td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170The post होश्राङ्दीमा निःशुल्क आँखा शिविर सम्पन्न appeared first on महाशिला खबर.
]]> शिविरमा २ सय ६१ जनाले आँखा परीक्षण गराएको कार्यक्रम संयोजक सागर भुसालले जानकारी दिनुभयो। परीक्षणका क्रममा १७ जनामा मोतियाविन्दुको समस्या देखिएको र उनीहरूलाई असार ९ गते स्याङ्जाको वालिङ स्थित गह्रौं–घ्याङ्लिङ अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको उहाँले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले गाउँपालिकाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न विशेष प्राथमिकता दिएको बताउँदै यस्ता शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूको सक्रियतामा सञ्चालन हुने यस्ता जनमुखी कार्यक्रमलाई गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । वडा अध्यक्ष तिल बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका भूपू अध्यक्ष पदमबहादुर क्षेत्रीको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन संयोजक सागर भुसालले गर्नुभएको थियो।
The post होश्राङ्दीमा निःशुल्क आँखा शिविर सम्पन्न appeared first on महाशिला खबर.
]]>The post बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूल खेती appeared first on महाशिला खबर.
]]>परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई जोडेर व्यावसायिक खेतीतर्फ आकर्षित गर्न चक्लाबन्दी गरिएको हो । जग्गा चक्लाबन्दी गरेपछि गाउँका खाली जमिनको उपयोग भएको छ ।
चक्लाबन्दी भएको जमिनमध्ये एक करोड लगानी गरेर सात हेक्टरमा सुन्तला, १२ हेक्टरमा ओखर, २० हेक्टरमा सागसब्जी, १२.५ हेक्टरमा कागती, २७ हेक्टरमा स्याउ र ११ हेक्टरमा किबीका बिरुवा लगाइएको प्रमुख पौडेलले बताए ।
उक्त कार्यालयले ढोरपाटन नगरपालिका-९ नवी गाउँमा जग्गा चक्लाबन्दी गरी स्याउखेती सुरु गरेको छ । गत आवमा दुई सय ८० रोपनी चक्लाबन्दी गरी रेड, गोल्डेन, रोयल डेलिसियस जातका स्याउका बिरुवा लगाइएका छन्।
नवी गाउँका किसान नन्दे सुनारले यस क्षेत्रमा आफूहरूले झण्डै दुई दशक अगाडिदेखि स्याउखेती गर्दै आए पनि प्रशस्त लाभ लिन नसकेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउखेतीका निम्ति प्रेरित गरेपछि किसान उत्साहित भएका उनले बताए ।
The post बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूल खेती appeared first on महाशिला खबर.
]]>The post बुधवारसम्म नै धेरै ठाउँमा पानी पर्ने, सुदूरपश्चिमका नदीमा बाढीको चेतावनी appeared first on महाशिला खबर.
]]>यस्तै हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । पानी पर्न सुरु भएसँगै गर्मीको महसुस बिस्तारै कम भएको छ ।
यसैबीच बाढी सूचना केन्द्रले विशेष बुलेटिन निकालेर मध्य र सुदूरपश्चिका नदी तथा खोलामा बाढी आउने चेतावनी दिएको छ । केन्द्रले महाकाली, सेती, भेरी, मध्यपहाडका चुरे र तराई भएर बग्ने साना नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन भनेको छ ।
यस्तै कर्णाली, नारायणी, कोसी, तिनाउ, कन्काई लगायतका नदीमा आकस्मिक बहावको जोखिम रहेकाले कात्तिक ३ गतेसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको सुझाव छ ।
The post बुधवारसम्म नै धेरै ठाउँमा पानी पर्ने, सुदूरपश्चिमका नदीमा बाढीको चेतावनी appeared first on महाशिला खबर.
]]>