Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php:6170) in /home/nayannews/mahashilakhabar.com/wp-includes/feed-rss2.php on line 8
खेलकुद Archives - महाशिला खबर https://mahashilakhabar.com/category/sports/ www.mahashilakhabar.com Sat, 16 May 2026 03:12:15 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 फलेवासमा शैक्षिक, सांस्कृतिक तथा खेलकुद मेला शुरु https://mahashilakhabar.com/banner/64915/ Sat, 16 May 2026 03:12:15 +0000 https://mahashilakhabar.com/?p=64915 पर्वत। “सभ्य संस्कृति र प्रविधी सम्पन्न स्वास्थ्य, शान्त र समुन्नत समाजको निर्माण” भन्ने नाराका साथ राष्ट्रिय जागरण युवा समाज फलेवास नगरपालिका–५, खानीगाउँद्वारा आयोजित शैक्षिक, सांस्कृतिक तथा खेलकुद मेला शुरु भएको छ । युवा समाजको प्राङ्गणमा सुरु भएको मेलाको उद्घाटन फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख तिवारीले युवाहरूलाई सामाजिक, सांस्कृतिक […]

The post फलेवासमा शैक्षिक, सांस्कृतिक तथा खेलकुद मेला शुरु appeared first on महाशिला खबर.

]]>
पर्वत। “सभ्य संस्कृति र प्रविधी सम्पन्न स्वास्थ्य, शान्त र समुन्नत समाजको निर्माण” भन्ने नाराका साथ राष्ट्रिय जागरण युवा समाज फलेवास नगरपालिका–५, खानीगाउँद्वारा आयोजित शैक्षिक, सांस्कृतिक तथा खेलकुद मेला शुरु भएको छ ।

युवा समाजको प्राङ्गणमा सुरु भएको मेलाको उद्घाटन फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख तिवारीले युवाहरूलाई सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमार्फत सकारात्मक दिशामा अघि बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभाकुमारी क्षेत्री, वडा नम्बर ५ का वडा अध्यक्ष नारायण लामिछाने, कार्यपालिका सदस्य नेत्र बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

युवा समाजका अध्यक्ष लकास सुबेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सचिव विक्रम जिसीले गर्नुभएको थियो ।

मेलाअन्तर्गत हाजिरीजवाफ, खुल्ला भलिबल, स्वोलो बाइक रेस, कुर्सी दौड, छेलो फाल प्रतियोगिता लगायत विभिन्न प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

The post फलेवासमा शैक्षिक, सांस्कृतिक तथा खेलकुद मेला शुरु appeared first on महाशिला खबर.

]]>
महाशिला गाउँपालिका–१ अर्गाउँदीमा वैशाख पूर्णिमा मेला सुरु https://mahashilakhabar.com/sports/62049/ Wed, 29 Apr 2026 14:43:06 +0000 https://mahashilakhabar.com/?p=62049 पर्वत — महाशिला गाउँपालिका वडा नं. १ अर्गाउँदीमा वैशाख पूर्णिमाको अवसर पारेर मेला सुरु भएको छ। श्री म्हण्डली तमु युवा परिवारको आयोजना तथा बाज्यु म्हण्डली संरक्षण तथा संवर्द्धन समितिको सह–आयोजनामा हिजोदेखि मेला सञ्चालनमा आएको हो। स्थानीय पर्यटन प्रवर्द्धन र खेलकुद विकासलाई टेवा पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको तमु युवा परिवारका अध्यक्ष दिनेश गुरुङले जानकारी दिनुभयो। […]

The post महाशिला गाउँपालिका–१ अर्गाउँदीमा वैशाख पूर्णिमा मेला सुरु appeared first on महाशिला खबर.

]]>
पर्वत — महाशिला गाउँपालिका वडा नं. १ अर्गाउँदीमा वैशाख पूर्णिमाको अवसर पारेर मेला सुरु भएको छ। श्री म्हण्डली तमु युवा परिवारको आयोजना तथा बाज्यु म्हण्डली संरक्षण तथा संवर्द्धन समितिको सह–आयोजनामा हिजोदेखि मेला सञ्चालनमा आएको हो।
स्थानीय पर्यटन प्रवर्द्धन र खेलकुद विकासलाई टेवा पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको तमु युवा परिवारका अध्यक्ष दिनेश गुरुङले जानकारी दिनुभयो।
मेलामा भलिबल प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति तथा बाज्यु म्हण्डली थान निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । भलिबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
वैशाख १८ गतेसम्म सञ्चालन हुने मेलाको समापन अवसरमा लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा, धनबहादुर गुरुङ, निनल गुरुङ, दीपक गुरुङ तथा पप गायक अमित गुरुङलगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने कार्यक्रम तय गरिएको छ।
यसैबीच, बाज्यु म्हण्डली संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष लेखकाजी गुरुङले मेलामा सहभागी भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सबैलाई अनुरोध गर्नुभएको छ।

The post महाशिला गाउँपालिका–१ अर्गाउँदीमा वैशाख पूर्णिमा मेला सुरु appeared first on महाशिला खबर.

]]>
महाशिलामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु https://mahashilakhabar.com/banner/48288/ Fri, 05 Dec 2025 01:27:15 +0000 https://mahashilakhabar.com/?p=48288   पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल स्मृति खेल मैदानमा विहीबारबाट प्रतियोगिता औपचारिक रूपमा उद्घाटन गरिएको हो। प्रतियोगितामा गाउँपालिका भित्रका १२ विद्यालयले सहभागिता जनाएका छन्। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले खेलकुदले नयाँ प्रतिभा पहिचान गर्न तथा खेल क्षेत्रको विकासमा ठूलो […]

The post महाशिलामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु appeared first on महाशिला खबर.

]]>
 

पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल स्मृति खेल मैदानमा विहीबारबाट प्रतियोगिता औपचारिक रूपमा उद्घाटन गरिएको हो। प्रतियोगितामा गाउँपालिका भित्रका १२ विद्यालयले सहभागिता जनाएका छन्।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले खेलकुदले नयाँ प्रतिभा पहिचान गर्न तथा खेल क्षेत्रको विकासमा ठूलो योगदान पुर्‍याउने बताए। उनले खेलले शारीरिक तथा मानसिक दुवै पक्षलाई सबल बनाउने भएकाले विद्यार्थीलाई सानै उमेरदेखि खेलकुदमा सक्रिय बन्न आग्रह गरे।

त्यसैगरी, महाशिला गाउँपालिका अध्यक्ष ईश्वरप्रसाद भुसालले खेलकुद विकासका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहँदै आएको बताए। उनले प्रत्येक वर्ष गाउँपालिकाबाट प्रतिभावान खेलाडी उत्पादन भइरहेकोक उल्लेख गर्दै ती प्रतिभालाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिए। खेलकुदले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनसुवा विश्वकर्मा, वडा नं. ४ का अध्यक्ष तथा खेलकुद विकास संयोजक पूर्ण मल्ल, महेन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण उपाध्यक्षलगायतले शुभकामना मन्तव्य राखेका थिए।

गाउँपालिका अध्यक्ष भुसालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवन्द्र पाण्डेले र सञ्चालन बेलबहादुर परियारले गरेका थिए
उद्घाटनकै दिन सम्पन्न १५ सय मिटर दौडतर्फ छात्रामा सूर्य माविकी आकृति पुलामी प्रथम भएकी छिन् भने छात्रातर्फ महेन्द्र ज्योति लुंखुका अनिल सुनार विजयी कभएका छन् ।

The post महाशिलामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु appeared first on महाशिला खबर.

]]>
महाशिला गाउँपालिकामा मंसिर १८ देखि २० गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै https://mahashilakhabar.com/banner/48270/ Mon, 01 Dec 2025 13:43:29 +0000 https://mahashilakhabar.com/?p=48270 पर्वत । पर्वतको महाशिला गाउँपालिकामा आगामी मंसिर १८ देखि २० गतेसम्म पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। महाशिला गाउँपालिका वडा नं ३, बालकोटस्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजना गर्न लागिएको प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका विभिन्न विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, प्रतिभा […]

The post महाशिला गाउँपालिकामा मंसिर १८ देखि २० गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै appeared first on महाशिला खबर.

]]>
पर्वत । पर्वतको महाशिला गाउँपालिकामा आगामी मंसिर १८ देखि २० गतेसम्म पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। महाशिला गाउँपालिका वडा नं ३, बालकोटस्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजना गर्न लागिएको प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका विभिन्न विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा, प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगितामा विद्यालयस्तरका विद्यार्थीहरूले विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई व्यवस्थित तथा आकर्षक रूपमा सम्पन्न गर्न खेलमैदान व्यवस्थापन, प्रशिक्षक परिचालन, स्वास्थ्य सेवा, सम्प्रेषण तथा भौतिक पूर्वाधारका पक्षमा गाउँपालिका, विद्यालय तथा स्थानीय समुदाय  सक्रिय रूपमा जुटिरहेका छन्।

तीन दिनसम्म चल्ने यो प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन, नेतृत्व क्षमता तथा आपसी सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गाउँपालिकाको रहेको छ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाइ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण खेलप्रेमी, अभिभावक, विद्यालय, समुदाय तथा स्थानीयवासीहरूको सहयोग आवश्यक हुने बताउँदै गाउँपालिकाले सबैलाई उपस्थित भई प्रतिस्पर्धी विद्यार्थीहरूलाई हौसला बढाउन आग्रह गरेको छ।

The post महाशिला गाउँपालिकामा मंसिर १८ देखि २० गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै appeared first on महाशिला खबर.

]]>
मोदी गाउँपालिकामा प्रथम अध्यक्ष कप एवम् पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु https://mahashilakhabar.com/banner/48248/ Sun, 30 Nov 2025 13:30:52 +0000 https://mahashilakhabar.com/?p=48248 पर्वत । पर्वतको मोदी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप एवम् पाचौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुभएको छ । नवजागृत बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबारबाट शुरुभएको प्रतियोगिताको गण्डकी प्रदेश सभाका सदस्य भक्त कुवरले उदघाटन गर्नुएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका १५ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य कुवरले […]

The post मोदी गाउँपालिकामा प्रथम अध्यक्ष कप एवम् पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु appeared first on महाशिला खबर.

]]>
पर्वत । पर्वतको मोदी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप एवम् पाचौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुभएको छ ।
नवजागृत बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबारबाट शुरुभएको प्रतियोगिताको गण्डकी प्रदेश सभाका सदस्य भक्त कुवरले उदघाटन गर्नुएको हो ।
प्रतियोगितामा गाउँपालिका भित्रका १५ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य कुवरले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.क, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, जिल्ला समन्वय अधिकारी किरण पौडेल मोदी गाउँपालिका स्थित राजनितिक दलका प्रमुखहरुले मनतब्य राखेका थिए ।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले र संचालन शिक्षा अधिकृत दिनेश शर्माले गर्नुभएको थियो ।
साथै सोही अवसरमा वडा नं ६ तिलाहारलाइ बालमैत्री स्थानीय शासनयुक्त तथा बाल श्रममुक्त वडा घोषणा गरिएको छ ।
आज देखि मंसिर १९ गते सम्म संचालन हुने प्रतियोगितामा पालिका स्तरीय पुरुष भलिबलसंगै विद्यालय स्तरीय विभिन्न प्रतियोगिता हुनेछन् ।

The post मोदी गाउँपालिकामा प्रथम अध्यक्ष कप एवम् पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु appeared first on महाशिला खबर.

]]>
महाशिला लुंखुमा तिज मेला: १ लाख बढी  पुरस्कार राशीको भलिबल प्रतियोगिता https://mahashilakhabar.com/banner/47552/ Sat, 09 Aug 2025 02:46:37 +0000 https://mahashilakhabar.com/?p=47552 पर्वत ।  पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा तिज मेला हुने भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा स्थानीय सदाबहार युवा क्लबले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भदौ ६ देखि १० गते सम्म मेला आयोजना गरिएको सचिव बिरेन्द्र मल्लले जानकारी दिनुभयो । मेलामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, तिज […]

The post महाशिला लुंखुमा तिज मेला: १ लाख बढी  पुरस्कार राशीको भलिबल प्रतियोगिता appeared first on महाशिला खबर.

]]>
पर्वत ।  पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा तिज मेला हुने भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा स्थानीय सदाबहार युवा क्लबले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भदौ ६ देखि १० गते सम्म मेला आयोजना गरिएको सचिव बिरेन्द्र मल्लले जानकारी दिनुभयो ।

मेलामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, तिज गित प्रतियोगिता, नृत्य प्रतियोगिता लगायत अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

भलिबल प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११,द्वितीय हुनेले ५५ हजार ५ सय ५५,तृतीय हुनेले,२२ हजार २  सय २२ र सान्त्वना हुनेले ११ हजार १ सय ११ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भलिबल प्रतियोगितामा वडा बाहिरको २ खेलाडी समावेश गर्न सकिने आयोजकले बताएको छ ।

यस्तै तिज गित प्रतियोगितामा प्रथम हुने समुहले १५ हजार,द्वितीय हुने समुहले १० हजार र तृतीय हुने समुहले ५ हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन ।

यसैगरी नृत्य प्रतियोगितामा प्रथमले १० हजार,द्वितीयले ७ हजार,तृतीयले ५ हजार र सान्त्वनाले २ हजार प्राप्त गर्ने छन ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने सचिव बिरेन्द्र मल्लले जानकारी दिनुभयो ।

खेलकुदको विकास र स्थानीय प्रतिभाको प्रोत्साहनका लागि मेला आयोजना गरिएको बताउँदै क्लबका अध्यक्ष दिपेन्द्र जैशीले मेला सफल बनाउन सबैमा अपिल गर्नुभएको छ ।

The post महाशिला लुंखुमा तिज मेला: १ लाख बढी  पुरस्कार राशीको भलिबल प्रतियोगिता appeared first on महाशिला खबर.

]]>
पर्वत जेसिजको आयोजनामा एक लाख पुरस्कार राशिको सेभेन ए साइड फुटबल प्रतियोगिता हुदै https://mahashilakhabar.com/banner/47498/ Sat, 19 Jul 2025 14:32:53 +0000 https://mahashilakhabar.com/?p=47498 पर्वत-पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी गराइएको हो । युवा प्रतिभाको पहिचान र प्रोत्साहन,पर्यटन, व्यापार र स्थानीय उत्पादनको प्रबर्द्धनसँगै खेलकुदको विकासमा जोड दिने उद्देश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको […]

The post पर्वत जेसिजको आयोजनामा एक लाख पुरस्कार राशिको सेभेन ए साइड फुटबल प्रतियोगिता हुदै appeared first on महाशिला खबर.

]]>

पर्वत-पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी गराइएको हो । युवा प्रतिभाको पहिचान र प्रोत्साहन,पर्यटन, व्यापार र स्थानीय उत्पादनको प्रबर्द्धनसँगै खेलकुदको विकासमा जोड दिने उद्देश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको पर्वत जेसीज- २०२५ का अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितालाई सफल बनाउन  सबैको सकारात्मक साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्माले पर्वत जेसीजले विगतदेखि नै युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सकारात्मक र रचनात्मक कार्यहरु गर्दै आएको बताउदै आगामी भदौमा आयोजना हुने फुटबल प्रतियोगिता पनि ऐतिहासिक कार्य भएको बताउनुभयो । फुटबल प्रतियोगितालाई सफल बनाउन प्रचारप्रसारको माध्यमबाट संचारकर्मीले सकारात्मक सहयोग प्रदान गर्ने नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागीता रोचक र प्रतिस्पर्धात्म खेल हुने बताइएको छ । प्रतियोगितामा करिब २० टिम सहभागी हुने अपेक्षा गरिएको छ । फुटबल प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय ११ र दित्तिय हुनेले ५१ हजार १ सय ११ प्राप्त गर्नेछन् । साथमा बिधागत पुरस्कार पनि रहेको छ । कार्यक्रममा फुटबल प्रतियोगिता संयोजक एन्जल कर्माचार्यले प्रतियोगिताका बारेमा जानकारी गराउनु भएको थियोे । पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिडिया संयोजक लक्ष्मण बिसिको स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव प्रवेशराज पुरीले गर्नुभएको थियोे ।

The post पर्वत जेसिजको आयोजनामा एक लाख पुरस्कार राशिको सेभेन ए साइड फुटबल प्रतियोगिता हुदै appeared first on महाशिला खबर.

]]>
कुश्माको बन्जी साइडमा १ करोड ८० लाख लगानीमा स्केट पार्क https://mahashilakhabar.com/banner/47356/ Thu, 06 Mar 2025 07:54:33 +0000 https://mahashilakhabar.com/?p=47356 पर्वत । जिल्लाको कुश्मा स्थित बन्जी साइडमा नयाँ स्केटिङ पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् । भलिबलका राष्ट्रिय खेलाडी समेत रहेका लक्ष्मण श्रेष्ठ र जगदीश सुबेदीले स्थानीय युवा तथा खेल प्रेमीहरूका लागि विशेष ध्यानमा राखेर स्केट पार्क सहित पर्वत क्याफे […]

The post कुश्माको बन्जी साइडमा १ करोड ८० लाख लगानीमा स्केट पार्क appeared first on महाशिला खबर.

]]>
पर्वत । जिल्लाको कुश्मा स्थित बन्जी साइडमा नयाँ स्केटिङ पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् ।

भलिबलका राष्ट्रिय खेलाडी समेत रहेका लक्ष्मण श्रेष्ठ र जगदीश सुबेदीले स्थानीय युवा तथा खेल प्रेमीहरूका लागि विशेष ध्यानमा राखेर स्केट पार्क सहित पर्वत क्याफे एन्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताएका छन् । सञ्चालक श्रेष्ठ र सुबेदीले विदेशमा जाँदा खर्च गर्नुपर्ने लगानी र दुख आफ्नै ठाउँमा गर्न पाएकोमा बेग्लै खुसी र आनन्द मिलेको सुनाए ।
कुश्माको व्यापार व्यवसाय सुस्ताउँदै गएको भए पनि आफूहरूले चुनौती सामना गरेरै लगानी गरेको सञ्चालक लक्ष्मण श्रेष्ठले बताए । उनका अनुसार अहिले निर्माणको चरणमा नै आफूहरूको रहेको र केही दिनमा नै सम्पूर्ण कामहरू सकिने बताए । यही २३ गते औपचारिक उद्घाटन गरेर व्यवसायको सुरुवात गर्ने र निर्माण पनि सँगै लैजाने उनको भनाइ छ ।

सुरक्षित र व्यवस्थित रूपमा स्केटिङ गर्न सकिने ठाउँ प्राप्त भएकोमा स्केटिङ प्रेमी खेलाडीहरूमा उल्लास छाएको छ । यस खेल युवाहरूका लागि रमाइलो मात्र नभएर शारीरिक व्यायाम र कलात्मक अभिव्यक्तिको पनि राम्रो माध्यम मान्न सकिन्छ ।

The post कुश्माको बन्जी साइडमा १ करोड ८० लाख लगानीमा स्केट पार्क appeared first on महाशिला खबर.

]]>
कुश्माको बन्जी साइडमा १ करोड ८० लाख लगानीमा स्केट पार्क https://mahashilakhabar.com/banner/47354/ Thu, 06 Mar 2025 07:11:40 +0000 https://mahashilakhabar.com/?p=47354 पर्वत । जिल्लाको कुश्मा स्थित बन्जी साइडमा नयाँ स्केटिङ पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् । भलिबलका राष्ट्रिय खेलाडी समेत रहेका लक्ष्मण श्रेष्ठ र जगदीश सुबेदीले स्थानीय युवा तथा खेल प्रेमीहरूका लागि विशेष ध्यानमा राखेर स्केट पार्क सहित पर्वत क्याफे […]

The post कुश्माको बन्जी साइडमा १ करोड ८० लाख लगानीमा स्केट पार्क appeared first on महाशिला खबर.

]]>
पर्वत । जिल्लाको कुश्मा स्थित बन्जी साइडमा नयाँ स्केटिङ पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् ।

भलिबलका राष्ट्रिय खेलाडी समेत रहेका लक्ष्मण श्रेष्ठ र जगदीश सुबेदीले स्थानीय युवा तथा खेल प्रेमीहरूका लागि विशेष ध्यानमा राखेर स्केट पार्क सहित पर्वत क्याफे एन्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताएका छन् । सञ्चालक श्रेष्ठ र सुबेदीले विदेशमा जाँदा खर्च गर्नुपर्ने लगानी र दुख आफ्नै ठाउँमा गर्न पाएकोमा बेग्लै खुसी र आनन्द मिलेको सुनाए ।
कुश्माको व्यापार व्यवसाय सुस्ताउँदै गएको भए पनि आफूहरूले चुनौती सामना गरेरै लगानी गरेको सञ्चालक लक्ष्मण श्रेष्ठले बताए । उनका अनुसार अहिले निर्माणको चरणमा नै आफूहरूको रहेको र केही दिनमा नै सम्पूर्ण कामहरू सकिने बताए । यही २३ गते औपचारिक उद्घाटन गरेर व्यवसायको सुरुवात गर्ने र निर्माण पनि सँगै लैजाने उनको भनाइ छ ।

सुरक्षित र व्यवस्थित रूपमा स्केटिङ गर्न सकिने ठाउँ प्राप्त भएकोमा स्केटिङ प्रेमी खेलाडीहरूमा उल्लास छाएको छ । यस खेल युवाहरूका लागि रमाइलो मात्र नभएर शारीरिक व्यायाम र कलात्मक अभिव्यक्तिको पनि राम्रो माध्यम मान्न सकिन्छ ।

The post कुश्माको बन्जी साइडमा १ करोड ८० लाख लगानीमा स्केट पार्क appeared first on महाशिला खबर.

]]>
मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ पर्वत विजयी https://mahashilakhabar.com/banner/47290/ Mon, 27 Jan 2025 15:20:47 +0000 https://mahashilakhabar.com/?p=47290 पर्वत । पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ । प्रदेश अस्पताल पर्वतलाई ६–१ गोलको अन्तरले महासंघले उपाधि हात पारेको हो । महासंघको तर्फवाट गंगाबहादुर गुरुङले चार, गोविन्द रिजालले एक […]

The post मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ पर्वत विजयी appeared first on महाशिला खबर.

]]>
पर्वत । पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ ।
प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ । प्रदेश अस्पताल पर्वतलाई ६–१ गोलको अन्तरले महासंघले उपाधि हात पारेको हो ।

महासंघको तर्फवाट गंगाबहादुर गुरुङले चार, गोविन्द रिजालले एक र राजन गुरुङले एक गोल गर्नुभएको थियो ।
पर्वत अस्पतालले ३५ औँ वार्षिकोत्सव आगामी बुधवार विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । बार्षिकोत्सवको अवसरमा खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

The post मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ पर्वत विजयी appeared first on महाशिला खबर.

]]>