दैन । तपाईंसँग छुट्टिएर टाढा जान खुट्टाले मान्दै मान्दैनन । तर पनि, म आउने बाटो हेरेर बसेका मेरा बा आमा छन, पुतलीजस्तै फुरफुर गरेर उड्ने सानी छोरी छे, दियो बालेर कुरेर बसेकी मायालु छिन । तपाईंबाट यही पत्रमा दशैं मनाएर म पनि पुग्नु छ–कालीपारको त्यो गाउँमा, जहाँ साथीहरु दशैंको मूलबाटो खन्न कोदालो र हँसिया लिएर मलाई नै कुरेर बसेका छन ।

तपाईंलाई दशैंको मनैदेखि शुभकामना । यो दशैंले हाम्रो साइनो झनै बलियो बनाओस ।

तपाईंलाई माया गर्ने

देवेन्द्र चिनार ।

The post महाशिला बासीमा प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेको — दशैं शुभकामना पत्र appeared first on महाशिला खबर.

]]>
संगठित श्रमिक वालवालिका वालमैत्रीको पहिलो खुडकिला https://mahashilakhabar.com/banner/46321/ https://mahashilakhabar.com/banner/46321/#respond Wed, 05 Jul 2023 14:17:44 +0000 https://mahashilakhabar.com/?p=46321 फलेबास नगरपालिका वालमैत्री स्थानीय शासन निर्माणको सिलसिलामा रहेको छ। निति निर्माण संगसगै राज्यले निर्धारण गरेको सूचक पुरा गर्नुपर्ने छ । वालमैत्री नगरपालिका घोषणा पुर्व सवै खाले क्षेत्रवाट सकारात्मक सहयोग आवश्यक रहन्छ र यस्लाई कार्यान्वयन गर्ने अभियानको अभियान्ता उतिकै जिम्मेवार हुनु आवश्यक छ। टोल वडा हुंदै पालिका स्तरीय वाल सन्जाल प्रमुख छ तथापि पहिला वालमैत्री सूचकांक […]

The post संगठित श्रमिक वालवालिका वालमैत्रीको पहिलो खुडकिला appeared first on महाशिला खबर.

]]>
फलेबास नगरपालिका वालमैत्री स्थानीय शासन निर्माणको सिलसिलामा रहेको छ। निति निर्माण संगसगै राज्यले निर्धारण गरेको सूचक पुरा गर्नुपर्ने छ । वालमैत्री नगरपालिका घोषणा पुर्व सवै खाले क्षेत्रवाट सकारात्मक सहयोग आवश्यक रहन्छ र यस्लाई कार्यान्वयन गर्ने अभियानको अभियान्ता उतिकै जिम्मेवार हुनु आवश्यक छ। टोल वडा हुंदै पालिका स्तरीय वाल सन्जाल प्रमुख छ तथापि पहिला वालमैत्री सूचकांक हाम्रो तह पहिचान र अध्यावधिक गर्नु आवश्यक छ। काम गर्नको लागी नितिगत स्पस्ट धारणा निर्माण गरी अगाडि वड्नुपर्दछ।
बाल सहभागिता र ससक्तिकरणको लागी बालक्लव:-
बालबालिकाहरूको आफू र आफ्नो जीवनमा प्रत्यक्ष असर पर्ने कुनै पनि पारिवारिक, सामाजिक तथा नीतिगत निर्णय र कार्यक्रमहरूमा आफ्नो विचार व्यक्त गर्न पाउने
तथा सक्रिय रूपमा सहभागी हुन पाउने अधिकारलाई
बाल अधिकारसम्बन्धी महासन्धिले बालबालिकाहरूको
सहभागिताको अधिकार भन्दछ । यसअन्तर्गत
बालबालिकाहरूले विद्यालय, सामाजिक, साँस्कृतिक तथा सृजनात्मक कार्यक्रमहरूमा संगठित रूपमा सहभागी हुने अधिकार पनि पर्दछ । साथसाथै बालबालिकाहरूले आफ्नो संगठन खोल्ने र संगठनमार्फत विभिन्न रचनात्मक तथा जनचेतनामूलक एवं दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने अधिकार पनि पर्दछ । हाम्रो देशले पनि बाल अधिकारसम्बन्धी महासन्धि र यसका ऐच्छिक प्रलेखहरू तथा यससम्बन्धी अन्तर्राष्ट्रिय नीति तथा कार्यक्रमहरूलाई अनुमोदन गरेको छ र राष्ट्रिय नीति तथा कार्यक्रमहरू र कानुनहरू पनि निर्माण गरेको छ । त्यसैले हाम्रो देशका बालबालिकाहरूको पनि समान रूपमा सबै जनाको सहभागिता हुने र संगठन खोल्न पाउने अधिकार रहेको छ ।
बालक्लब (बाल समूह)
बाल अधिकारको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यका साथ
विभिन्न सृजनात्मक, जनचेतनामूलक तथा दबाबमूलक
कार्यक्रमहरू सञ्चालन गर्नका लागि स्वयं बालबालिकाहरू नै संगठित भएको समूह नै बालक्लब हो । बालक्लब भनेको दुई वा सोभन्दा बढी बालबालिकाहरूले निश्चित उद्देश्य लिएर गठन गरेको समूह हो । यसमा स्थानीय परिवेश र समूहको उद्देश्य हेरी विभिन्न उमेर समूहका बालबालिका समावेश हुन सक्छन् । बालबालिकाहरुको सहभागिता गर्न पाउने तथा व्यक्तित्व विकास गर्ने अधिकारको व्यावहारिक कार्यान्वयन गर्नका लागि बालबालिकाहरुलाई संगठित गरेर बनाइएको समूह नै बाल समूह हो। बालबालिकाहरुको आत्मबलको विकास गर्नको लागि बालक्लबले ठूलो भूमिका खेल्नसक्छ ।
बालक्लब किन चाहिन्छ ? बालबालिकाहरूको लागि बालक्लब अत्यन्तै महत्वपूर्ण र आवश्यक मञ्च हो । यसका धेरै फाइदा छन । बालक्लबमा सदस्य बन्ने वा नयाँ बालक्लब गठन गरी विभिन्न क्रियाकलापहरूमा सक्रिय सहभागी हुँदा निम्न फाइदाहरू हुन सक्छ :
विभिन्न विषय वा समस्याहरूमा छलफल गर्न र
जानकारी आदानप्रदान गर्न पाइन्छ
बोल्ने, लेख्ने सिपमा विकास हुन सक्छ
नेतृत्व सिपको विकास हुन सक्छ
बालबालिकाहरूमाझ मेलमिलापको भावना
बढाउन मद्दत पुग्छ ।
एउटै वा उस्तै समस्या वा सवाल भएका साथीभाइहरूबीच विचार, अनुभव आदानप्रदान गर्न
पाइन्छ ।
एक्लैले पूरा गर्न नसक्ने काम गर्न वा समस्या
समाधान गर्न वा पीरमर्का हटाउन एक अर्काको
सहयोग, सल्लाह लिने दिने ठाउँ हुन्छ ।
बालबालिकाहरूमाझ विभिन्न नाममा हुन सक्ने भेदभाव,
हिंसा तथा दुर्व्यवहार हटाउन मद्दत पुग्छ ।
दुर्व्यवहार, हिंसा तथा शोषणको सिकार हुन पुगेका,
दुहरा, अशक्त र फरक क्षमता भएका बालबालिकाहरूलाई सहयोग गर्न सकिन्छ ।
परिवार, समुदायलाई विभिन्न अधिकार तथा
बालबालिका र सामाजिक विषयहरूमा चेतना
जगाउन सकिन्छ ।
बालबालिकाप्रति गरिने अमानवीय व्यवहारको
सामुहिक तथा संगठित विरोध वा प्रतिरोध गर्न
सकिन्छ ।
संगठित रूपमा विभिन्न सामुदायिक विकासका
क्रियाकलापहरूमा सहभागी हुन पाइन्छ ।
बालबालिकाको सहभागिताको अधिकारको संरक्षण
र सम्बर्द्धन हुन्छ ।
त्यसैले हामी बालबालिकाहरूको सामाजिक तथा भावनात्मक विकासका लागि र क्षमता विकासका लागि पनि विद्यालय तथा समुदायमा बालक्लबहरू गठन गर्न र विभिन्न बाल अधिकारसम्बन्धी कार्यक्रमहरू गर्न जरूरी छ ।
बालक्लब कसरी गठन गर्ने ?
समूह गठन गर्नका लागि पहिले यसको साधारण सदस्य
बन्नुपर्छ । साधारण सदस्य बनिसकेपछि क्लबका सहयोगी वयस्क तथा साधारण सदस्यहरूको छलफलबाट निश्चित सङ्ख्याको जस्तैः ७ जनादेखि १५ जनासम्मको एउटा कार्यसमिति गठन गरिनुपर्दछ । सामान्यतयाः समूहमा बस्ने बालबालिका १६ वर्षभन्दा माथिको हुनु हुँदैन । क्लबको कार्यसमितिको सङ्ख्या धेरै भएमा बैठक बस्न नै कठिन हुन्छ । यसरी बनेको कार्यसमितिमा न्यूनतम पनि ४० प्रतिशत बालिका अनिवार्य रूपले संगठित गरिनु पर्छ ।
समूहको साधारण सदस्य जति पनि बन्न सक्नेछन् ।
कार्यसमितिमा सकेसम्म ९ वर्षदेखि माथि १६ वर्षमुनिका
बालबालिकाहरूलाई संगठित गर्नु उपयुक्त हुन्छ ।
बालबालिकाहरू आफैले सरसल्लाह गरेर क्लबको नाम
राख्नु उपयुक्त हुन्छ ।
बालक्लब र सहयोगी संघसंस्थाहरू
बालक्लब एउटा संस्था हो । जसरी एउटा व्यक्तिले
आफ्ना आवश्यकताहरु पूरा गर्न अरूको सहयोग लिनुपर्दछ
त्यसरी नै क्लबले गर्ने भनेर सोचेका सबै कार्यहरु उसले
एक्लै गर्न नसक्ने स्थिति पनि हुनसक्छ । कयौ कामहरू
गर्नका लागि अन्य संघसंस्थाहरुको सहयोग लिनै पर्ने
हुन्छ । यसैले संस्थागत रुपले काम गर्ने गर्दा अरूको
सहयोग लिनका लागि सर्वप्रथम क्लबका सहयोगी
संस्थाहरु कुन-कुन हुन् भनेर पहिचान गर्नुपर्दछ ।
सामान्यतयाः बालक्लबका सहयोगी संस्थाहरु निम्न हुन
सक्दछन् :
वडा कार्यालय / नगरपालिका
सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरीहरु
स्वास्थ्य चौकी / उपस्वास्थ्य चौकी,
विद्यालय तथा शिक्षक अभिभावक संघहरू, शिक्षक
संगठनहरू
जिल्ला बालकल्याण समिति तथा जिल्ला प्रशासन
कार्यालय
जिल्ला विकास समिति
पत्रकारहरु र उनीहरूका संघ संगठनहरू
अन्य क्लबहरु
बालअधिकारसँग सम्बद्ध भएका राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु
बालअधिकारप्रति चासो राख्ने गैरसरकारी संस्था
तथा अन्य संस्थाहरु
फलेबास नगरपालिकाले कस्तो बालक्लबलाई सहयोग गर्दछ ?
सबैखाले बालक्लबहरूलाई सम्मान गर्दछ तर पनि आफ्नो स्रोत र साधनको सीमितताको कारणले वालमैत्री युक्त नगरपालिका घोषणा सम्म पुग्नको लागी पहिला यो बाल श्रममा केन्द्रित हुनुपर्दछ।
फलेबास भित्र भएका बाल श्रमिकहरू
विशेषतः घरेलु बाल श्रमिकहरूले गठन गरेको बालक्लबलाई सहयोग गर्ने गरी । यसको लागि संस्थाको साधारण सदस्य
तथा कार्यसमितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत न्यूनतम पनि ८० प्रतिशत घरेलु बाल श्रमिकहरू हुनुपर्दछ । त्यसमा पनि ५० प्रतिशत बालिकाहरू सहभागी भएको हुनुपर्दछ ।
फलेबास नगरपालिकाले वालक्लबको कस्ता कार्यक्रमहरूलाई सहयोग गर्दछ ?
बालबाबलिकाको सृजनात्मक तथा जनचेतनामूलक
कार्यक्रमहरूलाई सहयोग गर्दछ । बालक्लबले आयोजना गर्ने कार्यक्रमहरू मुख्य रूपमा बाल अधिकार, बाल श्रम, बाल यौन दुर्व्यवहार, हिंसा, एच.आइ.भी. र एड्स तथा अन्य बालबालिका विरूद्ध हने हिंसा र दुर्व्यवहारसँग सम्बन्धित कार्यक्रमहरू जस्तै- वक्तृत्वकला, हाजिरजवाफ, चित्रकला, कवीता प्रतियागीता, अभिभावक सचेतना भित्ते पत्रिका प्रकाशन, कक्षा अभिमुखिकरण, अभिभावक अन्तर्क्रिया, शिक्षक अन्तर्क्रिया आदि कार्यक्रमहरूका
लागि सहयोग गर्नुपर्दछ। यसरी कार्यक्रमको लागि सहयोग लिन विद्यालयमा गठन भएको बालक्लब भएमा सम्बन्धित
विद्यालयको कार्यक्रम स्वीकृति पत्र तथा स्थानीय
समुदायको बालक्लब भएमा आफू आवद्ध भएको निकाय जस्तै- वडा, नगरपालिका तथा सामुदायिक समितिहरूको स्वीकृति पत्र संलग्न हुनुपर्दछ ।
फलेबास नगरपालिकामा आवद्ध हुन बालक्लबले के गर्नुपर्दछ ?
माथी भनिए जस्तो मापदण्ड पुगेका बालक्लबहरूले
पालिकावाट उपलब्ध हुने बालक्लब आवेदन फारम भरी
पेश गरेपछि त्यसको बारेमा अध्ययन गरेर महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाले आवद्धता प्रदान गर्दछ ।
लेखमा प्रतिक्रिया भए!
सम्पर्क राख्न :
लकास सुवेदी
अध्यक्ष
राष्ट्रिय जागरण युवा समाज, फलेबास नगरपालिका-५,खानीगाउँ,पर्वत ।
फोन नं: ९८४७६४५५२५,
Gmail: subedilakash@gmail.com

The post संगठित श्रमिक वालवालिका वालमैत्रीको पहिलो खुडकिला appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/46321/feed/ 0
विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचन https://mahashilakhabar.com/banner/46151/ https://mahashilakhabar.com/banner/46151/#respond Sat, 18 Mar 2023 08:56:43 +0000 https://mahashilakhabar.com/?p=46151 पृष्ठभूमि जेठ १ गते नेपालको विद्यार्थी आन्दोलनले तत्कालीन पञ्चायती व्यवस्थाका प्रणेता राजा महेन्द्रलाई मागहरु सम्बोधन गर्न बाध्य पारेर घुँडा टेकाएको ऐतिहासिक दिन हो । जेठ १ लाई विद्यार्थी संगठनहरुले विजय सफलताको दिवसको रुपमा मनाउने गरेका छन् । आजभन्दा करिब ५ दशक अघि ०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलहरुमाथि प्रतिबन्ध गरी राजनीतिक अधिकार निलम्बन गरेका बखत […]

The post विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचन appeared first on महाशिला खबर.

]]>
पृष्ठभूमि
जेठ १ गते नेपालको विद्यार्थी आन्दोलनले तत्कालीन पञ्चायती व्यवस्थाका प्रणेता राजा महेन्द्रलाई मागहरु सम्बोधन गर्न बाध्य पारेर घुँडा टेकाएको ऐतिहासिक दिन हो । जेठ १ लाई विद्यार्थी संगठनहरुले विजय सफलताको दिवसको रुपमा मनाउने गरेका छन् । आजभन्दा करिब ५ दशक अघि ०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलहरुमाथि प्रतिबन्ध गरी राजनीतिक अधिकार निलम्बन गरेका बखत विश्वविद्यालय, कलेज र स्कूलका विद्यार्थीहरुले संगठित रुपले आन्दोलन गर्नु र आफ्ना माग पूरा गर्न बाध्य पार्नु चानचुने कुरा थिएन । त्यसबेला विद्यार्थीहरूको एउटा पाटो मात्रै राजनीति थियो । तर त्यसलाई पञ्चायती शासकहरुले त्यसरी बुझ्न सकेनन् र विद्यार्थी आन्दोलन अन्ततः नेपालको इतिहासमा राजतन्त्रको मलामी आन्दोलन बन्न पुग्यो । छिटपुट आन्दोलनलाई छोडेर हेर्ने हो भने ०२९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको आन्दोलनलाई ०१७ सालपछिको बिद्यार्थी आन्दोलनको प्रारम्भ मानिन्छ ।
०२० साल बैशाख २३ गते विश्वविद्यालयमा पहिलो हडताल भयो । पन्चायती शासकहरुले प्रायः राजनैतिक क्रियाकलापमा बिद्यार्थीहरुलाई कडाइ गरेका तर बिद्यार्थीहरु पन्चायती व्यवस्था विरुद्ध भुसको आगोझैं भित्रभित्रै विस्फोटको आन्दोलनको तयारीमा थिए ।
विद्यार्थीहरुको साझा बिषय स्ववियु खोल्न पाउनुपर्ने थियो । तर पन्चायती व्यवस्थाका हिमायती शासकहरु त्यो गर्न तयार थिएनन् । आन्दोलनको केन्द्र त्रिभुवन विश्वविद्यालय बन्न पुग्यो । जब त्रिविमा आन्दोलन सुरु भयो, लगत्तै देशभर आन्दोलन चर्कियो । आन्दोलनको फलस्वरूप शासकहरु स्ववियु निर्वाचन गराउन बाध्य भए । जहाँ प्रगतिशील पक्षले विजयी हासिल ग¥यो । त्यसपश्चात देशभर विभिन्न खालका सम्मेलनहरु सुरु हुन थाल्यो । पन्चायती शासकहरुको निर्देशनमा व्यापक प्रहरी दमन भयो, जसका कारण सयौंको सङ्ख्यामा घाइते र सयौं विद्यार्थीहरुलाई गिरफ्तार ग¥यो । तर लुकुछिपी सम्मेलनहरु चलिरह्यो । सम्मेलनले स्ववियु स्थापना, यातायातमा भाडा छुट लगायत महत्त्वपूर्ण प्रस्तावहरु पारित ग¥यो । त्यस लगत्तै सम्मेलनमा भाग लिने विद्यार्थीहरुलाई गिरफ्तार गरि सम्मेलनका प्रस्तावका दस्तावेजहरु समेत जफत ग¥यो । गिरफ्तारमा परेका बिद्यार्थीहरुको रिहाईका लागि विभिन्न किसिमका आन्दोलनहरु भयो । आन्दोलनलाई विफल बनाउन तत्कालीन पन्चायती शासकले निर्ममतापुर्वक प्रहरी दमन प्रयोग ग¥यो । निरन्तर १५ दिनसम्म सरकार र प्रदर्शनकारी बिद्यार्थीहरुबिच तनावपुर्ण आन्दोलन चलेपछि अन्ततः पन्चायत झुक्यो र पक्राउ परेका बिद्यार्थी रिहा ग¥यो । यो अबधिमा विद्यार्थी आन्दोलनमा समाहित रहेका हरेक पुस्ताको चाहाना थियो । राजतन्त्रको अन्त्य, गणतन्त्र नेपालको स्थापना, संविधानसभाबाट संविधानको घोषणा, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिक निर्वाचन प्रणाली, स्वास्थ्य, शिक्षा र रोजगारीमा जनताको मौलिक हक सुनिश्चित भएको हेर्ने हरेक विद्यार्थी र आन्दोलनकारीको मन मस्तिष्कमा थियो । तर हामीले इतिहासलाई फर्किएर हे¥यौ भने धेरै गुमाएका छौँ । तसर्थ प्राप्त उपलब्धिको सहि सदुपयोग गर्दै स्वतन्त्र विद्यार्थी युनियनको म्यान्डेटले विद्यार्थीको शैक्षिक कार्यदिशा तयार गर्नुपर्छ । संविधानको यथाशीघ्र कार्यान्वयन गरि विकास र आर्थिक समृद्धिको “फास्ट ट्रयाक” मार्फत हरेक जनताको घरदैलोमा परिवर्तन बिहानीको झुल्के घाम जस्तै आशाको किरण लिएर पुग्न सक्नुपर्छ ।
स्ववियु
त्रिभुवन विश्वविद्यालयले चैत्र ५ का लागि स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मिति तोकेपछि अन्य विश्वविद्यालय र आंगिक क्याम्पसले स्ववियु निर्वाचन मिति तोकेर निर्वाचन तयारी थालिसकेको अवस्था छ । स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) असल राजनीतिक नेतृत्व उत्पादन गर्ने नर्सरी हो । चैत्र ५ स्ववियु निर्वाचनको मितिसँगै देशभरिका क्याम्पसहरुमा विद्यार्थी संगठनका नेता कार्यकर्ताको चहलपहल र उपस्थिति बढेको छ । लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थीहरुमा उत्साह थपेको छ । आधिकारिक रुपमा सम्बन्धित क्याम्पसको समग्र विद्यार्थीको प्रतिनिधि पनि स्ववियु हो । राजनैतिक परिदृश्यमा मिनि सांसदको रुपमा चिनिने स्ववियुलाई समयानुकूल विकास गर्न सम्पुर्ण अग्रगामी विचार बोक्ने विद्यार्थी समुदाय एकजुट हुन जरुरी छ ।
बिद्यार्थी समुदाय समाजको सचेत पंक्ति भएको हुनाले आसन्न स्ववियु निर्वाचनमा बिद्यार्थी आन्दोलनको रुपान्तरणका लागि काम गर्न सक्ने सचेत र अब्बल टिमलाई जिम्मेवारी दिनुपर्ने आवश्यकता छ । शिक्षा क्षेत्रमा झांगिदै आएको निजीकरण र व्यापारीकरणलाई समाप्त पार्ने अबको स्ववियुको कार्यभार हुनेछ ।
स्वतन्त्र विद्यार्थी युनियनको अबको कार्यभार प्रमाणपत्र राखेर सतप्रतिशत लोनको व्यवस्था, प्राविधिक शिक्षामा जोड, शिक्षालाई पुर्ण रोजगारीमुखी र उद्यमशिल बनाउने शिक्षा बनाउने नीति विश्वविद्यालयका पदाधिकारी खुल्ला प्रतिस्पर्धाबाट आउनुपर्ने, माध्यमिक तहसम्म शिक्षामा निजीकरण उन्मुलन गरि सम्पुर्ण शिक्षाको राज्यले जिम्मा लिनुपर्ने र यससँगै विद्यार्थी संघसंगठनमाथि पनि अनेकौं प्रश्न उठेका छन्,यी सबै प्रश्नहरुको जवाफ स्ववियु निर्वाचन पश्चात् व्यवहारिक र रचनात्मक ढंग मार्फत चिर्न जरुरी छ ।
कार्यभार
देशभर रहेका विश्वविद्यालय र आंगिक क्याम्पसहरुमा चरम राजनीतिजरणले शैक्षिक अवस्था निकै नाजुक र धरसाही बन्दै गइरहेको छ । यसलाई कसरी व्यवस्थित गर्ने त्यो विषयमा स्ववियुले देशभरका क्याम्पसमा योजनाबद्ध हिसाबले काम गर्न अपरिहार्य छ । अध्ययन गर्ने बिषयहरुको समयमा समयमा पाठ्यक्रम नसकिनु, समयमा परिक्षा संचालन नहुने, समयमा ट्रन्सकिप्ट उपलब्ध नहुने लगायतका बिषयमा विशेष ध्यान दिनुपर्ने छ । त्यसैगरी विश्वविद्यालय र क्याम्पसमा क्षमता, आरक्षण र शैक्षिक अवस्था राम्रो भएतानि पावर स्रोसफ्रोसका आधारमा जुन सेवा सुविधा अर्थात छात्रवृत्ति पाउने व्यवस्था छ, यसलाई समाधान गरेर वास्तविक बिद्यार्थीले सहुलियत र छात्रवृत्ति पाउने कुरामा स्ववियु लाग्न जरुरी छ ।
यो कुरा साँचो हो कि, ऐतिहासिक जागरण, जन आन्दोलन र जन विद्रोहको पृष्ठभुमि मुलतः विद्यार्थी आन्दोलन नै हो । यहीँ मुल्यांकनका आधारमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने हिम्मत, साहस र धैर्यता आउने दिनहरूमा जनता र तमाम विद्यार्थीको आँखामा प्रतिविम्बित गर्ने जमर्को आजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले गर्न सके नेपाली विद्यार्थी आन्दोलनमा थप सार्थकताको इट्टा थपिनेछ ।
पञ्चायती शासक विरुद्ध सशक्त आवाज उठाउने अभिभारा स्ववियुले लियो । मुलुकको व्यवस्था परिवर्तनमा स्ववियुको महत्त्वपूर्ण भुमिका छ । स्वतन्त्र विद्यार्थी युनियनको साखलाई उठाउनको निम्ति आसन्न स्ववियु निर्वाचनलाई अवसरको रूपमा लिन जरुरी छ ।
लेखक
सन्तोष सुनाम
स्थायी कमिटी सदस्य, अनेरास्ववियू

The post विद्यार्थी आन्दोलन र स्ववियु निर्वाचन appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/46151/feed/ 0
महिलाको पहेँलो र हरियो रङ्गको मोह https://mahashilakhabar.com/banner/45358/ https://mahashilakhabar.com/banner/45358/#respond Fri, 05 Aug 2022 02:16:01 +0000 https://mahashilakhabar.com/?p=45358 सिर्जना बराल, फलेवास पर्वत  असारको अन्तिम हप्तादेखि बजारमा निकै नै चहलपहल बढिरहेको हुन्छ, विशेष गरि साज सज्जाको पसलहरुमा साउन महिना हरियो पहँेलो र लगत तिज रातो, श्रृंगारको समानहरको निकै व्यापार जे गरेको हुन्छ । अलिलेको आधुनिक सभ्यतामा आएको करिब ३५ हजार वर्ष भएको छ । धर्म संस्कृति, रहनसहन साजसज्जाको विकास ७ हाजार वर्ष पुगेको अनुमान […]

The post महिलाको पहेँलो र हरियो रङ्गको मोह appeared first on महाशिला खबर.

]]>
सिर्जना बराल, फलेवास पर्वत 

असारको अन्तिम हप्तादेखि बजारमा निकै नै चहलपहल बढिरहेको हुन्छ, विशेष गरि साज सज्जाको पसलहरुमा साउन महिना हरियो पहँेलो र लगत तिज रातो, श्रृंगारको समानहरको निकै व्यापार जे गरेको हुन्छ । अलिलेको आधुनिक सभ्यतामा आएको करिब ३५ हजार वर्ष भएको छ । धर्म संस्कृति, रहनसहन साजसज्जाको विकास ७ हाजार वर्ष पुगेको अनुमान गरिन्छ । साउन महिनामा “हरियो चुरा र पहेँलो बस्त्र” लगाएर ब्रत बस्यो भने श्रीमानको आयु लामो हुने र अनि मेहन्दी गाडा बस्यो भने श्रीमान्को माया पनि गाडा रे ! अहिले हातमा मेहेन्दी र हरियो चुरा प्रायः सबैको हातमा हुन्छ । पहेँलो र हरियो बस्त्र र महिलाले लगाएको मेहेन्दी गाढा बस्नु श्रीमान् सँगको सम्बन्ध के त ? धेरै वर्ष हुने हुँदा संक्रमण छिटो हुन सक्ने हुँदा जति माछा, मासु, लसुन र प्याज जस्तो उत्तेजक खालको खाना नखानु र ब्रत बस्दा पाचन प्रणालीमा राम्रो हुन्छ भन्ने मान्यता राख्दछन् तर यस्ता खालको साजसज्जा श्रृंगारको सामग्रीले महिलालाई सुन्दर त बनाउला, त्यो कुरा आफ्नो ठाउँमा छ, यो सब बजारको टे«न्डले बनाएको हो ।

जुन प्रयोग गर्नको लागि बजारले महिलालाई बाध्य बनाएको छ । हरेक पसलमा सुन्दर सुन्दर चुरा, पोते, गहना, साडी झलमल्ल पारेर राखेको हुन्छ हेर्दै किनौँ किनौँ जस्तो । अहिलेको बजारले महिलालाई दास बनाइरहेको छ, एउटाले उत्पादन गर्छ । अनी अर्काले विज्ञापन गरिदिन्छ र खरिद पनि गरिन्छ । विज्ञापनको लागि पनि धेरै कष्ट गर्न पनि पर्दैन पहिले गाउघरमा बर्खे लुगा किन्ने चलन हुन्थ्यो कि गाउघरमा मेलापात गर्दा भिज्ने गरिन्छ लुगा धेरै किन्ने चलन हुने थिएन दसैँको लागि एकजोर किन्ने गरिन्थ्यो अनि बाँकी आवश्यकता अनुसार किनमेल हुन्थ्यो ।

धेरै वर्ष पनि भएको छैन यो समाज भड्किलो बन्दै आएको जब मान्छेहरुमा मोबाइल र इन्टरनेटको पहँुच जति छिटो भयो त्यति छिटो समाजमा एक खालको परिवर्तन पनि विस्तारै बढदै गयो । जुनसुकै चिजको प्रभाव छिटो पर्न थाल्दछ । यही माहोलको कुरा गरौ असारको पहिलो हप्ता देखि नै बजारमा हरियो र पहेँलो बस्त्र देखिन थाल्छ र एउटाले खरिद ग¥यो भने म पनि के कम भनेर अर्काेलाई खरिद गर्नु पर्छ । उसको मानसिक रुपमा नै असर गर्ने गर्छ । किनकी भोली सोमबार सँगै मन्दिर जो जानुछ। साडी, कुर्ता, चुरा, पोते, धागो अनि टिकी यो यो सब जोडदा साउन महिनाको अनावश्यक खर्च बढायो । यति हुँदाहुदै लगतै महिलाहरुको महान् चार्ड हरितालिका तीज आउन थाल्छ, फेरी माईत जाने रातो साडी र त्यसमा सुहाउँदो पर्वअनुसार र अरु दिदीबहिनी अनुसारको पहिरनको आवश्यकता हुन्छ किनकि सामाजिक सञ्जालमा एक पटक लगाएको लुगा फेरी अर्काे पटक फोटो राख्ने चलन छैन ।

यसरी महिलालाई बजारले शोषण गरिरहेको छ । कि त्यो कुरा हामीलाई पत्तो हुँदैन ताकि जुन कुराको तोक नै छैन । आफ्नो कमाई हुने महिलाहरु त व्यवस्थापन गर्लान तर श्रीमान्को भरमाबाँन्नुपर्ने महिलालाई झनै धेरै परनिर्भता बनाइरहेको छ । अनि यो देखावटी संसार अथवा सामाजिक सञ्जालमा यस्ता खालको सामाग्रीहरु पनि राखिएको हुन्छ । जसले सुमधुर रहिरहेको सम्बन्ध पनि बिगार्ने खालको जस्तै एउटा श्रीमानले श्रीमतिलाई साउनको गिफ्ट हरियो चुरा, पोते, साडी दियो त्यो भाइरल टिकटक दिउँसो श्रीमतिलाई देखिन भने वेलुका उनको घरमा खाना नपाकेको पनि हुन सक्छ । किनकी उसको श्रीमान्ले त यस्ता खालको उपहार दिने गरेको छैनन् यस्ता खालको भाइरल हुने होडमा राखिएका सामाग्रीले उनको दिमाखमा मलाई पनि मेरो श्रीमान्ले यस्तै माया गरिदियोस् भन्ने हुन्छ अनि मनमुटाब सुरु हुन्छ घरमा असान्ती, घर विग्रर्ने, आत्माहत्या जस्ता इत्यादि क्रियाकलाप हुने गर्छन । महिलालाई विस्तारै परनिर्भता र आर्थिक संकटमा पनि पार्दछ र देशको अर्थतन्त्रमा असर गरिरेहेको छ । कुनै एउटा यस्तो चिज छैन कि जुन हाम्रो देशमा उत्पादन भएको छ ।

देखासिकी भन्दा पनि आवस्यकता अनुसार को पहिरनर र आफुलाइ बदल्न तर्फ आफ्नो शोचमा परिबर्तन , आफ्नो आत्मासम्मान , आफ्नो आर्थिक स्तरमा वृद्धि,अनि महिला शशक्तिकरणको लागि महिला स्वयं आर्थिक निर्भर हुनु जरुरी हुन्छ १ भन्ने तर्क जोडनु मलाई सहि लग्यों । बाकी कसैलाई धर्म र आस्था को आक्षेप लागाउन खोजोको होइन ।

The post महिलाको पहेँलो र हरियो रङ्गको मोह appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/45358/feed/ 0
जीवनका लागि अपरिहार्य अक्सिजनको विकास कसरी सम्भव भयो ? https://mahashilakhabar.com/blog/43356/ https://mahashilakhabar.com/blog/43356/#respond Mon, 01 Nov 2021 03:51:47 +0000 https://www.saipalnews.com/?p=43356 काठमाडौं १५ कात्तिक । अक्सिजन विनाको जीवन हामी कल्पना समेत गर्न सक्दैनौं। सुन्दा अचम्म लाग्न सक्छ, पृथ्वीमा जीवनको जन्म त्यो अवस्थामा भयो, जुन वेला प्राणवायु अर्थात् अक्सिजनको कुनै अस्तित्व थिएन। जीवनको उत्पत्ति भएको अर्बौं वर्षपछि मात्रै यो धर्तीमा अक्सिजनको विकास भएको हो। अर्बौं वर्षअघिको अक्सिजनविहीन वातावरण प्रमुख रूपमा हानिकारक ग्यासहरू मिलेर बनेको थियो, तर, तिनै […]

The post जीवनका लागि अपरिहार्य अक्सिजनको विकास कसरी सम्भव भयो ? appeared first on महाशिला खबर.

]]>
काठमाडौं १५ कात्तिक । अक्सिजन विनाको जीवन हामी कल्पना समेत गर्न सक्दैनौं। सुन्दा अचम्म लाग्न सक्छ, पृथ्वीमा जीवनको जन्म त्यो अवस्थामा भयो, जुन वेला प्राणवायु अर्थात् अक्सिजनको कुनै अस्तित्व थिएन। जीवनको उत्पत्ति भएको अर्बौं वर्षपछि मात्रै यो धर्तीमा अक्सिजनको विकास भएको हो। अर्बौं वर्षअघिको अक्सिजनविहीन वातावरण प्रमुख रूपमा हानिकारक ग्यासहरू मिलेर बनेको थियो, तर, तिनै ग्यासहरू त्यति वेलाका सबै जीवनरूपहरूका लागि महत्त्वपूर्ण मात्र बनेनन्, वायुमण्डलमा अक्सिजनको विकासका लागि आधार समेत बन्न पुगे।

अक्सिजनभन्दा पानी पहिलो जीवनको आधारशिला थियो भन्ने आम वैज्ञानिक मान्यता छ। यसो हुनुमा पानीसित केही अद्वितीय गुणहरू छन् जसले जीवन धान्न मद्दत गर्दछ। जीवन उत्पतिको सन्दर्भमा सन् २०१५ मा प्रकाशित एडभान्सेस् इन केमिकल फिजिक्स पुस्तकमा वैज्ञानिक सिड्नी लिचले लेखेका छन्,पानीलाई जैविक रासायनिक बिलेय सोलुट्ससँग अन्तरक्रिया गर्दा संरचनामा पार्ने हेरफेर र सक्रियतालाई अङ्गीकार गर्ने घोलनका रूपमा मात्र हेर्न मिल्दैन।

प्रतिक्रियाको दौरानमा हाइड्रोजन बन्धनको संरचनाको निर्धारणकर्ता र गतिशील विलायक लगायत दुवै रूपमा पानीको महत्त्वपूर्ण भूमिका हुन्छ।स्थिर प्रोटिन विन्यास कन्फिगरेसनतर्फ डोऱ्याउने संरचनाभित्रको बाटो निर्धारण गर्न लगायत प्रोटिन तहको विकासका लागि पनि पानीले ठूलो भूमिका खेल्छ भनेर वैज्ञानिकहरूले भन्ने गरेका छन्।

प्रोटिनभित्र जलवियोजन डिहाइड्रेसनको अवस्थामा यसलाई सक्रिय राख्न पानीले त्यसभित्र एउटा गतिशील तत्त्वका रूपमा काम गर्दछ भन्ने मान्यता पनि उनीहरूको छ। तर, प्रोटिनका लागि पानी मात्र उपयोगी घोलन हो कि होइन भन्ने प्रश्न बहसकै विषय हो।

यद्यपि, कुनै खास जैविक स्थलहरूमा नाभिकीय अम्ल न्यूक्लिक एसिडको संरचना निर्धारण गर्न पानीले पक्कै पनि भूमिका खेल्छ भन्नेमा भने वैज्ञानिकहरू एकमत छन्। वैज्ञानिकहरू भन्छन् अक्सीकरण प्रक्रिया चरम अवस्थामा पुगेपछि पृथ्वीमा बीआईएफसको उत्पादन बन्द भयो। यसपछि मात्र यो धर्तीमा वायुमण्डलीय अक्सिजन शून्यबाट अस्तित्वमा आयो।

प्रमाणहरूले जीवनको क्रम विकाससँग पानीको नाता अर्बौं वर्ष पुरानो मात्र होइन, अकाट्य नै देखाउँछन्। जीवित प्राणीहरूको आवश्यक जैविक रासायनिक प्रक्रियामा पानीले प्रदर्शन गर्ने बहुमुखी क्षमता, संवेदनशीलता र प्रतिक्रियाशीलता भएको अर्को घोलन फेला पार्न निश्चय नै गाह्रो छ।

त्यसैले पनि जीवनको कथा पानीबाटै शुरू भएको भन्ने मान्यता दरिलो भएर आएको हो। आज कुनै पनि जीवन अक्सिजनको अभावमा सम्भव छैन। त्यसो भए पृथ्वीमा अक्सिजन जनित जीवन कसरी शुरू भयो ? र, जीवनका लागि अपरिहार्य अक्सिजनको विकास यो धर्तीमा कसरी सम्भव भयोरु यसको कथा अत्यन्तै रोचक छ।

आजभन्दा २‍‍.४ अर्ब वर्ष पहिले अर्थात् पहिलो पटक जीवन देखा परेको झण्डै एक अर्ब वर्षपछि पृथ्वीमा वायुमण्डलीय अक्सिजनको स्तर बढेर आधुनिक स्तरको एकदेखि दुई प्रतिशतमा पुगेको वैज्ञानिकहरू बताउँछन्।

परिमाणको हिसाबले यो मात्रा अत्यन्त थोरै भए पनि वैज्ञानिकहरू यसलाई पृथ्वीमा भव्य रूपमा भएको महान् अक्सिजन घटना भनेर व्याख्या गर्छन्। संसारमा फेरि कहिल्यै यस्तो घटना हुँदैन वा हुनेछैन भन्ने मान्यता उनीहरूको छ। तर, के कारणले पृथ्वीको वातावरणमा यो नाटकीय परिवर्तन भयो भन्ने रहस्य अझै पनि प्रस्टसँग सुल्झिसकेको छैन।

पृथ्वीमा अक्सिजन अर्थात् प्राणवायुको विकाससँग गाँसिएका विभिन्न तर्क र वैज्ञानिक मान्यताहरू छन्। आदिम समयको कुनै कालखण्डमा पृथ्वीमा अक्सिजनको पहिलो उत्पत्तिबारे व्याख्या गर्न एउटा कारण पर्याप्त भए पनि वायुमण्डलमा प्रचुर मात्रामा अक्सिजनको उत्पादनका लागि अन्य कारण पनि सँगै जोडिएर आएका छन्, यो स्वाभाविक पनि हो।

किनकि, एउटा घटना वा कारण नै यो धर्तीमा पर्याप्त अक्सिजनको उत्पादनका लागि काफी नहुने विभिन्न वैज्ञानिक अध्ययनले पनि स्पष्ट पारेको छ।

सन् २०१० मा प्रकाशित प्यालेन्टोलोजीस् अ ब्रिफ हिस्ट्री अफ लाइफ नामक पुस्तकमा वैज्ञानिक इयान ट्याटरसलले लेखेका छन्,धर्तीमा अर्बौं वर्षअघि शैवाल(निक्षेपाश्म स्ट्रोम्याटोलाइट्सको उपस्थितिको प्रमाणले वातावरणमा अक्सिजनको अभाव थियो भन्ने पहिलो मान्यतालाई पुष्टि गर्छ। उनको थप तर्क छ, यो प्रमाण ती शैवालहरूले उतिवेला नै प्रकाश संश्लेषण गर्थे भन्ने आधारभूत मान्यताका लागि समेत गतिलो साक्षी हो। वास्तवमा अक्सिजनको अनुपस्थितिमा भएको जीवनको आगमनले विश्वलाई नै ठूलो परिवर्तन गर्‍यो, वातावरणलाई परिवर्तन गर्‍यो।

एनेरोबिक र एरोबिक गरी दुई महत्त्वपूर्ण प्रणालीका जीवन प्रक्रियाहरू यो धर्तीमा छन्। माइकल जे बेन्टनको तर्क छ, पहिलो जीवहरूमा एनेरोबिकु मेटाबोलिज्म थियो, अर्थात् तिनीहरू अक्सिजनको अभावमा आफूलाई सञ्चालन गर्थे। यसलाई हामी प्रोकारियोट्सका रूपमा चिन्‍छौं। जीवाणु, आर्किया र नीलो, हरियो खालका शैवा(ब्ल्यू(ग्रिन(अल्गी, जो एककोषीय हुन्, यो वर्गमा पर्छन्, जसको कुनै नाभिक न्यूक्लियस हुँदैन। यिनीहरू अक्सिजनले मर्ने खालका जीवन भएको वैज्ञानिकहरूको कथन छ।

वैज्ञानिकहरूले पुष्टि गरिसकेको एउटा अचम्मलाग्दो तथ्य पनि छ। यो जगत्‌मा केही यस्ता ुएनेरोबिकु जीवन प्रणालीहरू पनि छन्, जसले आफूलाई  एरोबिकु प्रणालीमा ढाल्न सक्छन्। तर, यिनीहरूको परिवर्तन मुख्य गरी अक्सिजनको स्तरमा निर्भर गर्छ। त्यस्तै, यो धर्तीमा केही यस्ता बाध्यकारी एनारब्सुहरू पनि छन्, जसको जीवन प्रक्रिया एनेरोबिक प्रणालीबाटै सञ्चालन हुन्छ, तर उनीहरू अक्सिजनको थोरै उपस्थितिमा समेत बाँच्न सक्दैनन्।

जीव उत्पत्तिको समयमा वातावरणमा अक्सिजन थिएन भन्नका लागि अर्को प्रमाण के थियो तर त्यो वेला रचना भएको ब्यान्डेड फलाम अर्थात् बीआईएफस  नै यसको सटीक प्रमाण हो भन्ने वैज्ञानिकहरूको धारणा छ।

यो तत्त्व झण्डै ३.५ अर्ब वर्ष पहिलेबाट पृथ्वीमा जम्मा हुन थालेको हो। यसलाई आजका अधिकांश औद्योगिक फलामको स्रोतका रूपमा पनि लिइन्छ। त्यो वेलाका प्रकाश संश्लेषणकर्ताहरूले निष्कासन गरेको अक्सिजन त्यही समुद्रमा घुलिएको फलामसँग प्रतिक्रिया गर्न पुग्यो। फलतस् अघुलनशील फलामको अक्साइडको विशाल तह समुद्रको पिंधमा जम्मा हुन पुग्यो र पट्टित अर्थात् ब्यान्डेड फलामको रचना भयो।

जब यी सबै रासायनिक गतिविधि यो पृथ्वीमा शुरू भयो, महासागरहरूमा ठूलो मात्रामा अक्सिजनको निवेश सिंक हुन पुग्यो। वैज्ञानिकहरू भन्छन् प्रारम्भिक प्रकाश(संश्लेषणकर्ताहरूबाट उनीहरूले निष्कासन गर्न सक्ने जति अक्सिजन अवशोषित हुन सक्ने अवस्था भयो, महासागरहरू अक्सिजनका भोका जस्ता नै भए।

ती कर्ताहरूबाट प्रारम्भिक फलाम र सल्फर पूर्णतस् अक्सीकरण हुन झण्डै १.५ अर्ब वर्षभन्दा बढी समय लाग्यो। पृथ्वीमा यो सफलता आजभन्दा झण्डै दुई अर्ब वर्ष पहिले हासिल भएको थियो। वैज्ञानिकहरू भन्छन्  अक्सीकरण प्रक्रिया चरम अवस्थामा पुगेपछि पृथ्वीमा बीआईएफसको उत्पादन बन्द भयो। यसपछि मात्र यो धर्तीमा वायुमण्डलीय अक्सिजन शून्यबाट अस्तित्वमा आयो।

पृथ्वीमा जब यो घटना भइरहेको थियो, त्यो वेला अस्तित्वमा रहेको पुरानो साइनोब्याक्टेरिया, जसलाई हामी नीलो(हरियो खालको शैवाल भन्‍छौं, यो एक प्रकारको प्रकाश संश्लेषक जीवाणु पनि हो, जो स्वयं नै उद्विकासको क्रममा उदय भएको आफ्नै जीवनको नयाँ रूपसँग प्रतिस्पर्धा गर्न थाल्यो। वास्तवमा शैवालहरू प्रकाश संश्लेषण गर्ने आदिम समयका अत्यन्त सूक्ष्म प्रकारका समुद्री जीवन थिए।

रोचक प्रसङ्ग यहाँ उल्लेखनीय छ। ती साइनोब्याक्टेरियाहरू स्वयं नै आफ्नो उत्परिवर्तित जीवनसँगको प्रतिस्पर्धा सामना गर्नुपर्दा आफ्नै सफलताको शिकार भए। तर, उद्विकासको प्रक्रियामा तिनीहरूले समयक्रमसँगै वायुमण्डलमा निरन्तर अक्सिजन निष्कासन गरिरहे। परिणामतस् वातावरणमा अक्सिजनको मात्रामा मात्र वृद्धि भएन।

अन्य यौगिकहरू जस्तै नाइट्रेट्स अर्थात् नाइट्रोजनको अक्साइड समेत बन्न पुग्यो। र, पछि तिनै नाइट्रेटहरू उनीहरूको नयाँ रूप अर्थात् युकारियोटिक प्रतिस्पर्धीहरूका लागि आदर्श पोषक तत्त्व बन्न पुगे। युकारियोट्स त्यस्तो जीवन कोष हो जसमा नाभिक न्यूक्लियस रहेको हुन्छ।

एनेरोबिक र एरोबिक गरी दुई महत्त्वपूर्ण प्रणालीका जीवन प्रक्रियाहरू यो धर्तीमा छन्। माइकल जे बेन्टनको तर्क छ, पहिलो जीवहरूमा एनेरोबिकु मेटाबोलिज्म थियो अर्थात् तिनीहरू अक्सिजनको अभावमा आफूलाई सञ्चालन गर्थे। जीवहरूले नै वायुमण्डलीय अक्सिजन उत्पादन गरे भन्ने तथ्य एउटा सरल दृष्टिकोण हो। तर, यो आंशिक रूपमा मात्र सत्य हुनसक्छ भन्ने मान्यता वैज्ञानिक बेन्टनको छ।

अक्सिजनको ग्यासरूप प्रकाश संश्लेषणको प्रमुख उत्पादन हो, यसमा कुनै दुईमत छैन। र, सबैभन्दा चाँडो प्रकाश संश्लेषण पनि साइनोब्याक्टेरियाहरूले नै गर्न सक्‍छन्। तर, यस सन्दर्भमा उनी के तर्क गर्छन् भने, पृथ्वीको सबै प्रारम्भिक वायुमण्डलीय अक्सिजन प्रकाश संश्लेषणबाट मात्र आएको होइन। किनकि, साइनोब्याक्टेरियाु ३.५ अर्ब वर्ष पहिले मात्र पृथ्वीमा थियो, पछिका अर्बौं वर्षहरूसम्म पनि उनीहरूले वातावरणलाई अक्सिजन दिएका थिएनन्।

सम्भवतः पृथ्वीको वायुमण्डलमा पर्याप्त अक्सिजन उत्पादन हुनुमा प्रकाश संश्लेषण लगायत ज्वालामुखीहरूले उत्पादन गर्ने ग्यासहरू समेत जिम्मेवार छन् भन्ने मान्यता पनि वैज्ञानिकहरूको छ। त्यस्तै, उष्ण जलस्रोत वा तातो पानीका मूलहरूमा विद्यमान घुलनशील धातुहरू र समुद्री गहिराइमा रहेका उष्ण जलस्रोतका निकासहरू हाइड्रो थर्मल भेन्ट्स, जहाँ अक्साइडहरू बन्छन्, ती क्षेत्रहरू पनि अक्सिजन उत्पादनका लागि महत्त्वपूर्ण माध्यम हुन सक्छ।

अर्थात्, यिनै क्षेत्रहरूबाट अक्सिजन ग्यासका रूपमा प्रारम्भिक वातावरणमा प्रवेश गरेको हुनुपर्छ भन्ने वैज्ञानिक मान्यता पनि छ। पुनः प्रश्न उठ्छ, त्यसो भए पहिलो वायुमण्डलीय अक्सिजन कहाँबाट आयो त ?

ब्रिस्टल विश्वविद्यालयका वैज्ञानिक डेभिड क्याटलिग सन् २००८ मा प्रकाशित अर्थस अर्ली एटमोस्फेयर नामको आफ्नो एक अनुसन्धान पत्रमा अक्सिजनको स्रोत शुरूमा कम्तीमा पनि अकार्बनिक हुनुपर्छ भन्ने तर्क गर्छन्। उनको सुझाव छ । यो रहस्यको कुञ्जी मिथेन ग्यासमा छ। मिथेन ग्यास कार्बन र हाइड्रोजनको एक मिश्रण हो। यो ग्यासलाई शक्तिशाली हरितगृह ग्यास ग्रीनहाउसका रूपमा पनि मानिन्छ। र, यो धर्तीमा मिथेन ग्यासको ठूलो मात्रामा उत्पादनका लागि एनारोबिक जीवाणुहरू नै जिम्मेवार छन् भन्ने मान्यता धेरै वैज्ञानिकको छ।

वातावरणमा अक्सिजनको उदयले नै जीवन र हाम्रो धर्तीमा गहिरो प्रभाव पार्‍यो। यही परिवर्तनका कारण नयाँ एरोबिकु प्रणालीका जीवहरू देखा परे। र, यिनै एरोबिकु जीवहरूले आफ्नो रासायनिक गतिविधिका क्रममा वायुमण्डलीय अक्सिजन अणुहरूको अवशोषण गर्न थाले। पृथ्वीमा जीवन प्रचुर मात्रामा हुनुभन्दा पहिले धर्तीमा मिथेनको परिमाण धेरै थिएन। वैज्ञानिकहरू भन्छन् क्रमश यसको मात्रा बढ्दै गयो।

किनकि, प्रारम्भिक जीवाणुहरूले धेरैभन्दा धेरै मिथेन ग्यास यो धर्तीमा उत्पादन गरे। हिजोआज भने अक्सिजनले नै वायुमण्डलमा भएको मिथेनलाई खपत गर्दछ।ु यसैले अक्सिजनको अभावमा प्रारम्भिक प्रि(क्याम्ब्रियन समयमा मिथेन ग्यासको स्तर आजको भन्दा १०० देखि १५०० गुणा बढी भएको वैज्ञानिकहरू बताउँछन्। यही कारण नै त्यो वेलाको वातावरणमा अत्यन्तै तातो हरितगृह विश्वव्यापी रूपमा सिर्जना भएको हुनुपर्छ भन्ने तर्क वैज्ञानिकहरूले अगाडि ल्याएका हुन्।

मिथेन ग्रीनहाउस पृथ्वीबाट करीब २.४ अर्ब वर्ष पहिले नै ध्वस्त भयो भन्ने आम वैज्ञानिकहरूको निष्कर्ष छ। उनीहरूको थप मान्यता के छ भने, मिथेनको स्तर बढ्दै जाँदा हाइड्रोजन परमाणुहरू पृथ्वीको वायुमण्डलबाट अन्तरिक्षमा प्रसारित भए। यसैले पानीका अणुहरू एचटूओ बन्नलाई स्वतन्त्र अक्सिजनसँग जोडिन यो धर्तीमा पर्याप्त हाइड्रोजन थिएन, जसको फलस्वरूप पृथ्वीमा ग्यासको रूपमा प्राणवायु अर्थात् अक्सिजनको बाढी नै उर्लियो। र, यही कारण नै वायुमण्डलमा अक्सिजनको मात्रा अत्यधिक रहन पुग्यो भन्ने मान्यता वैज्ञानिक समुदायबीच प्रचलित बनेको हो।

वातावरणमा अक्सिजनको उदयले नै जीवन र हाम्रो धर्तीमा गहिरो प्रभाव पार्‍यो। यही परिवर्तनका कारण नयाँ ुएरोबिकु प्रणालीका जीवहरू देखा परे। र, यिनै एरोबिकु जीवहरूले आफ्नो रासायनिक गतिविधिका क्रममा वायुमण्डलीय अक्सिजन अणुहरूको अवशोषण गर्न थाले।

यो प्रक्रियाबाट अक्सिजनसँगै वायुमण्डलको उच्च क्षेत्रमा ुओजोन तहु को पनि निर्माण हुन पुग्यो। यो तह पृथ्वीको सतहबाट झण्डै १५.४० किलोमिटरको बीचमा अवस्थित समतापमण्डल स्ट्रेटोस्फियरमा रहेको छ। यसले सूर्यबाट आउने पराबैजनी विकिरणलाई रोकेर पृथ्वीमा अस्तित्वमा रहेका जीवनलाई बचाउँछ।

दोस्रो पटक पृथ्वीको वायुमण्डलीय अक्सिजनमा ०.८.०.६ अर्ब वर्ष पहिले व्यापक रूपमा वृद्धि भएको वैज्ञानिकहरू बताउँछन्। त्यो वेला पृथ्वीमा अक्सिजनको मात्रा आधुनिक स्तरको परिमाणको झण्डै १० प्रतिशत वृद्धि भएको उनीहरूको निष्कर्ष छ। र, यो वृद्धिले विश्वव्यापी रूपमै रासायनिक चक्रमा ठूलो परिवर्तन मात्र गरेन, आजको जस्तै वायुमण्डलको विकास गर्दै पृथ्वीमा जीवनको विविधतामा समेत व्यापक विस्तार गर्न पुग्यो। र, शुरू भयो प्रकृतिको एउटा नयाँ अध्याय। यो लेख हिमालखबरबाट साभार गरिएको हो ।

कट्टेल चीनको बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेसका सहप्राध्यापक हुन्।

The post जीवनका लागि अपरिहार्य अक्सिजनको विकास कसरी सम्भव भयो ? appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/blog/43356/feed/ 0
कोहिनूरको युद्धकथा : कोहिनूर हीरासँग वीर बलभद्र कुँवरको साइनो छैन,तर चर्चा छ ! https://mahashilakhabar.com/blog/42949/ https://mahashilakhabar.com/blog/42949/#respond Tue, 05 Oct 2021 16:01:42 +0000 https://www.saipalnews.com/?p=42949 काठमाडौं । नेपाल अंग्रेज युद्धपछि बलभद्र कुँवर सन् १८१७.१८ तिर पञ्जाब गए। सन् १८१३ मा हात परेको कोहिनूर हीराका लागि बलभद्रले अफगान सेनासँग युद्ध लडेको र सोही युद्धमा वीरगति पाएको तथ्य गलत छ। त्यो युद्धको कोहिनूर हीरासँग कुनै सम्बन्ध छैन। बीसौं शताब्दीअघि राजाहरू भूमि(विजय र धनदौलत हात पार्न युद्ध लड्थे। संसारकै महँगो कोहिनूर हीरा हात […]

The post कोहिनूरको युद्धकथा : कोहिनूर हीरासँग वीर बलभद्र कुँवरको साइनो छैन,तर चर्चा छ ! appeared first on महाशिला खबर.

]]>
काठमाडौं । नेपाल अंग्रेज युद्धपछि बलभद्र कुँवर सन् १८१७.१८ तिर पञ्जाब गए। सन् १८१३ मा हात परेको कोहिनूर हीराका लागि बलभद्रले अफगान सेनासँग युद्ध लडेको र सोही युद्धमा वीरगति पाएको तथ्य गलत छ। त्यो युद्धको कोहिनूर हीरासँग कुनै सम्बन्ध छैन। बीसौं शताब्दीअघि राजाहरू भूमि(विजय र धनदौलत हात पार्न युद्ध लड्थे। संसारकै महँगो कोहिनूर हीरा हात पार्न पञ्जाबका महाराजा रणजित सिंहले कश्मीर युद्ध लडेका थिए।

कोहिनूर हीरासँग नेपाली वीर बलभद्र कुँवरको साइनो छैन, तर चर्चा छ। कोहिनूर हीरा, रणजित सिंहको कश्मीर विजय र बलभद्र कुँवरको वीरगतिबारे त्रिपक्षीय सम्बन्धको कथा यहाँ समेटिएको छ।

रणजित सिंह

सन् १७८० नोभेम्बरमा पञ्जाबमा जन्मिएका रणजित सिंहले शक्तिशाली शिख सेनाको बलमा सन् १८०१ मा लाहौरमा भव्य समारोह आयोजन गरेर आफूलाई ‘महाराजा’ घोषणा गरे। शिखगुरु बाबा साहब सिंह वेदीबाट महाराजा उपाधिको तिलक लगाए, आफ्नो नामको सिक्का चलाए। धेरै युद्ध जितेर राज्य विस्तार गरे, शक्तिशाली राजा बने। रणजित सिंहसँग भारत(अफगानका इस्लामहरू रक्षात्मक थिए।

बादशाह शाह सुजा उल्मुल्कले तत्कालीन भारतस्थित इष्ट इन्डिया कम्पनीका गभर्नर जनरल लर्ड मिन्टोसँग सुमधुर सम्बन्ध बनाए। पर्सियाबाट कोहिनूर हीरा काबुल ल्याए। केही इस्लाम शासकहरू त रणजित सिंहको सहयोगमा टिकेका थिए। उनले पञ्जाबलाई उत्तरमा लद्दाखदेखि सकरदु हुँदै तिब्बत र पश्चिममा खैबर दर्रे हुँदै सुलेमान पर्वतको पहाड र दक्षिणतर्फ शिकारपुर, सिन्धसम्म फैलाएका थिए। २० जुन १८३९ मा रणजित सिंहको मृत्यु भयो।

रणजित सिंहको आयव्ययबारे चर्चा गरिएको ग्रन्थ उम्दतुल्तवारीखमा मुन्सी सोहनलाल लेख्छन्, ‘रणजित सिंहको भण्डारमा करोडौं स्वर्ण मुद्रा, मोहर थिए। बीस लाख रुपैयाँभन्दा बढीको हीरा थियो। यस बाहेक संसारमै अनमोल ‘कोहिनूर हीरा’ उनको कोषगृहमा थियो।’

रणजित सिंहको मृत्यु भएको १० वर्षपछि सन् १८४९ मा उनको कोषगृह बेलायतको इष्ट इन्डिया कम्पनीले कब्जा गर्‍यो। कम्पनीले रणजित सिंहको कोषगृहको विवरण तयार पार्न डा। लोगनलाई नियुक्त गरेको थियो। लोगनको विवरण अनुसार, कोहिनूर हीरा, अनगन्ती मूल्यवान् पत्थर, सुन, मूल्यवान् जिन्सी जस्तैः सुन र चाँदीका अनगन्ती प्याला, सुनका प्लेट, सुनका ग्लास, सुनका लोटा, सुनका खाना पकाउने भाँडावर्तन, वस्त्रहरू, स्वणर्जडित दोसल्ला, महाराज बस्ने सुनको कुर्सी, चाँदीको वारहदरी अर्थात् चाँदीबाट निर्मित मन्जील अथवा बैठक कक्ष, कश्मीरी चाँदनी, चाँदीको चोबो सहितको वेतान जडाउ कवच, अफगान राजा शाह सुजाको वेतान, गुरु गोविन्द सिंहको कल्की, हजरत मोहम्मदले प्रयोग गरेका धेरै बहुमूल्य वस्तु थिए।

पर्सियादेखि काबुलसम्म

पञ्जाबको छिमेकी देश अफगानिस्तानको काबुल दरबारमा सन् १७९८ पछि विवाद भयो र राजा शाह जमाका भाइ शाह महमुदले शाह जमालाई कैद गरेर आफैं राजा भए। केही दिनमै अर्का भाइ शाह सुजा उल्मुल्कले आफ्नो सैनिक बलमा शाह महमुदका सेनालाई पराजित गरी काबुल कब्जा गरेर आफैं काबुलको बादशाह भए। दाजु शाह जमालाई कैदमुक्त गरे। बादशाह शाह सुजा उल्मुल्कले तत्कालीन भारतस्थित इष्ट इन्डिया कम्पनीका गभर्नर जनरल लर्ड मिन्टोसँग सुमधुर सम्बन्ध बनाए। पर्सियाबाट कोहिनूर हीरा काबुल ल्याए।

सन् १८०८ मा शाह सुजा उल्मुल्कलाई काबुलको गद्दीबाट हटाएर वजीर अर्थात् मन्त्री फत्तेह खाँ पक्षको सेनाले पुनः शाह महमुदलाई काबुलको गद्दीमा राख्यो। फत्तेह खाँ फेरि वजीर बने। पराजित भएपछि बादशाह शाह सुजा भागेर पञ्जाबको रावलपिण्डी पुगे। शाह सुजा उल्मुल्क र रणजित सिंहबीच सन् १८१० को फेब्रुअरीमा खुसावमा भेट भयो।

पञ्जाबका महाराजा रणजित सिंह ।

रणजित सिंंहले भागेर आएका शाह सुजालाई सम्मान दिए र हतियार सहित तालीम प्राप्त सैनिक सहित आफैं अटक किल्लामा गएर किल्लेदार जहाँदाद खाँ र कश्मीरका सुबेदार अता मुहम्मद खाँको समेत सैनिक सहयोग जुटाउन पेशावरमा बसे। रणजित सिंह, अटक किल्लाका सुबेदार जहाँदाद खाँ, कश्मीरका सुबेदार अता मुहम्मद खाँको सैनिक सहयोगमा शाह सुजा उल्मुल्क फेरि बादशाह बनेर काबुलको गद्दीमा बसे।

रणजित सिंहले शाह सुजा पत्नी बेगम वफा र शाह सुजाका दाजु शाह जमालाई लाहौरमा बोलाएर जीविकाका लागि मासिक १५०० भत्ताको व्यवस्था गरिदिए। सन् १८११ पछि उनीहरू लाहौरमा बस्न थाले। दोस्रो पराजयपछि शाह महमुद र वजीर फत्तेह खाँ भागेर तुर्रानी प्रान्त पुगे। वजीर फत्तेह खाँका भाइ मुहमद अजीम खाँ तुर्रानीका सुबेदार थिए। महमुद र फत्तेहले अजिमको सहयोगमा तुर्रानी सैनिक दल खोली शाह सुजाका सैनिकलाई पराजित गरी काबुल कब्जा गरे र फेरि बादशाह शाह महमुद बने।

यस पटक रणजित सिंह, अटक किल्लाका सुबेदार जहाँदाद खाँ र कश्मीरका सुबेदार अता मुहम्मद खाँले शाह सुजालाई सैनिक सहयोग गरेनन्। शाह सुजालाई वजीर फत्तेह खाँले कश्मीरमा कडा सैनिक पहरामा कैद राखे। उनकी पत्नी बेगम वफा र दाजु शाह जमा रणजित सिंहको शरणमा रावलपिण्डीमा बस्न थाले। यो सन् १८१० को कुरा हो।

रणजित सिंहले शाह सुजा पत्नी बेगम वफा र शाह सुजाका दाजु शाह जमालाई लाहौरमा बोलाएर जीविकाका लागि मासिक १५०० भत्ताको व्यवस्था गरिदिए। सन् १८११ पछि उनीहरू लाहौरमा बस्न थाले। सन् १८११ डिसेम्बरमा काबुलका प्रतिनिधि वकील गोदडमलले रणजित सिंहसँग भेट गरेर कश्मीर आक्रमणमा सहयोग मागे। कश्मीरका सुबेदार अता मुहम्मद खाँले काबुललाई कर बुझाउन र काबुलका पूर्व राजा शाह सुजालाई काबुलमा बुझाउन मानेका थिएनन्।

खाँले आफू अब काबुलको सुबेदार नभएर स्वतन्त्र कश्मीर राज्यको शासक रहेको सन्देश काबुलमा पठाएकाले बादशाह शाह महमुद र वजीर फत्तेह खाँ कश्मीर आक्रमणको तयारीमा थिए। तर, कश्मीर जाने बाटो जम्मु, झेलम र गुजरातमा रणजित सिंहको कब्जा भएकाले उनको मञ्जुरी विना काबुलले कश्मीर आक्रमण गर्न सकेन। बाटो हजारा मुजफ्फरपुरतर्फबाट पनि थियो, तर बाक्लो हिउँ पर्ने हुँदा त्यहाँबाट सैनिक, हतियार र रसद पठाउन मुश्किल थियो।

रणजित सिंह काबुलसँग मिलेर कश्मीर कब्जा गर्ने र लुटेको धनमाल आधा बाँड्ने तयारीमा थिए। कोहिनूर हीराको प्रस्ताव आएपछि उनले मन बदले। रणजित सिंहले सेनाका जनरल मुहकम चन्दसँग कश्मीरमा कैद गरिएका शाह सुजालाई कैदमुक्त गरेर सकुशल लाहौर ल्याउनेबारे गोप्य छलफल गरे।

बेगम वफाको प्रस्ताव

कश्मीरमा कैद राखिएका पूर्व राजा शाह सुजा उल्मुल्ककी पत्नी बेगम वफा काबुलका प्रतिनिधिले रणजित सिंहसँग भेटेर कश्मीर आक्रमणबारे कुराकानी गरेको सुइँको पाएर डराइन्। उनले फकीर अजिजुद्दीन र दीवान भवानी दास मार्फत रणजित सिंह समक्ष ‘यदि आफ्ना पति शाह सुजालाई कश्मीरबाट सकुशल लाहौर ल्याएर परिवार र बालबच्चासँग भेट गराइदिन्छन् भने विश्वकै बहुमूल्य ‘कोहिनूर हीरा’ कोसेली लिएर शाह सुजाले महाराजा रणजित सिंहसँग भेट गर्नेछन्’ भन्ने सन्देश पठाइन्।

रणजित सिंह काबुलसँग मिलेर कश्मीर कब्जा गर्ने र लुटेको धनमाल आधा बाँड्ने तयारीमा थिए। कोहिनूर हीराको प्रस्ताव आएपछि उनले मन बदले। रणजित सिंहले सेनाका जनरल मुहकम चन्दसँग कश्मीरमा कैद गरिएका शाह सुजालाई कैदमुक्त गरेर सकुशल लाहौर ल्याउनेबारे गोप्य छलफल गरे।

संयुक्त सेना कश्मीरतर्फ

सन् १८१२ नोभेम्बरमा काबुलका सैनिक वजीर फत्तेह खाँ नेतृत्वमा अटक नदी पार गरी पञ्जाब नजिक रणजित सिंहको आदेश पर्खेर बसे। रणजित सिंहका सैनिक रोहताजमा जम्मा भए। मन्त्री फत्तेह खाँ र रणजित सिंहबीच कश्मीर कब्जा गर्ने र लुटेको सम्पत्ति आधा बाँड्ने, रजोरीतर्फबाट सेना परिचालन गर्ने सहमति भयो। तर, दुवैले शाह सुजाको कैदमुक्तिबारे कुरा गरेनन्।

बरु कश्मीरको आम्दानीबाट घोडाको नालबन्दीका लागि हरेक वर्ष रणजित सिंहलाई काबुलका मन्त्रीले ९ लाख रकम दिने र कश्मीरमा काबुलको अधिकारलाई पञ्जाबले मान्ने सम्झौता भयो। कश्मीर आक्रमणमा १२ हजार शिख सैनिकका सेनापति जनरल मुहकम चन्द थिए। उनी मातहतका सरदार दल सिंह, जीवन सिंह पिडिवाला, केही बिजित रजौटा, जसरोटा, विसोहली, नूरपुर थिए। रणजित सिंहको सन्देश पाएर बेगम खुशी भइन् र सन्देशवाहक मार्फत रणजित सिंहलाई भनिन्, ‘म मेरो वादा वचनप्रति पक्का छु, जुन वेला मेरा पति लाहौर आइपुग्नुहुनेछ, कुनै टुटफुट र विना हिचकिचाहट म कोहिनूर हीरा महाराजका हजुरमा चढाउनेछु।’

काबुल र पञ्जाबका सैनिक सन् १८१२ डिसेम्बरमा झेलम नदी तरेर रजौरी, थन्नाको बाटो हुँदै कश्मीर हिँडे। झेलमसम्म रणजित सिंह थिए, सेना कश्मीर पठाएर उनी लाहौर फर्किए। उनले शाह सुजा पत्नी बेगम वफालाई दीवान भवानी दास मार्फत ‘मेरा विश्वस्त खालसा सरदारको नेतृत्वमा सकुशल शाह सुजालाई लाहौर ल्याउन १२ हजार सेना पठाएर विशेष आदेश दिएको छु, अब उनी चाँडै लाहौर आइपुग्नेछन्’ भन्ने सन्देश पठाए।

रणजित सिंहले बेगमलाई पञ्जाबका शिख सेनासँग काबुलका सैनिकलाई पनि कश्मीर खटाइएको छ भन्ने जानकारी दिएनन्। रणजित सिंहको सन्देश पाएर बेगम खुशी भइन् र सन्देशवाहक मार्फत रणजित सिंहलाई भनिन्, ‘म मेरो वादा ९वचन०प्रति पक्का छु, जुन वेला मेरा पति लाहौर आइपुग्नुहुनेछ, कुनै टुटफुट र विना हिचकिचाहट म कोहिनूर हीरा महाराजका हजुरमा चढाउनेछु।’

सोहनलाल उम्दतुल्तवारीखमा लेख्छन्, ‘रणजित सिंहले शाह सुजालाई कोहिनूर हीरा पाउनकै लागि कैदमुक्त गरिदिन खोजेका थिए।’ तर, प्रख्यात शिख इतिहासकार तथा अर्का लेखक दीवान अमरनाथ सोहनलालको रायसँग विमति राख्छन्। अमरनाथलिखित ग्रन्थ जफरनामा रणजित सिंहका अनुसार, ‘रणजित सिंहको उद्देश्य केवल शाह सुजालाई मुक्त गर्नु मात्र थियो।’ अमरनाथको दाबीलाई प्रसिद्ध इतिहास लेखक कनिङ्घमले समर्थन गरेका छन्।

अलग सेना, अलग बाटो

शिख सेनापति जनरल मुहकम चन्द चलाख थिए। दुवै सैनिकबीच युद्ध मैदानमा एक(अर्कोभन्दा उच्च सैनिक वीरता प्रदर्शन गर्ने प्रतिस्पर्धा थियो। अफगान सैनिक पहाडी भूभागमा युद्ध अनुभवी थियो। तुलनात्मक रूपमा शिखको समथर भूभागमा युद्ध अनुभव धेरै थियो। अफगानी सेनाले दर्रा दोहरालको बाटो हुँदै पीर पन्चाल पहाड चढेर कश्मीर छिचोल्ने छोटो बाटो समात्यो। शिख सेना समथर भूभागको केही लामो दूरीको बाटो लाग्यो। शिख सेनापति मुहकमलाई कतै आफूभन्दा काबुलका सेना कश्मीरमा छिटो पुगेर काम फत्ते गरिसक्ने त होइनन् भन्ने डर भयो।

उनी धेरै चतुर थिए। शिख सैनिक दलमा भिंवर र रजोरीका पराजित राजाहरू सैनिक सहित सहभागी थिए। सेनापति मुहकमले ती राजालाई कश्मीर पुग्ने छोटो बाटो देखाएमा धेरै जागीर दिने लोभ देखाए। ती राजाले छोटो बाटो देखाइदिएकाले शिख सेना काबुलको सेनाभन्दा छिटो कश्मीर प्रवेशको मुख्य शेरगढ घाँटी पुग्यो।

कश्मीरका सुबेदार अता मुहम्मद खाँले शिख र काबुलका संयुक्त सैनिक आक्रमणका लागि आएको खबर पाएर शेरगढ घाँटी, कश्मीर प्रवेशको मुख्यमार्गमा अवरोधको प्रयास गरे। कश्मीरी सेनाले शिख सेनाको सशक्त प्रतिकार गर्‍यो। निरन्तर पहिरो जाने र हिमपात भइरहने भएकाले शिख सेना केही समय पर्खिएर सहज बाटो खोज्न थाल्यो। खराब मौसम र शत्रु आक्रमणमा २०० शिख सैनिक मारिए। यसबीच काबुलका सैनिक आइपुगे। संयुक्त सेना अवरोध पन्छाएर अघि बढ्यो। किल्लाको सुरक्षामा रहेका कश्मीरी सैनिक स(सानो युद्धपछि मोर्चा छाडेर भागे।

संयोगको कुरा सुबेदार अता मुहम्मद खाँले शाह सुजालाई फलामको जन्जीरले बाँधेर सोही किल्लामा बलियो सुरक्षाकवचभित्र लुकाएका रहेछन्। यो सुइँको शिख सेनापति मुहकम चन्दले पाएर किल्ला कब्जा गर्न सैनिकलाई आदेश दिए। काबुलका सेनापति फत्तेह खाँलाई अन्यत्र अलमल्याए, शाह सुजालाई बाँधिएको जन्जीर चुँडाएर कब्जामा लिए। शाह सुजा सहित शिख सेनाले थप बहुमूल्य खजाना हात पार्‍यो।

सुबेदार अता मुहम्मद खाँले शाह सुजालाई फलामको जन्जीरले बाँधेर सोही किल्लामा बलियो सुरक्षाकवचभित्र लुकाएका रहेछन्। यो सुइँको शिख सेनापति मुहकम चन्दले पाएर किल्ला कब्जा गर्न सैनिकलाई आदेश दिए। काबुलका सेनापति फत्तेह खाँलाई अन्यत्र अलमल्याए, शाह सुजालाई बाँधिएको जन्जीर चुँडाएर कब्जामा लिए।

वजीर फत्तेह खाँले किल्लाको खानतलासी लिए। शाह सुजालाई शिख सेनाले कब्जामा लिएको थाहा पाए। फत्तेह खाँ शाह सुजालाई कब्जामा लिन चाहन्थे। यसका लागि उनले शिख सेनापति मुहकम चन्दसँग अनुरोध गरे, विवाद गरे, आक्रमण गरे, दुईबीच मारपिट भयो। शाह सुजालाई हात पार्न फत्तेह खाँले कुनै कसर बाँकी राखेनन्। फत्तेह खाँले किल्लामा लुटेका खजानाहरू शिख सेनासँग बाँड्ने सहमति भए पनि दिएनन्। धेरै वस्तु फत्तेह खाँले हात पारे। शिख सैनिक शाह सुजालाई हात पारेकामा खुशी थिए।

फत्तेह खाँले कश्मीरका इस्लाम सैनिकलाई हात लिएर, झुक्याएर शिख सेनापति मुहकमको हत्या प्रयास गरे। यसको सुइँको कश्मीरका पण्डित दीवान चन्द रायले मुहकम चन्दलाई दिएकाले शिख सेना कश्मीरबाट बाहिरियो। अब मुहकम चन्द शिख सेना लिएर काबुलका सेनाबाट अलग भए। उनी खाल्सा सैनिकको घेरामा शाह सुजालाई लिएर लाहौर फर्किए। वजीरावाद पुगेर मुहकम चन्दको सेना रोकियो र त्यहाँबाट सबै खबर रणजित सिंहकहाँ पठायो। वजीरावादबाट दुई दिनपछि मुहकम चन्द लाहौर पुगे। लाहौरमा शाह सुजा र मुहकम चन्द नेतृत्वको शिख सेनालाई भव्य स्वागत गरियो। शाह सुजा परिवारलाई रणजित सिंहले लाहौरमा ‘मुवारक हवेली’ व्यवस्था गरिदिए।

कोहिनूर दिन आनाकानी

शाह सुजा सकुशल फर्केपछि रणजित सिंहले फकीर अजिजुद्दीन र भैया राम सिंह मार्फत कोहिनूर हीरा दिन भने। तर, शाह सुजा दम्पतीले हीरा दिन आनाकानी गरे, छलछामका कुरा गरे। उनीहरूले आफ्ना वकील हवीबुल्ला खाँ र हाफीज रुहल्ला खाँलाई रणजित सिंहकहाँ पठाएर ‘कोहिनूर हीरा हाम्रो अधिकारमा छैन। हामीले कान्धार गान्धारमा ६ करोड रुपैयाँमा बन्धक राखेर युद्धका लागि खर्च रकम लिएका थियौं। सो रकम फिर्ता गर्न नसकेपछि हीरा फिर्ता गर्न सकिएको छैन’ भन्ने खबर पठाए। १ जून, १८१३ मा रणजित सिंह शाह सुजा दम्पती बसेको लाहौरको हवेलीमा पुगे। शाह सुजाले धेरै गह्रुँगो मन बनाएर विश्वकै बहुमूल्य कोहिनूर हीरा रणजित सिंहको हातमा राखिदिए।

शाह सुजा दम्पतीको मनसाय ६ करोड रकम लिएर कोहिनूर हीरा रणजित सिंहलाई दिने बुझिन्छ। तर, रणजित सिंहले शाह सुजा दम्पतीका कुरा पत्याएनन्। उनले लाखौं रकम कश्मीर युद्धमा खर्च गरेका थिए। कैयौं शिख सैनिक मारिएका थिए, सेनापति मुहकम चन्दले धेरै जोखिम मोलेका थिए। रणजित सिंह रिसाएर शाह सुजा बसेको हवेलीमा सैनिक पहरा बढाए, कडा निगरानी गरे। केही दिनपछि रणजित सिंहका दूत शाह सुजा निवासमा गएर तीन लाख रुपैयाँ नगद र ५० हजारको जागीर दिने प्रस्ताव गरे। शाह सुजा दम्पतीले जवाफ दिएनन्। त्यसको केही दिनपछि विवश भएर शाह सुजा दम्पतीले ५० दिनभित्र कोहिनूर हीरा रणजित सिंहको हात पारिदिने समाचार पठाए।

१ जून, १८१३ मा रणजित सिंह शाह सुजा दम्पती बसेको लाहौरको हवेलीमा पुगे। शाह सुजाले धेरै गह्रुँगो मन बनाएर विश्वकै बहुमूल्य कोहिनूर हीरा रणजित सिंहको हातमा राखिदिए। हीरा हात परेपछि रणजित सिंह शाह दम्पतीसँग खुशी भएर सैनिक पहरा हटाए। रणजित सिंहले कोहिनूर हीरा लाहौरमा विश्वासिला कर्मचारी मिश्र वेलिरामको जिम्मामा राखेका थिए। वेलिराम बाहेक सो हीरा पञ्जाब राज्यका कुनै पनि व्यक्तिलाई कुन डिब्बा वा सन्दुकमा छ, थाहा थिएन।

रणजित सिंहले कोहिनूर हीरा हात पारेको घटनाबारे लेखकहरूबीच फरक मत छ। सो घटनाका बारेमा ‘कप्तान मरे’ ले तयार पारेको रिपोर्ट फेला परेको छ। सो रिपोर्टका आधारमा सैयद मुहम्मद लतीफ भन्छन्, ‘रणजित सिंह अत्यन्त लालची थिए। उनले बेगम वफासँग कोहिनूर छ भन्ने थाहा पाएर उनको पतिको जीवन धेरै खतरामा छ भन्ने सन्देश पुर्‍याए। उनले विश्वस्त दूत मार्फत बेगमलाई के आशा दिलाए भने, यदि बेगम कोहिनूर दिन्छिन् भने महाराजले फत्तेह खाँको कब्जामा कश्मीरमा कैदमा रहेका शाह सुजालाई सकुशल छुटाएर ल्याइदिनेछन्।’

बाबा प्रेम सिंह लेख्छन्, ‘रणजित सिंहलाई कोहिनूरका बारेमा थाहा थिएन। वफा बेगमले दीवान तथा जनरल मुहकम चन्द र फकीर अजिजुद्दीनसँग महाराजलाई कोहिनूर हीरा दिने वाचा गरेकी थिइन्। मरे थप्छन्, ‘त्यसपछिका दिनमा बेगमलाई तरहतरहका दुःख, बाधा, कष्ट, पीडा दिएर रणजित सिंह कोहिनूर हीरा हात पार्न सफल भएका थिए।’ बाबा प्रेम सिंह लेख्छन्, ‘रणजित सिंहलाई कोहिनूरका बारेमा थाहा थिएन। वफा बेगमले दीवान तथा जनरल मुहकम चन्द र फकीर अजिजुद्दीनसँग महाराजलाई कोहिनूर हीरा दिने वाचा गरेकी थिइन्।’

बेगमको यो कुरा उनीहरूले महाराज रणजित सिंहसँग भने। बेगमको शर्त पूरा गरिदिएपछि कोहिनूर हीरा नपाउँदा महाराजा रणजित सिंहसामु जनरल मुहकम चन्द र फकीर अजिजुद्दीन झुटा सावित हुने सम्भावना थियो। तसर्थ आफैंले महाराजलाई सुनाएको र आफ्ना सामु गरेको वाचा पूरा गर्न मुहकम चन्द र फकीरले बेगम दम्पतीलाई दबाब दिएका थिए।’

प्रो.सीताराम कोहलीले महाराजा रणजित सिंह पुस्तकमा दुवै मतलाई स्थान दिएका छन्। उनको पुस्तकमा दाबी भने छैन। रणजित सिंहबारे पक्ष र विपक्षका मत छन्। कप्तान मरे र बाबा प्रेम सिंह रणजित सिंहको खालसा दरबारका प्रतिष्ठित र नियमित वेतन पाउने लेखक थिए।

सोहनलाललिखित ग्रन्थ उम्दतुल्तवारीखको अध्याय १५ मा शाह सुजाको आत्मचरित्र उल्लेख छ। जहाँ आफूहरूले केही दिन कोहिनूर हीरा नदिएको र छलछाम गरेकामा महाराजा रणजित सिंहले शरणमा रहेका आफूहरूलाई कष्ट, दुःख दिएको वर्णन छ। तर, कप्तान मरेले लेखे जति धेरै छैन। कप्तान मरेले शाह सुजाका पीडा र महाराजा रणजित सिंहको दबाबको बढाइचढाइ गरिदिएको कतिपयको दाबी छ।

कोहलीको मत छ, ‘पतिको ज्यान खतरामा छ भन्ने थाहा पाएपछि बेचैन भएर कोहिनूर हीरा सदाका लागि दिने वाचा गर्नु एक नाराज स्त्रीको विवशता थियो। असहाय र शरणमा रहेकी महिलाको त्यो अवस्थाबाट फाइदा लिने कोशिश गर्नु महाराजा रणजित सिंह जस्तो वीरका लागि सुहाउने कुरा थिएन। त्यो अवसर रणजित सिंहका लागि वफा बेगम र शाह सुजाप्रति साँच्चै सहयोग गर्नका लागि र उदारता प्रकट गर्नका लागि थियो। तर, सदुपयोग गर्न सकेनन्। महिलाले विवश भएर दिएको वचन पूरा गर्न बाध्य नपारेका थिए भने रणजित सिंहको महानता देखिन्थ्यो।’

अर्को मत  अनुसार कोहिनूर हीरा पहिले भारतका राजाको सम्पत्ति थियो। हीरा भारतको सम्पत्ति हो, भारतमै रहनुपर्छ भन्ने धारणा रणजित सिंहको मनमा भएर हात पार्नलाई जोड गरेको हुनसक्छ, यो अस्वाभाविक कुरा होइन। अर्को मत पनि छ। त्यो हो-कोहिनूर हीरा पहिले भारतका राजाको सम्पत्ति थियो। हीरा भारतको सम्पत्ति हो, भारतमै रहनुपर्छ भन्ने धारणा रणजित सिंहको मनमा भएर हात पार्नलाई जोड गरेको हुनसक्छ, यो अस्वाभाविक कुरा होइन। भारतका राजाको सम्पत्ति पहिले नादिर साहले लुटेका थिए, विधिको विडम्बनावश घुमेर यो हीरा भारतभूमिमा आइपुगेको छ, दिनेछु भनेर वचन पनि पाएको छु, आफ्नो हातमा आइसकेको हीरा किन अन्त जान दिऊँ भन्ने भावना रणजित सिंहको मनमा हुनसक्छ।

सन् १८४८ मा अंग्रेजसँगको युद्धमा शिख सेना हारेपछि शिखहरूको पञ्जाब राज्य सन् १८४९ मा अंग्रेज अधीनस्थ भयो। रणजित सिंहको खालसा दरबारमा रहेको कोहिनूर हीरा भारतस्थित गभर्नर जनरल लर्ड डल्हौजीले सन् १८५१ मा बेलायतकी महारानी भिक्टोरियालाई उपहार दिए। बेलायतको राजगद्दीमा बस्ने महारानीले ताज सहितको कोहिनूर शिरमा पहिरिने परम्परा छ। भनाइ के छ भने, कोहिनूर हीरा संसारकै पुरुषका लागि अशुभ छ, तसर्थ पुरुष राजाहरू यो हीरा पहिरिन चाहँदैनन्।

पछिल्ला दिनमा कोहिनूर हीरामाथि भारत, पाकिस्तान र अफगानिस्तानले दाबी गरेका छन्। नफिस अहमद सिद्दीकी सहितका केही भारतीयले संसारकै महँगो कोहिनूर हीरा बेलायतले भारतबाट लुटेको र सो हीरा भारतलाई फिर्ता गर्नुपर्छ भनी भारतको उच्च न्यायालयमा मुद्दा हालेका छन्। बेलायतका प्रधानमन्त्री, उच्च नेता र राजपरिवारका सदस्य भारत आउँदा कोहिनूर हीराको धेरै चर्चा हुने गर्दछ।

नेपालको सैनिक इतिहास र बलभद्र

लेखक प्रा.डा.तुलसीराम वैद्य र ९अरू० लिखित नेपालको सैनिक इतिहास, शाही नेपाली जङ्गी अड्डाबाट विसं २०४९ मा प्रकाशित पुस्तकमा लेखिएको छ, ‘पञ्जाबको उत्तरी सिमानामा पर्ने अफगानिस्तानका बादशाह शाह सुजा ज्यादै अलोकप्रिय भएका हुनाले भारदारले लखेट्दा भागेर पञ्जाब केशरी रणजित सिंहको शरणमा आएका थिए। उनले त्यही समयमा आफ्नो फेटा पगरीमा कोहिनूर हीरा जडी पञ्जाब ल्याएका थिए।

रणजित सिंहले यत्नपूर्वक त्यो हीरा हात पारेका थिए। शाह सुजालाई पुनः काबुलको गद्दीमा राख्ने प्रयत्न रणजित सिंहले गर्दा अफगानीहरूसँग युद्ध गर्नुपर्ने भयो। वीर बलभद्र कुँवरको नायकत्वमा पञ्जाब केशरी रणजित सिंहले पञ्जाबी सेना अफगान विद्रोहीका विरुद्ध पठाए। त्यही युद्धमा वीर बलभद्र कुँवरले वीरगति पाए।

रणजित सिंहले यत्नपूर्वक त्यो हीरा हात पारेका थिए। शाह सुजालाई पुनः काबुलको गद्दीमा राख्ने प्रयत्न रणजित सिंहले गर्दा अफगानीहरूसँग युद्ध गर्नुपर्ने भयो। वीर बलभद्र कुँवरको नायकत्वमा पञ्जाब केशरी रणजित सिंहले पञ्जाबी सेना अफगान विद्रोहीका विरुद्ध पठाए। त्यही युद्धमा वीर बलभद्र कुँवरले वीरगति पाए।

रामराजा कुँवर र डा.धनबहादुर कुँवरलिखित पुस्तक नालापानीका नायक वीर बलभद्र कुँवरमा उल्लेख छ, ‘दुर्भाग्यवश विसं १८७९ साल चैत ३ गते ९सन् १८२३ मार्च १३० का दिन अफगानिस्तानको पेशावरको नौसेरा भन्ने स्थानमा बहादूरी साथ लडिरहेका वेला अफगान विद्रोहीहरूले निशाना लगाई हानेको गोलीले बलभद्र कुँवरको छाती छेड्यो। उनी तत्काल रणभूमिमा ढले र उत्तिखेरै वीरगति प्राप्त गरे।’

हुलाक टिकटबाट 

कोहलीलिखित पुस्तक महाराजा रणजित सिंहका अनुसार, बलभद्र कुँवरबारेका ती दुवै दाबीमा सत्यता छैन। रणजित सिंहले सन् १८१३ मा कोहिनूर हीरा हात पारेका थिए। त्यसपछि पूर्व राजा शाह सुजाको पक्षमा अफगान गद्दीका लागि रणजित सिंहको सेनाले युद्ध लडेको छैन।

रणजित सिंहको शरणमा बसेका पूर्व राजा शाह सुजा भेष बदलेर भागेर सन् १८१५ अप्रिलबाट अंग्रेजको शरणमा बस्न थाले। रणजित सिंहले बस्न दिएको लाहौरको भव्य हवेलीबाट भागेका शाह सुजा दम्पतीलाई अंग्रेजले सन् १८३८ सम्म पेन्सनको व्यवस्था गरेको थियो। काबुल दरबारमा आन्तरिक कलह बढेको मौकामा अंग्रेज सहयोगमा सन् १८३९ मा शाह सुजा काबुलको गद्दीमा बसे, लगत्तै उनको हत्या भयो।

कोहलीलिखित पुस्तकमा नेपाल(अंग्रेज युद्धपछि रणजित सिंहले गोर्खाली युवाको दुई पल्टन स्थापना गरेको उल्लेख छ। रणजित सिंहले कश्मीर कब्जापछि आफ्नो सेनाको कमजोरी महसूस गरेर शिख सेना सुदृढीकरण गर्ने सोच बनाएका थिए। यस क्रममा नेपाल(अंग्रेज युद्धमा गोर्खाली सेनाले प्रदर्शन गरेको वीरताको वणर्नबाट प्रभावित भएर सन् १८१७ ताका गोर्खाली युवा सम्मिलित दुई अलग पल्टन स्थापना गरे।

पुस्तक अनुसार, सन् १८१४.१६ को नेपाल(अंग्रेज युद्धपछि बलभद्र कुँवर सन् १८१७.१८ तिर पञ्जाब गए। सन् १८१३ मा हात परेको कोहिनूर हीराका लागि बलभद्रले अफगान सेनासँग युद्ध लडेको र सोही युद्धमा वीरगति पाएको तथ्य सरासर गलत छ। पञ्जाबको शिख सेना र अफगान सेनाबीच सन् १८२३ मार्चमा पेशावर र मुल्तान कब्जाका लागि भएको ‘टिब्बा टिरी’ को युद्धमा बलभद्र कुँवरको मरण  भयो। त्यो युद्धको कोहिनूर हीरासँग कुनै सम्बन्ध छैन। बाबरका अनुसार, ‘कोहिनूर १३औं शताब्दीका ग्वालियरका महाराजाको सम्पत्ति थियो। त्यस यता कोहिनूर हीराका लागि भारतका राजा र पर्सियाका शासकबीच धेरै युद्ध भए।’

कोहिनूरको जन्मपत्री

कोहिनूर नाम पर्सियन भाषामा राखिएको हो। पर्सियन भाषामा ‘कोहिनूर’ को अर्थ उज्यालो पहाड हुन्छ। कोहिनूर नाम दिइएको त्यस हीरा हाल भारतको आन्ध्र प्रदेशमा पर्ने गोलकोण्डा हीरा खानीबाट झिकिएको थियो। शुरूमा कोहिनूर १८६ क्यारेट तौलको थियो। हाल यो १०६ क्यारेट तौलको रहेको छ।

कोहिनूर हीरा कुन समय कोसँग थियो ? यसबारेको चर्चा लामो वृत्तान्त बन्न सक्छ। सन् १५२६ मा पानिपतको युद्धमा दिल्लीका सुल्तान इब्राहिम लोदीलाई पराजित गरेर दिल्ली बादशाह बनेका प्रथम मुगल सम्राट् बाबरले यसबारे अभिव्यक्त गरेको तथ्य अझै पनि स्मरणीय छ। बाबरका अनुसार, ‘कोहिनूर १३औं शताब्दीका ग्वालियरका महाराजाको सम्पत्ति थियो। त्यस यता कोहिनूर हीराका लागि भारतका राजा र पर्सियाका शासकबीच धेरै युद्ध भए।’

दिल्लीका बादशाह औरंगजेवले सो हीरा हाल पाकिस्तानमा पर्ने, त्यस वेला अफगानिस्तानस्थित मस्जिद बादशाहीमा चढाएका थिए। सन् १७३९ मा पर्सियाका बादशाह नादिर शाहले सो हीरा मस्जिदबाट लुटेका थिए। काबुलमा बादशाह पदमा हुँदा शाह सुजाले पुनः सोही मस्जिदमा चढाउने बहानामा पर्सियाबाट कोहिनूर हीरा अफगानिस्तान ल्याएका थिए। सैनिक पृष्ठभूमिका थापा ती सैनिक, सुबेदार, सैनिक सङ्गठनको गौरव आदि पुस्तकका लेखक हुन्। मोहन थापा यो इतिहासिक स्तम्भ सोमबार, १४ भदौ, २०७८ हिमालखबरमा प्रकाशित भएको छ ।

The post कोहिनूरको युद्धकथा : कोहिनूर हीरासँग वीर बलभद्र कुँवरको साइनो छैन,तर चर्चा छ ! appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/blog/42949/feed/ 0
के थियो बुङ्कोट विद्रोह : जंगबहादुरलाई मार्न खोज्ने लखन थापा,कसरी मारिए ! https://mahashilakhabar.com/blog/42420/ https://mahashilakhabar.com/blog/42420/#respond Fri, 17 Sep 2021 16:49:19 +0000 https://www.saipalnews.com/?p=42420 काठमाडौं १ असोज । जंगबहादुर राणाको तानाशाही शासनविरुद्ध जनसमर्थनसहितको संगठित सैन्य विद्रोहको नेतृत्व गरेका लखन थापा बल्लतल्ल नेपालका प्रथम शहीद त बने तर, उनीबारे जान्न बाँकी थुप्रै कुरा खोतल्नेतर्फ राज्य उदासिन देखिन्छ। गोरखाको बुङ्कोट हाल लखन थापा गाउँपालिका–७ का लखन थापा मगर र उनका अनुयायीहरूले ‘जंगबहादुर राणाको जनविरोधी शासन अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ […]

The post के थियो बुङ्कोट विद्रोह : जंगबहादुरलाई मार्न खोज्ने लखन थापा,कसरी मारिए ! appeared first on महाशिला खबर.

]]>
काठमाडौं १ असोज । जंगबहादुर राणाको तानाशाही शासनविरुद्ध जनसमर्थनसहितको संगठित सैन्य विद्रोहको नेतृत्व गरेका लखन थापा बल्लतल्ल नेपालका प्रथम शहीद त बने तर, उनीबारे जान्न बाँकी थुप्रै कुरा खोतल्नेतर्फ राज्य उदासिन देखिन्छ।

गोरखाको बुङ्कोट हाल लखन थापा गाउँपालिका–७ का लखन थापा मगर र उनका अनुयायीहरूले ‘जंगबहादुर राणाको जनविरोधी शासन अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ गर्ने’ संकल्प गरेका थिए। समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार, शोषण, दमन समाप्त गर्नु उनीहरूको लक्ष्य थियो। विद्रोहीहरू न्याय र समानताको आधारमा चल्ने शासन व्यवस्थाका पक्षपाती थिए।

१९३३ सालमा नेपाली जनताको स्वतन्त्रता र मुक्तिका खातिर १५०० जनाको सशस्त्र फौज खडा गरी उनीहरूले राज्यसत्तालाई चुनौती दिए। सरकारी सेनाले त्यसको दमन गरी अन्ततः मुख्य आरोपी लखन थापा र उनका ६ जना सहयोद्धाहरूलाई बुङ्कोटमै झुन्ड्याएर मारे ।

त्यस विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण, सशस्त्र तयारी, भारी जनसमर्थन र स्थानीय सहभागिताजस्ता सबल पक्षहरू थिए। यिनै कारणले जनस्तरबाट एकीकृत, संगठित बुङ्कोटको विद्रोह अन्य विद्रोहको तुलनामा बलियो मानिन्छ।

लखन थापा पुरानो गोरख गणका सैनिक थिए। उनको सैन्य दर्जा के थियो त ? उनीसँगै विद्रोहमा को–को मारिए रु उनीहरूको शहादत कहिले भयो रु यी कुरा हालसम्म अनुत्तरित रहेकोले प्राप्त तथ्यका आधारमा ती जिज्ञासाहरूलाई मेटाउने जमर्को गरिएको छ।

लखनउ विद्रोहका सेना

लखनऊ लगायतका भारतीय शहरहरूमा सन् १८५७ को विद्रोह दमन गर्न नेपालबाट खटिएको पुरानो गोरख गणमा लखन थापा र जयसिंह चुमी पनि सामेल थिए। उनीहरूले भारतीय स्वतन्त्रताको निम्ति संघर्षरत योद्धाहरू उपर भएको निर्मम अत्याचार आफ्नै आँखाले देखे। नुनको सोझो गर्न बाध्य गोर्खाली सैनिकहरूले अमानवीय ढंगले विद्रोह शान्त पारी अंग्रेजलाई ठूलो उपकार गरे तर ती सैनिकहरू भित्रभित्रै क्षुब्ध थिए।

धेरैजसो लेखकहरूले १९११ सालमा पुरानो गोरख गणमा भर्ति भई लखन कप्तान दर्जामा पुग्न सफल भएको उल्लेख गरेका छन्। उनको सैनिक दर्जाबारे यकीन गर्न नसकिए पनि नेपालको सैनिक इतिहास, भाग–२ (२०६५स् ३६४) मा उल्लेख भए अनुसार उनी तत्कालीन युवराज त्रैलोक्यविक्रमका आठपहरिया अंगरक्षक थिए। राजा सुरेन्द्र युवराज हुँदा जंगबहादुर पनि अंगरक्षक नै थिए र दर्जाले उनी सेनाका कप्तान थिए। यसबाट युवराजका अंगरक्षक कम्तीमा सैन्य अधिकृत थिए भनी अनुमान गर्न गाह्रो छैन।

यदी त्यसो नहुँदो हो त लखन थापाको कमाण्डमा त्यति ठूलो सशस्त्र समूह कसरी अधिनस्थ रहन्थे ? ‘जंगबहादुरको जीवनयात्रा’ (२०७४) लेखक पद्‌मजंग राणाले विद्रोहीहरूको समूह १५०० जनाको बताए पनि प्रमोदशमशेर राणाले तिनीहरूको संख्या २००० रहेको बताएका छन्।

सैन्य संरचना हेर्दा सरदर १०० जनाको एक कम्पनी, ४/५ कम्पनीको एक गण र दुई गणको एक ब्रिगेड हुने अवस्था अहिले पनि छ। त्यसबखतको संरचनामा ५० जवानको एक कम्पनी हुन्थ्यो। संख्याको आधारमा हेर्दा विद्रोहीहरूले गठन गरेको सैन्यबल दुई ब्रिगेडको हैसियतमा देखिन्छ। जयसिंह चुमीलाई जर्नेल दर्जा दिइएको देखिँदा निजको तुलनामा लखन थापाको हैसियत माथिल्लो स्तरको हुनुपर्दछ भनी सहजै अड्कल गर्न सकिन्छ।

जंगबहादुरको मृत्युदण्ड उर्दी

१९३२ फागुन २६ मा ससाना बन्दुक र तरवारले सुसज्जित ठूलो संख्यामा भोटेहरू लखनलाई साथ दिन आएका थिए। उनीहरू पश्चिमतिर जंगबहादुरसँग मिल्ने बहानाले निस्केका थिए तर खास मनसाय चाँहि जंगबहादुरकै जीवन माथि धावा बोल्नु थियो ।

प्रस्तुत विवरणले विद्रोहीहरूले प्रशस्तै घरेलु हातहतियार भेला गरेको तथ्यलाई प्रष्ट्याउँछ। संघर्षमा प्रयोग भएका तत्कालीन हातहतियारहरू केही राज्यले जफत गरेको र केही गाउँमा रहेको पाइएको छ। त्यसबेलाका खुँडा र तरवारहरू स्थानीय गाउँलेहरूले संरक्षण गरेका छन्।

रेग्मी रिसर्च प्रालिबाट प्रकाशित १९३२ चैत्र सुदी १ को सैन्य प्रतिवेदन अनुसार, पाल्पाका मेजर कप्तान शमशेरजंग थापा क्षेत्री, सुब्बा वीरमानजंग थापा क्षेत्री र सुवेदार बदलसिंह बस्नेतले लखन थापाको घर र विद्रोहको सशस्त्र तयारीबारे प्रसादसिंह थापा, खड्ग थापालगायतका व्यक्तिहरूमार्फत् थाहा पाए। यो सूचना पाउनासाथ ती सैनिकहरूले छापा मारी अजपसिंह थापा मगरसहित केही मानिसहरूलाई पक्रे र पक्राउ पर्नेहरूले निम्न बमोजिमको बयान दिएको प्रतिवेदनमा रेग्मी, उही उल्लेख गरिएको छः

लखन थापाले हामीमध्ये केहीलाई जर्नेल र केहीलाई कर्णेल एवम् कप्तानमा भर्ना गर्ने वचन दिएका छन्। उनले जहरे जयसिंह चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेल दर्जा दिएका छन्। उनले प्रधानमन्त्री जंगको हत्या हुने, शाहज्यादा उपेन्द्रविक्रम राजा बन्ने र आफू चाहिँ उपेन्द्रविक्रमका उत्तराधिकारी हुने घोषणा गरेका छन्। उनले तार्कु वा मनाङबेसी लमजुङमा जंगबहादुरको मौका छोपेर हत्या गरिने बताएका छन्। यदी यो सम्भव नभए तिब्बत छिर्ने र तिब्बती सहयोग समेटी लक्ष्य मुताविक समर्थन जुटेको खण्डमा राजा हुनेछन्।

मेजर कप्तान शमशेरजंग थापा क्षेत्री लगायतले माथि उल्लेखित सम्पूर्ण विवरण प्रधानमन्त्री जंगबहादुर समक्ष प्रस्तुत गरे। प्रधानमन्त्रीले कर्णेल टेकबहादुर राणाको नेतृत्वमा उनकै मातहत पाल्पामा रहेका सैन्य टुकडी, आवश्यक भए, मिलाई लखन थापा र उनका समर्थकहरूलाई पक्रन आदेश गरे।

यदी तिनीहरू पाल्पा हुँदै गएमा पक्रने कार्यमा मद्दत गर्न मेजर कप्तान शमशेरजंग थापा क्षेत्रीलाई आदेश दिए र तिनीहरूलाई पक्रेर काठमाडौं पठाउन एवम् सो विषयमा इन्द्रचोकको प्रहरी थानामार्फत् आफूलाई खबर गर्न अह्राए। यस अतिरिक्त, आफ्नो भ्रमणको क्रममा यदी उनी पाल्पा पुगेछन् भने प्रधानमन्त्री जंगबहादुरको आवश्यक सुरक्षा व्यवस्था मिलाउने र हत्याबाट जोगाउनेसम्मको आदेश पनि उनैलाई दिइयो रेग्मी, उही ।

त्यसबेला जंगबहादुर देशको पश्चिमी क्षेत्र वनवासा शिविर मा थिए र त्यहीँबाट उनले यो आदेश गरेका थिए। आदेश पाई खटिएका सेनाहरूलाई त्यहाँबाट पाल्पा हुँदै गोरखा आइपुग्न निकै दिन लाग्यो होला। उता जंगबहादुरका सम्बन्धमा प्रमोदशमशेरले ‘राणाशासनको वृत्तान्त’मा जनाए अनुसार ‘युवराजको सवारी ब्रिटिस भारततर्फ फिर्ती हुनासाथ ठाउँ–ठाउँमा घोडाहरूको डाँक राखी सकेसम्म छोटो बाटो प्रयोग गरी ३० मार्च १८७६ ई.का दिन सदर आइपुगे’ (२०७०ः८८) । यो हेर्दा अनुसार जंगबहादुर १९३२ चैत्र १५ १६ तिर काठमाडौं फर्केको देखिन्छ ।

१९३२ चैत्र सुदी १ को पक्राउ गर्ने आदेशसहितको प्रतिवेदनमा समेटिएको व्यहोरा हेर्दा लखन थापा सँगसँगै उनका सक्रिय समर्थकको रूपमा जहरे जयसिंह चुमी, विराज थापा मगर, जुठ्या थापा मगर, जीतमान गुरुङ र अजपसिंह थापा मगर देखा परेका छन्। अतः उनीहरूलाई नै मुख्य दोषी ठहर्‍याई बुङ्कोटमा झुन्ड्याएर मारिएको निष्कर्ष निकाल्न सकिन्छ।

त्यसबेला पक्राउ पर्ने करीब ५० जना रहेको, तीमध्ये सक्रिय देखिएका १२ जनालाई काठमाडौं चलान गरिएको, काठमाडौंमा पाँच जनालाई सामान्य समर्थक मात्र ठहरी माफी दिइएको कतिपय लेखकहरूले उल्लेख गरेका छन्। बाँकी ७ जनाको हकमा स्वयम् पद्‌‌मजंग राणाले नै लखन थापा र उनका ६ जना कट्टर समर्थक एवम् सहयोगीलाई मृत्युदण्ड दिइएको रेग्मी, उही स्पष्ट पारेका छन्। यो घटना हुँदा पद्‌मजंग राणा १९ वर्षका तन्नेरी थिए र उनले तत्कालीन घटनालाई राम्ररी बुझेर नै कलम चलाएका थिए भन्न सकिन्छ।

बुङ्कोट क्षेत्रको अध्ययन गर्दा मृतक सबैको नामावली स्थानीयहरूको स्मृतिमा नरहे पनि लखन थापा, जयसिंह चुमी, अजपसिंह र अच्छामी मगर उच्चारण भइरहने नाम हुन्। यसबाहेक मारिनेहरूका सन्तति त्यहाँ नभएको अन्यत्र पलायन भएको वा चियोचर्चा हुन छाडेकोले स्थानीयहरूको स्मृतिबाट हराएको हुनुपर्छ।

इतिहासकार त्रिरत्न मानन्धरले ‘नेपाल देशको इतिहास, प्राचीन नेपाल’ संख्या २७, २०३१ वैशाख लाई उद्धृत गर्दै “भाषा वंशावली अनुसार उनीहरूको सर्वस्व पनि गरिएको थियो” (२०७७ः १५७) भन्ने उल्लेख गरेका छन्। तत्कालीन समयमा राज्यले नै उठीवास गराएकोले सबै शहीद परिवार बुङ्कोटमा नभेटिएको मान्न सकिन्छ। त्यसबखत मारिने लखन, जयसिंह, विराज, जुठ्या, जीतमान, अजपसिंह र अच्छामी अच्छामी नाम नभई मगरहरूको एक वंश वा उपथर हो, शायद ती विद्रोही यही उपनामले परिचित थिए नै रहेको यकिन गर्न सकिन्छ।

प्रा.डा.तुलसीराम वैद्यले गोरखकालीलाई चढाइएको ठूलो घण्टामा निम्न व्यहोरा अंकित भएको उल्लेख प्रथम सहिद, २०६७, वर्ष १.अंक १, पृ.२७ गरेका छन् ।  स्वस्ति श्री सम्वत् १९३३ साल मिति माघ सुदी ८ रोज ४ मा गोर्खा शहरका घरघर छोटा वडा गैह्रले श्री श्री श्री परमेश्वरी आदि कालिका देवी महामाई प्रिति गरि चढाएको घन्टा हो मार्फत मेजर कप्तान शम्सेरजङ्ग थापा क्षतृ सुब्बा विरमानजङ्ग थापा क्षतृका पाला महा शुभम् ।

वैद्यका अनुसार– जंगबहादुरले लखन थापालाई झुन्ड्याइसकेपछि गोरखाका जनतालाई हात लिन वा शान्त पार्न पुरस्कार स्वरूप केही रूपैयाँ दिएका थिए। गोरखाका जनताले चाहिँ सो रूपैयाँले लखन थापाकै सम्झनामा उक्त घण्टा बनाउन लगाई देवीलाई चढाएका हुन् भन्ने मास्टर दण्डपाणि अर्यालको भनाइ छ। यो अभिलेखको व्यहोरा, साल मिति हेर्दा उक्त कुरा सत्य हो कि भन्ने देखिन्छ। तुलसीराम वैद्य र धनबज्र बज्राचार्य सं, गोरखाको ऐतिहासिक सामाग्री, २०२९, काठमाडौं, नेपाल अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय, पृ.३२–३३०। उक्त घण्टा गोरखकाली मन्दिर परिसरमा अहिले पनि सुरक्षित छ।

१९३२ चैत्र १ को उल्लिखित सैनिक प्रतिवेदन अनुसार पनि विद्रोह दमन गर्ने क्रममा खटिने मेजर कप्तान शमशेरजंग थापा क्षेत्री र सुब्बा वीरमानजंग थापा क्षेत्रीकै नाम उल्लेख हुनुले घण्टाबारे वैद्यको दाबी सही ठहरिन्छ। अतः घण्टामा अंकित मिति १९३३ माघ ८ भन्दा पहिले नै विद्रोहीहरू मारिसकिएको छर्लङ्ग हुन्छ।

त्यस षड्यन्त्रकारी मगरको गोरखा नजिकैको घर वरिपरिबाट घेरी उनका सबै मानिसहरूलाई फलामे साङ्लाले बाँधियो र तिनले भेला गरेका सबै हतियार जफत गरियो अनि तिनीहरूलाई थापाथलीतर्फ लगियो। उनीहरूलाई थुनामै राखी सत्यतथ्यको छानबिन गरियो। लखन थापा एवम् उनका मुख्य समर्थकहरूलाई जेलमा राखियो र बाँकीलाई भने मुक्त गरियो। पछि १९३३ वि.सं. को पौष महीनामा लखन थापा र उनका मुख्य समर्थकहरूलाई उनकै घर अगाडिको रुखमा झुन्ड्याइयो। उनको घर र मन्दिरलाई ध्वस्त पारी मैदान बनाइयो (नेपाल, १९८३, ४५–४६) ।

पुरुषोत्तमशमसेर जबरा लिखित ‘लुकेछिपेका प्रतिभाहरू’का अनुसार, लखन थापालाई गोर्खामै उनकै घर अगाडिको रुखमा वि।सं।१९३३ पोखी पौष मा झुन्ड्याई मारे (२०६५ः १८)।  शिवलाल थापाका अनुसार– “पौष महीनाको पहिलो पञ्चमी तिथिको दिनलाई हालसम्म पनि लखन थापाको स्मृति दिवसको रूपमा मनाउँदै आएका छन्। सोही तिथिमा उनलाई झुन्ड्याइएको हुनुपर्छ भन्ने तर्क पनि अगाडि आएको छ” (२०५२-१८

यस सन्दर्भमा केही तथ्य गाउँमा पनि भेटिएको छ। प्रत्येक वर्ष पुसको पहिलो पञ्चमीमा स्थानीयहरूले भँयरी पूजा गर्ने चलन छ। यो अकालमा मर्नेहरूको स्मृतिमा गरिने एक प्रकारको पितृपूजा हो, जसमा स्थानीयहरू वर्षौंदेखि सामेल हुँदै आएका छन्। पूजामा बयोबृद्ध रत्नसिंह चुमी मगरले अग्रजको भूमिका खेल्दै आएका छन्। उनी तत्कालीन शहीद जयसिंह चुमीका पाँचौं पुस्ताका सन्तति हुन्। तत्कालीन हिंसापछि नै शहीदहरूको आत्माको शान्तिको लागि पूजाको शुरूआत गरिएको बताइन्छ।

गोरखाका पूर्व सैनिक लखन थापा प्रधानमन्त्री जंगबहादुरलाई हत्या गरी देशको सुनौलो भविष्य कोर्न चाहन्थे। तर, विद्रोहको तयारी गरिरहेका उनलाई

डा.हर्षबहादुर बुढामगरका अनुसार– केही उत्साही नवयुवकहरूको सकृयतामा वि.सं.२०४८ पौष १० गते गोरखामा शहीद लखन थापाको पुण्य स्मृतिमा ‘अमरत्व दिवस’ मनाइएको थियो’ (२०४९ः२२९–३०) र सो दिन पञ्चमी तिथि नै परेको देखिन्छ।

सूर्य पञ्चाङ अनुसार– वि।सं।१९३३ पौष महीनाको पहिलो पञ्चमी सोही महीनाको ७ गते (ई.संं.१८७६ डिसेम्वर २१ बुधवार परेको, सो दिन बिहान ६ः५७ देखि २४ घण्टासम्म लगातार पञ्चमी तिथि कायम रहेको देखाउँछ। माथि उल्लिखित आधारहरू मनन् गर्दा बुङ्कोटको ऐतिहासिक घटना वि.सं. १९३३ पौष ७ का दिन भएको थियो भनी स्पष्ट हुन्छ।

विद्रोहको मुहान

जंगबहादुरले वि.सं.१९१० को मुलुकी ऐनमार्फत् नेपाली समाजमा जातिपाति, छुवाछूतजस्ता कुरीति र अन्धविश्वास व्याप्त गराए। जंगबहादुरको निरंकुशता र स्वेच्छाचारिताविरुद्ध लखनले सशक्त विरोध गरे, राज्यविरुद्ध जनस्तरबाट व्यवस्थित, संगठित रूपले लड्न सशस्त्र सेना गठन गरी राज्यलाई खुलेआम चुनौती दिए। शासक वर्गलाई औंला ठड्याउँदा पनि ज्यान जाने युगमा लखनले देखाएको साहस सामान्य थिएन। ईश्वरप्रति पूर्ण आस्था राख्ने समाजलाई जागरुक बनाउन मनकामनाको निर्देशन अनुसार विद्रोह गरेको भन्ने लखनको उद्घोष नै आन्दोलनको निम्ति ऊर्जा थियो र मान्छे बटुल्ने प्रभावकारी माध्यम बन्यो।

बुङ्कोट विद्रोह नेपालको राजनीतिक इतिहासमा जनअधिकारको लागि उठेको प्रथम विद्रोह थियो। यसर्थ यो विद्रोहलाई नेपालको प्रजातान्त्रिक आन्दोलनको मुहान पनि मान्न सकिन्छ। तर, शहीदहरूको त्याग, तपस्या र बलिदानको उचित मूल्यांकन राज्यले अझैं गर्न सकेको देखिँदैन। यो सामग्री हिमालखबरमा २०७७ साल पुस १८ गते प्रकासित भएको थियो । सोही सामग्री हिमालखबरबाट साभार लिएको हो ।

The post के थियो बुङ्कोट विद्रोह : जंगबहादुरलाई मार्न खोज्ने लखन थापा,कसरी मारिए ! appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/blog/42420/feed/ 0
कथित योजनाविद् पार्टीका झोलेहरु भए,त्यसपछि काठमाडौं यो अवस्था भयो https://mahashilakhabar.com/blog/42115/ https://mahashilakhabar.com/blog/42115/#respond Tue, 07 Sep 2021 03:56:50 +0000 https://www.saipalnews.com/?p=42115 बिगत ३० बर्षमा भौतिक बिकास भ्रष्टाचारको पर्याय बन्न गयो। काठमाडौंका विभिन्न नदि किनाराका जमिन जग्गा ब्यापारीले मालपोतबाट धनीपुर्जा निकाल्दै बिक्री गरे। म ३३ सालमा हांडिगाउँ बस्थें। बर्खामा पुरै फांठ ढाकेर बाढी आंउथ्यो। हिउँदमा हामी यहि खोलामा घाम ताप्दै नुहाउने गर्थ्यो। लुगा धुने यहि खोलामा हो। तर यो ४५ बर्षमा खोलाका किनार सबै अतिक्रमण भए। १.राजनीतिक […]

The post कथित योजनाविद् पार्टीका झोलेहरु भए,त्यसपछि काठमाडौं यो अवस्था भयो appeared first on महाशिला खबर.

]]>
बिगत ३० बर्षमा भौतिक बिकास भ्रष्टाचारको पर्याय बन्न गयो। काठमाडौंका विभिन्न नदि किनाराका जमिन जग्गा ब्यापारीले मालपोतबाट धनीपुर्जा निकाल्दै बिक्री गरे। म ३३ सालमा हांडिगाउँ बस्थें। बर्खामा पुरै फांठ ढाकेर बाढी आंउथ्यो। हिउँदमा हामी यहि खोलामा घाम ताप्दै नुहाउने गर्थ्यो। लुगा धुने यहि खोलामा हो। तर यो ४५ बर्षमा खोलाका किनार सबै अतिक्रमण भए।

१.राजनीतिक दलहरुले भ्रस्टाचारीको संरक्षण नगरेको भए आज काठमाडौंको अवस्था यो हुने थिएन। कथित योजनाबिद जो पार्टीका झोलेहरु भए, उनिहरुले देश बनाउने होइन लुट्ने मात्र क्षमता राख्द्थे। परिणाम यो भयो आज।

एक जना बिकासअर्थबिद जस्लाइ राज्यले चिन्दैन, उनी चिनाउन पनि चाहांदैन, उन्ले केही संकेताङक प्रयोग गर्दै मलाइ बताए, २०५० साल पछाडि मात्र ३० खर्ब भन्दाबढी रकमको भ्रस्टाचार भयो, र करीब २० खर्बको भ्रस्टाचारको रकम त दोस्रो पुस्ताका नेताहरुकोमा गयो। उनी भन्छ्न, तुलनात्मक रुपमा पहिलो पुस्ताका नेताहरू कम भ्रस्टाचारि थिए। उन्का थुप्रै तर्कहरुबाट म सहमत भएं।

२.राजस्वको लगभग २० खर्ब रकम भौतिक निर्माणका योजनामा भ्रस्टाचार भयो। तेसमध्य अधाभन्दा बढी त काठमाडौंका सडक, ढल र सरकारी भवनमा भयो। ती खर्च भएका धेरै जसो निर्माणहरु आज छैनन। उनी भन्छ्न, स्थानीय नेता, कर्मचारी र लोकल गुन्डाहरुले त्यो रकम खाए।

३.बिगत तीन बर्षमा मात्र स्थानिय तहमा डोजर चलाएर डांडा काट्ने काममा मात्र १ खर्बको भ्रस्टाचार भयो। यस तीन बर्षमा जामिन काटेर प्लटिङ्ग गर्ने नाममा अर्ब भन्दा बढीको त तेल आयात थपियो। एकातिर बाताबरण ध्वस्त भयो, अर्कोतिर नेपाली धन बिदेशीयो। यो प्लटिङ्गमा सभासद, सांसद र स्थानीय नेता, प्रहरी र प्रशासनका मानिसको संलग्नता रहेछ।

४.हामी होटेलको एउटा कोठामा थियौं। अर्को कोठामा चारपांच जना थिए। काठ्को बार थियो। एमाले, कांग्रेस, माओवादी र राप्रपाका स्थानिय नेता रहेछ्न। रातभरि सुतेनन। बिहान होटेल चलाउने भाइले भन्यो। सात हजारको रक्सी र मासु खाएछ्न। उनिहरु राती त्यांहा गाबिसको सचिव शहित बिल मिलाउन बसेका रहेछ्न। मिलेर खांदा रहेछ्न।

५.सरकारको अवस्था यस्तो छ, मालपोतको अवस्था यस्तै छ, जंगलको अवस्था यस्तै छ, न्यापालिकाको अवस्था यस्तै छ, बिश्वबिद्धालयको अवस्था यस्तै छ, निर्माणको अवस्था यस्तै छ। राजनीति दल र कर्मचारीतन्त्रका करीब १० लाख मानिस आज खर्बपती भएका छ। म मास्टर हुं म पढाएर तलब लिन्छु पन्ध्र प्रतिशत कर काटिन्छ, एउटा कपि काटेको पन्ध्र रुपिया दिन्छ तेस्को पनि १५ प्रतिशत कर लिन्छ, होटेलमा भात खानुपर्छ बांच्नका लागि, कहिलेकाहीँ, तेस्मा पनि १३ प्रतिशत कर लिन्छ, यस्तै यस्तै। नागरिक संधै कर तिर्छ्न, साशक भ्रष्टाचार गर्छ।

ठुलठुला नेता भाषण गर्छ्न, झुठो कुरा गर्छ्न। लि क्वान यु संङ्ग तुलना गर्छ्न। तर शरीर नाङ्गो भएको देख्दैनन। यो समाजमा मानिस दृस्टीहिन भएका छ्न। यि मानिस काठमाडौंमा बाढी पसेको देख्छ्न तर पैसा खाएर, भ्रममा परेर भ्रष्टाचारीलाई भोटहालेर पाप गरेको बिर्सन्छ्न। कोपेनहेगनमा चार्ल्स एन्डरसनको शालिक छ। त्यांहा एउटा सर्बाङ्ग नाङ्गो मान्छेको ठूलो शालिक पनि छ। डेनिसहरु भन्छ्न, यो तेहि नाङ्गो राजाको शालिक हो।डेनिसहरु साशकले मानिसलाई शोषण गर्छ्न भन्ने संझिरहन चाहान्छन। ूइतिहास क्रुर हुन्छ।

चीनमा साङ्ग बशंका प्रधानमन्त्रीको एउटा शलिक छ जस्लाइ सबै बटुवाले थुक्नु पर्छ। यस्ले यु फेइ भन्ने एकजना देशभक्त जर्नेललाई षड्यन्त्र गेरेर मार्यो। अर्को देशको राजाको पैसा खाएर। उस्ले आफनो शालिक बनायो जस्लाइ अहिले मानिसले थुक्छ्न। यु फेइको शालिकमा एकछिन उभिएर शीर झुकाउंछ्न। नेताजिहरु तपाईं कस्तो इतिहास बनाउन चाहानुजुन्छ?सुध्रिनु होस। ठूलो काम गर्न नसके पनि आफ्नो बिचारमा गद्दारी नगर्नुहोस, बिदेशीको सेवा नगर्नुहोस, सत्ता होइन जनताको बिश्वास गर्नुहोस। यो नठान्नुहोस तपाईलाई हटाउने मानिस छैनन। हटाउने मानिस छ्न।यो सामग्री डा. संग्रौलाको फेसबुकबाट लिएको हो ।

The post कथित योजनाविद् पार्टीका झोलेहरु भए,त्यसपछि काठमाडौं यो अवस्था भयो appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/blog/42115/feed/ 0
साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्ने https://mahashilakhabar.com/blog/40848/ https://mahashilakhabar.com/blog/40848/#respond Sat, 07 Aug 2021 05:25:52 +0000 https://www.saipalnews.com/?p=40848   काठमाडौं २३ साउन । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे । माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाल्नुभयो । विद्यालय तहमै पढ्दा सयौँ साथीका प्रेमपत्र लेख्नुभएका श्रेष्ठले आफ्नो जीवनमा एउटा प्रेमपत्र लेख्नुभयो । प्रतिउत्तर […]

The post साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्ने appeared first on महाशिला खबर.

]]>
 

काठमाडौं २३ साउन । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे । माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाल्नुभयो ।

विद्यालय तहमै पढ्दा सयौँ साथीका प्रेमपत्र लेख्नुभएका श्रेष्ठले आफ्नो जीवनमा एउटा प्रेमपत्र लेख्नुभयो । प्रतिउत्तर पत्र सकारात्मक आएन । 

विद्यालय जीवनमै लेखिएको उहाँको प्रेमपत्र सफल भएन । सयौँ साथीका लागि लेखिएको प्रेमपत्रमध्ये दर्जनौँ साथीको प्रेमजीवन सफल भएको छ । ती जोडी अहिले पनि सफल दाम्पत्य जीवनमा रमाइरहेका छन् । विद्यालय जीवनमा अरुका लागि लेखिएको प्रेमपत्रले श्रेष्ठलाई साहित्यको जग बसाउन भने राम्रो काम गरेको छ । प्रेमपत्र लेखनको अभ्यासले उहाँलाई तीन उपन्यास लेख्न सहयोग गरेको छ । तीनै वटा उपन्यास पनि प्रेमकै विषयमा लेखिएका छन् ।

विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उहाँले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाल्नुभयो । त्यसो त उहाँ कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेख्नुभएको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।

सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्नुहुने उहाँलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रुपमा काम गरे । तिनै साथीको जीवनको वास्तविक घटनामा आधारित रहेर उहाँले पहिलो उपन्यास ‘पुनरुत्थान’ तयार पार्नुभयो ।

विद्यालय जीवनपछि उच्च शिक्षा हासिल गर्नमै व्यस्त रहनुभएका श्रेष्ठ साहित्यतिर त्यति सक्रिय हुन पाउनुभएन । पढाइसकेर पेशामा सक्रिय भएकै बेला साथी होम बेल्वासेले पटकपटक आफ्नो असफल प्रेम जीवनका बारेमा सुनाउन थाल्नुभयो ।

साथीभाइको समूहमा धेरैपटक जिस्क्याएर बेल्वासेका कुरालाई टार्नुभएका श्रेष्ठलाई एकदिन आफ्ना साथीले प्रेममा पाएको असफलताकै कारण रोएको देखेपछि भने त्यसैलाई विषय बनाएर उपन्यास लेख्ने सोच पलायो । साथीको विषयवस्तु समेटेर उपन्यास लेख्छु भनी अनुमति लिनुभयो । साथीले पनि तत्कालै स्वीकृति दिए । अनि शुरु भयो श्रेष्ठको उपन्यास लेखन यात्रा ।

बेल्वासेकै प्रेम जीवनको वास्तविक घटनालाई विषय वस्तु बनाएर लेखेको उपन्यास ‘पुरुत्थान’ २०७२ भदौमा प्रकाशित भयो । उपन्यास प्रकाशन गर्न बेल्वासेले नै प्रकाशन संस्था खोल्नुभयो । बेल्वासेकै प्रकाशन सस्था परिस्कृत मिडिया ग्रुपबाट ‘पुरुत्थान’ को पहिलो सस्करण प्रकाशन भयो ।

पहिलो संस्करणमा दुई हजारप्रति छापिएको ‘पुरुत्थान’ बजारमा सकियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराए ।

वेदलाई चार भागमा विभाजन गर्ने ऐतिहासिक एव पौराणिक पात्र कृष्ण द्वैपायनअर्थात् वेदव्यासको भूमि तनहुँमा जन्मनुभएका श्रेष्ठलाई प्रारब्धले साहित्यमा आकर्षित गरेको थियो । त्यही प्रारब्धले उहाँलाई विद्यार्थीकालमै साथीभाइको प्रेमपत्र लेखायो । प्रेमपत्र लेखेको अनुभवका आधारमा व्यावसायिक जीवनका साथी बेल्वासेको जीवनकथालाई उपन्यासमा उतार्नुभयो । त्यो उपन्यास सार्वजनिक भएको केही महिनामै बजारमा सकियो ।

परिचित प्रकाशन गृह साङ्ग्रिलाले ‘पुरुत्थान’ लाई पुन : प्रकाशन गर्ने प्रस्ताव अघि सा¥यो । साङ्ग्रिलाले दोस्रो सस्करणमा छापेको तीन हजारप्रति पनि बजारमा सकिएको छ ।

पुरुत्थान’ छाप्ने बेलामै ‘मालिकाकेशरी’ को उपनामले साहित्य सिर्जना गर्नुहुने श्रेष्ठले साङ्ग्रिलालाई भनिदिनुभयो–‘मेरो दोस्रो उपन्यास पनि तयार छ’ वास्तविकतामा उपन्यास लेखिएकै थिएन । 

पहिलो उपन्यासमा साथी होम बेल्वासे र आफ्नै जीवनका पनि केही जीवन भोगाइलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास ‘पुरुत्थान’ सफल भएपछि मालिका केशरीको दिमागमा अर्को उपन्यासको कथा तयार भइसकेको थियो । देशले व्यहोरेको दशवर्षे विद्रोहमा आमजनताले भोगेका त्रासपूर्ण जीवनलाई ‘पुरुत्थान’ मार्फत सार्वजनिक गर्नुभएका केशरीलाई यस्तै अर्को अनुभूति पनि पुस्तकाकारमा ल्याउने चाहना पलाएको थियो ।

युद्धमा सशस्त्र विद्रोही र सरकार दुवैको निशाना जनता बनेका, गणतन्त्र स्थापना र त्यसपछि विकसित घटनाक्रमसँगै सदियौँदेखिको जातीय विभेदबीचमा मौलाएको अमर प्रेमकथाका रुपमा ‘पुरुत्थान’ रचना भएको थियो । पहिलो उपन्यासको मस्यौदा १२ दिनमा गर्नुभएका केशरीले सम्पादनलगायत अन्तिम रुप दिन करिब एक महिना समय खर्चनुभयो । दोस्रो उपन्यास ‘सुवर्णलता’ का लागि भने उहाँले सात महिना समय दिनुप¥यो ।

सुवर्णलता’ मा आमाबाबुबाट छुटिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ ।

उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ । डोल्पाको कुनै गाउँमा सडक खन्दा भेटिएको गुफाका विषयमा खोजी पत्रकारिता गरिएको विषय पनि उपन्यासमा देखाइएको छ । गुफामा सयौँ वर्षदेखि ध्यानावस्थामा रहेकी युवतीको कथाले पाठकलाई रोमाञ्चकता प्रदान गर्छ ।

उपन्यासमा मुक्तिमार्गका कुरा, प्रेम दुःखको कारण भएको, मानिस मोहमा बाँधिनुहुन्न भन्नेजस्ता विषय पनि छन् । पाठकलाई प्रेमसँग बौद्ध दर्शन र शान्तिका कुराका माध्यमबाट पढुँपढुँ लाग्ने गरी उत्सुक बनाउन उपन्यासकार केशरी सफल देखिनुभएको छ । उहाँको तेस्रो उपन्यास ‘दुङाल’ प्रकाशोन्मुख छ । भदौ ५ गते उपन्यास सार्वजनिक गर्ने तिथि तय भएको छ ।

नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उहाँले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन लागेको बताउनुहन्छ । ‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ । उपन्यासमा शरणार्थीका कथाव्यथालाई शब्दका माध्यमबाट उनिएको छ ।

खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ । हिमालयन बौद्ध दर्शन अध्यापनमा लाग्नुभएका डा रमेश ढुङ्गेलको प्रेरणाले उहाँलाई यो उपन्यास लेखन उत्साहित बनाएको हो ।

The post साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्ने appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/blog/40848/feed/ 0
नेताहरुको जीवनशैली https://mahashilakhabar.com/blog/40794/ https://mahashilakhabar.com/blog/40794/#respond Fri, 06 Aug 2021 04:16:56 +0000 https://www.saipalnews.com/?p=40794 काठमाडौं । माओवादी सिद्धान्त पुरुष माओत्सेतुङले क्रान्ति ताका खान नपाएर छालाको जुत्ता उमालेर खानुपर्‍यो । तेति बेला पनि उनले आफ्ना कार्यकर्तालाई जनताको सियोसम्म नलिनु भनेर सिकाए। कम्युनिष्टका अर्का आदर्श लेलिन पनि साधरण घरमा बस्थे साधारण खाना खान्थे। दिनमा २० घन्टा खट्थे उनलाई देखेर अरु दंग पर्थे। मजदुर र श्रमिकप्रति असिम माया देखाउथे  लेनिन तेस्ता व्यक्ति […]

The post नेताहरुको जीवनशैली appeared first on महाशिला खबर.

]]>
काठमाडौं । माओवादी सिद्धान्त पुरुष माओत्सेतुङले क्रान्ति ताका खान नपाएर छालाको जुत्ता उमालेर खानुपर्‍यो । तेति बेला पनि उनले आफ्ना कार्यकर्तालाई जनताको सियोसम्म नलिनु भनेर सिकाए। कम्युनिष्टका अर्का आदर्श लेलिन पनि साधरण घरमा बस्थे साधारण खाना खान्थे। दिनमा २० घन्टा खट्थे उनलाई देखेर अरु दंग पर्थे। मजदुर र श्रमिकप्रति असिम माया देखाउथे  लेनिन तेस्ता व्यक्ति थिए जसलाई भेटन कहर समाजबादका शत्रु पनि आउथे।उनि सबैलाई समय दिन्थे !

धेरै वर्ष जेल जिवन विताएका बिपी कोइराला देखि सातु मात्र खाएर जनताका लागि लडेका पुष्पलालबाट सिक्नुपर्छ। छोरी मर्दा कात्रो किन्ने पैसा नभएर भीख मागेर पनि देश र जनताका लागि लडेका कालमाक्सबाट मात्र होइन राष्टपती भवन अगाडी सानो छाप्रो बनाएर देशका लागि राजनिती गरेका होचि मिन्हाबाट पनि पाठ सिक्नुपर्छ।

बनारसमा बस्दा पुष्पलाल र उहाका साथिले चनाको सातुमा चिनी र पानी मिसाएर पिउदै थुप्रै रात काटेका थिए। भारतीयसंग रुपैया सापटी माग्दा फिर्ता नलिनेसंंम्मका शर्त बताएपछी पुस्पलालले लिन मानेनन् ।आफु बिरामी पर्दा जनरल वाडबाट स्पेसल बडमा समेत जान नमानी साधरण नेपाली जस्तै देखिन चाहाने उनको त्यागबाट हाम्रा आजका नेताले कहिले सिक्लान खैँ  !

कम्युनिष्टका आदर्श पुरुष कालमाक्ससंग घरखर्च गर्न र  कोठाभाडा तिर्न पैसा हुदैनथ्यो। आलु र पाउरोटि खाएर उनले कयौं रातहरु काटे। बच्चाको औषधि उपचार गर्न सकेनन् । पाचौं छौरी मर्दा छिमेकिले दिएको दुइ पाउण्ड सहयोगले कात्रो किनेर ल्याएर सदगद गरे। तरपनी उनि कत्ति विचलित भएनन् ।

क्युबाका मुक्ति योद्धा चेग्वेभारा भन्थे क्रान्तिकारी राजनेताले साधुको जीवन विताउनुपर्छ। आडम्बर हिन भएर वाच उनि त्यहाँको बैकको मेनेजर,मन्त्री भएर पनि अनेकौं देश डुले तर सम्पत्तिको नाउमा केहि जोडेनन। उनि खाकी पोशाक लगाउथे कठिन परिश्रम गर्थे।

उता महात्मा गान्धीको सम्पतिको नाउमा केबल पाच बस्तु थिए। उनबाट समेत नेपाली राजनिज्ञहरुले थुप्रै चिज सिक्न जरुरी छ। तर हाम्रो देशका नेताले पुर्वज नेताबाट कहिले पाठ सिक्लान ? एउटा नेपाली उखान छ, उन्यु फुल्दा ढुंगा टुसाउदा।

The post नेताहरुको जीवनशैली appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/blog/40794/feed/ 0