td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170The post तीजको मौलिक स्वाद बोकेर आयो नयाँ गीत ‘खोली तरौला’ appeared first on महाशिला खबर.
]]>पर्वत, नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजको मौलिक भाव र नेपाली सांगीतिक स्वाद बोकेको नयाँ तीज गीत ‘खोली तरौला’ सार्वजनिक भएको छ। रोशनी पन्त युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गीतले तीजको सांस्कृतिक महत्व, नेपाली मौलिकता र मनोरञ्जनलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।
तीज नेपाली समाजमा विशेषगरी महिलाहरूले उत्साह र उमंगका साथ मनाउने महत्वपूर्ण पर्वका रूपमा परिचित छ। माइती जाने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, दर खाने, नाचगान गर्ने र आफ्ना भावना गीतमार्फत अभिव्यक्त गर्ने परम्परा तीजसँग जोडिएको छ। समयसँगै तीज मनाउने शैलीमा परिवर्तन आए पनि नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र सामाजिक भावनालाई जोड्ने यसको महत्व अझै उत्तिकै रहेको छ।
यही सांस्कृतिक परिवेशलाई आत्मसात् गर्दै ‘खोली तरौला’ तीजको अवसर पारेर दर्शक–श्रोतामाझ ल्याइएको निर्माण पक्षले जनाएको छ। गीतमा युबराज आचार्य, बसन्तराज पन्त र रोशनी पन्तको स्वर रहेको छ। गीतका शब्द रोशनी पन्तले लेखेकी हुन् भने संगीत बसन्तराज पन्तको रहेको छ।
विदेशमा रहेर पनि नेपाली गीत–संगीत र मौलिक संस्कृतिप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आएका पन्त दम्पतीले यस गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो सिर्जनात्मक उपस्थितिलाई अघि बढाएका छन्। नेपाली चाडपर्व र संस्कृतिसँग जोडिएका गीत–संगीतलाई प्रवासबाट समेत निरन्तरता दिन सकिन्छ भन्ने सन्देशसमेत यस सिर्जनाले दिएको छ।
गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ मनोज दंगोलले गरेका हुन्। शब्द, संगीत र स्वरको संयोजनसँगै तीजको माहोललाई सुहाउने गरी गीत तयार गरिएको निर्माण पक्षको भनाइ छ।
भिडियोमा मौलिकता र मनोरञ्जनको संयोजन
‘खोली तरौला’को भिडियोतर्फ अर्जुन थापा मगरको निर्देशन रहेको छ। भिडियोमा रोमन घमालले कोरियोग्राफी गरेका छन्। भिडियोमा राजेन्द्र नेपाली ९लेटे० वर्षा पन्त र सरिता दनकोटीको अभिनय रहेको छ।
गीतको भिडियोमा नेपाली परिवेश, तीजको सांस्कृतिक वातावरण र मनोरञ्जनात्मक पक्षलाई समेट्ने प्रयास गरिएको छ। तीज गीतमा हुने नाचगान, भेटघाट र रमाइलो वातावरणलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै गीतको भावलाई दर्शकमाझ पुर्याउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियोको छायांकन तथा सम्पादन कमल एलेक्सले गरेका हुन्। श्रव्य–दृश्य प्रस्तुतिमार्फत गीतलाई अझ प्रभावकारी बनाउने उद्देश्यले छायांकन तथा सम्पादनमा विशेष ध्यान दिइएको निर्माण पक्षको भनाइ छ।
बदलिँदो तीज र मौलिकताको निरन्तरता
पछिल्लो समय तीज गीतको शैली, प्रस्तुति र विषयवस्तुमा व्यापक परिवर्तन आएको छ। आधुनिक संगीत, नयाँ प्रविधि र फरक शैलीको प्रयोगसँगै तीज गीतले मनोरञ्जनको क्षेत्रमा समेत ठूलो स्थान बनाएको छ। यद्यपि तीजको मौलिकता, सांस्कृतिक पहिचान र नेपाली समाजसँग जोडिएका विषयलाई गीत–संगीतमार्फत जोगाइराख्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।
‘खोली तरौला’ले पनि आधुनिक प्रस्तुति र मौलिक नेपाली सांस्कृतिक भावनाबीचको संयोजन गर्ने प्रयास गरेको देखिन्छ। गीतमा शब्द, संगीत, स्वर, अभिनय, नृत्य, छायांकन तथा सम्पादनमा विभिन्न कलाकार तथा सर्जकको सहकार्य रहेको छ।
तीजको अवसरमा सार्वजनिक गरिएको ‘खोली तरौला’ले नेपाली गीत–संगीतप्रेमी दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ। विशेषगरी तीजको सांस्कृतिक माहोलमा परिवार, आफन्त र साथीभाइसँग बसेर रमाइलो गर्दै सुन्न र हेर्न सकिने गीतका रूपमा यसलाई प्रस्तुत गरिएको छ।
निर्माण पक्षका अनुसार नेपाली मौलिक संगीत, संस्कृति र मनोरञ्जनलाई एकसाथ अघि बढाउने उद्देश्यले तयार गरिएको ‘खोली तरौला’ले तीज गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन प्रयास गरेको छ।
youtube.com/watch?v=31n8nyOhDHg&source_ve_path=OTY3MTQ&embeds_referring_euri=https%3A%2F%2Fnayannews.com%2F
The post तीजको मौलिक स्वाद बोकेर आयो नयाँ गीत ‘खोली तरौला’ appeared first on महाशिला खबर.
]]>The post आर्थरमा बृहत रचनावाचन तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न appeared first on महाशिला खबर.
]]>बृहत रचनावाचन कार्यक्रममा साहित्यकारहरु डि आर शर्मा,सरस्वती शर्मा जिज्ञासु,गोकुल शर्मा मन्जरी,निर्मल पौडेल एन पी घायल,ध्रुव केसी,राम पौडेल अम्बली र विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले आफ्ना उत्कृष्ट गीत,गजल,मुक्त्तक,कविताहरु सुनाएका थिए। सर्जकका सिर्जनाले जीवन जगत र वर्तमान समयको यथार्थतालाई छर्लङ्ग पार्नुका साथै सामाजिक राजनैतिक व्यंग्य ,समाज र राष्ट्रनै उजाड हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिका वाड नम्वर-१४ आर्थरका वाड अध्यक्ष तथा पन्चकोशी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रमोहन रिमालले पर्वत साहित्य सङ्गम र स्कुलले गर्ने यस्ता रचनावाचन कार्यक्रमले विद्यार्थीको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने बताए। पर्वत साहित्य संगमले गर्ने यस्ता कार्यक्रमहरुमा बिद्यालय र वडाको तर्फ बाट सदैव साथ सहयोग रहने बताए। बिधालयको पुस्तकालय लाई विभिन्न लेखकका दर्जनौ पुस्तकहरु हस्तान्तरण गरेकोमा पर्वत साहित्य सङ्गम र माधुरी साहित्य प्रतिष्ठान प्रती धन्यवाद व्यक्त गरे।कार्यक्रममा अतिथि तथा माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञासुले विद्यालयमा साहित्यिक कार्यक्रमहरुको आयोजना बेला बेलामा गर्नुपर्नेमा जोड दिँदै पन्चकोशी माबिले जस्तै अन्य विद्यालयले पनि सिको गर्नुपर्ने बताइन्।
यस्तै विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटाले विद्यालयमा पर्वत साहित्य संगमले गरेको कार्यक्रमले विद्यार्थीहरुमा रचनात्मक तथा सिर्जनात्मक क्षमतामा वृद्धि हुने बताए। सापकोटाले विद्यार्थीले यस्ता कार्यक्रम गर्न पर्वत साहित्य सङ्गम सङ्ग सहकार्य गर्दै अगाडि बढ्ने बताए।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा पर्वत साहित्य सङ्गमका अध्यक्ष डि आर शर्माले विधार्थीहरुमा साहित्यप्रती अभिरुचि जागरण गराउने उद्देश्य अनुरुप कार्यक्रमको आयोजना गरेको बताए। बर्तमान समयमा साहित्यप्रति चासो राख्नेहरु कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै शर्माले नेपाली भाषा र साहित्यको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए।
पर्वत साहित्य सङ्गमका अध्यक्ष डि आर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संगमका सहसचिव निर्मल पौडेल एन पी घायल र सञ्चालन संस्थाका सचिव गोकुल शर्मा मन्जरीले गरेका थिए। सोही कार्यक्रममा विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विविध विधाका पुरस्कार समेत हस्तान्तरण गरेको थियो।
The post आर्थरमा बृहत रचनावाचन तथा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न appeared first on महाशिला खबर.
]]>The post मेरो गोत्र कुन आमा ? appeared first on महाशिला खबर.
]]>The post मेरो गोत्र कुन आमा ? appeared first on महाशिला खबर.
]]>The post अतालिएको मन appeared first on महाशिला खबर.
]]>गाउँमा हामी भन्नेलाई भेटे।
शहरमा मै हु भन्नेलाई भेटे।
दुवैको मन एउटै हो तर।
विचार फरक फरक भेटे।
हामी भन्ने हरुले,
केही दिन अझै बसिदेउ भन्दै बाटो छेके।
मै हु भन्नेहरुले,
कुकुरलाई दूध पिलाएर
फिक्का चिया पिउदै गरेको देखे।
विश्वास त गाँउको लाग्यो,
त्याहा मायाले आोतप्रोत मनहरु भटे।
अभाव भेटे,
दुख देखे,
दिनभरिको थकाई,
अनि बिश्रामको बेला सुख साटेको देखे।
गरिबी र पिडामा पनि नआतिने मनहरु भेटे।
हामी भन्नेहरुको त के
के भनौ,
स्वार्थ,एक्लोपन रअतालिएको मन मात्रै भेटे।
अतालिएको मन मात्रै भेटे।
भूषण दहाल, दोलखा
The post अतालिएको मन appeared first on महाशिला खबर.
]]>The post दोष थियो निच भ्रमराको appeared first on महाशिला खबर.
]]>न पुग्ने चुलीमा, कुना कन्दराको
नपुज्ने हरूको, त चढ्दैन क्यारे,
नचढ्ने रे भेटी, कठै ! त्यो वराको
बने देव भन्ने, नठान्नु हजुरले
म जीउँदै छु बन्दी उही पीजराको
नाअऊ तिमी भो म सम्झिन्न कैले,
कसम भो तिमीलाई मेरो धरहराको
लगायौ डढेलो र बस्ती जलायौ,
भयो भस्म क्यारे सपना चराको
गयो चुस्नलाई, भयो सर्वहारा,
थियो दोष थियो निच भ्रमराको
The post दोष थियो निच भ्रमराको appeared first on महाशिला खबर.
]]>The post प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ र ‘आँशु’ एकसाथ लोकार्पण appeared first on महाशिला खबर.
]]>उहाँले महिलाले समाजमा पु¥याएको योगदानलाई पुस्तकमा उतारिएकाले वैदेशिक रोजगारी, बालश्रम, पारिवारिक हिंसाजस्ता समाजिक समस्यालाई पनि औँल्याउनाले पुस्तक पठनीय बन्न पुगेको बताउनुभयो । उहाँले साहित्यले समाजको यथार्थ चित्रण गर्ने हुँदा यसको महत्व सबैले बुझ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कवि, गीतकार तथा पूर्वसचिव कालिप्रसाद रिजाल, साहित्यकार तथा पूर्वअर्थमन्त्री शङ्कर कोइराला, सहित्यकार तथा चलचित्र निर्देशक यादव खरेल, कला समालोचक धुव्र मधिकर्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पुस्तकका लेखक श्रेष्ठले पितृसत्तात्मक नेपाली समाजमा महिलालाई हेर्ने, बुझ्ने र महसुस गर्ने तरिका तथा जीवनका भोगाइ एवं अनुभवका बारेमा लेखिएको बताउनुभयो । उहाँले प्रकृति प्रेम, समाजिक रीतिरिवाज, संस्कृति, पारिवारिक सम्बन्ध र मित्रताका कुरा पनि कृतिमा समावेश गरिएको जानकारी दिनुभयो ।
अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी लेखक श्रेष्ठ नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सहसचिव पदबाट अवकाशप्राप्त हुनुहुन्छ । उहाँ गोर्खा दक्षिणबाहु चौथो, शुभराज्याभिषेक पदक, जनपदसेवा पदक तथा दीर्घसेवा पदकबाट विभूषित हुनुहुन्छ । उहाँको यसअघि ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक प्रकाशित छ ।
The post प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ र ‘आँशु’ एकसाथ लोकार्पण appeared first on महाशिला खबर.
]]>The post राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती appeared first on महाशिला खबर.
]]>विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भन्नुभयो, “राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी गरिएका सिर्जनाहरू कालजयी छन् ।”
उप्रेतीले घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ उहाँका परिवारको अनुमतिप्राप्त भएमा छाप्न तयार भएको जनाउनुभयो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका काव्यशिल्पी कविवर घिमिरे प्रतिष्ठानका संस्थापक सदस्यसमेत रहनुभएका राष्ट्रकवि घिमिरे प्राज्ञ परिषद् सदस्य हुँदै उपकुलपति, कुलपति र आजीवन सदस्यका रूपमा रहनुभएको थियो ।
उपकुलपति डा जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गर्नुभयो । सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नेपाली राष्ट्रिय भावनालाई मजबुत बनाउनमा राष्ट्रकवि घिमिरेका सिर्जनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका साहित्य पद्य÷काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले राष्ट्रकविको पहिलो स्मृतिसभा भएको उल्लेख गर्दै अब वर्षेनी उहाँको जन्मतिथिका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
प्राज्ञसभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन आग्रह गर्नुभयो । उहाँले राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गर्नुभयो ।
राष्ट्रकवि घिमिरेका कान्छा छोरा इञ्जीनियर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृति सुनाउँदै अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याइने जनाउनुभयो ।
The post राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती appeared first on महाशिला खबर.
]]>The post साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्ने appeared first on महाशिला खबर.
]]>काठमाडौं २३ साउन । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे । माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाल्नुभयो ।
विद्यालय तहमै पढ्दा सयौँ साथीका प्रेमपत्र लेख्नुभएका श्रेष्ठले आफ्नो जीवनमा एउटा प्रेमपत्र लेख्नुभयो । प्रतिउत्तर पत्र सकारात्मक आएन ।
विद्यालय जीवनमै लेखिएको उहाँको प्रेमपत्र सफल भएन । सयौँ साथीका लागि लेखिएको प्रेमपत्रमध्ये दर्जनौँ साथीको प्रेमजीवन सफल भएको छ । ती जोडी अहिले पनि सफल दाम्पत्य जीवनमा रमाइरहेका छन् । विद्यालय जीवनमा अरुका लागि लेखिएको प्रेमपत्रले श्रेष्ठलाई साहित्यको जग बसाउन भने राम्रो काम गरेको छ । प्रेमपत्र लेखनको अभ्यासले उहाँलाई तीन उपन्यास लेख्न सहयोग गरेको छ । तीनै वटा उपन्यास पनि प्रेमकै विषयमा लेखिएका छन् ।
विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उहाँले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाल्नुभयो । त्यसो त उहाँ कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेख्नुभएको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्नुहुने उहाँलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रुपमा काम गरे । तिनै साथीको जीवनको वास्तविक घटनामा आधारित रहेर उहाँले पहिलो उपन्यास ‘पुनरुत्थान’ तयार पार्नुभयो ।
विद्यालय जीवनपछि उच्च शिक्षा हासिल गर्नमै व्यस्त रहनुभएका श्रेष्ठ साहित्यतिर त्यति सक्रिय हुन पाउनुभएन । पढाइसकेर पेशामा सक्रिय भएकै बेला साथी होम बेल्वासेले पटकपटक आफ्नो असफल प्रेम जीवनका बारेमा सुनाउन थाल्नुभयो ।
साथीभाइको समूहमा धेरैपटक जिस्क्याएर बेल्वासेका कुरालाई टार्नुभएका श्रेष्ठलाई एकदिन आफ्ना साथीले प्रेममा पाएको असफलताकै कारण रोएको देखेपछि भने त्यसैलाई विषय बनाएर उपन्यास लेख्ने सोच पलायो । साथीको विषयवस्तु समेटेर उपन्यास लेख्छु भनी अनुमति लिनुभयो । साथीले पनि तत्कालै स्वीकृति दिए । अनि शुरु भयो श्रेष्ठको उपन्यास लेखन यात्रा ।
बेल्वासेकै प्रेम जीवनको वास्तविक घटनालाई विषय वस्तु बनाएर लेखेको उपन्यास ‘पुरुत्थान’ २०७२ भदौमा प्रकाशित भयो । उपन्यास प्रकाशन गर्न बेल्वासेले नै प्रकाशन संस्था खोल्नुभयो । बेल्वासेकै प्रकाशन सस्था परिस्कृत मिडिया ग्रुपबाट ‘पुरुत्थान’ को पहिलो सस्करण प्रकाशन भयो ।
पहिलो संस्करणमा दुई हजारप्रति छापिएको ‘पुरुत्थान’ बजारमा सकियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराए ।
वेदलाई चार भागमा विभाजन गर्ने ऐतिहासिक एव पौराणिक पात्र कृष्ण द्वैपायनअर्थात् वेदव्यासको भूमि तनहुँमा जन्मनुभएका श्रेष्ठलाई प्रारब्धले साहित्यमा आकर्षित गरेको थियो । त्यही प्रारब्धले उहाँलाई विद्यार्थीकालमै साथीभाइको प्रेमपत्र लेखायो । प्रेमपत्र लेखेको अनुभवका आधारमा व्यावसायिक जीवनका साथी बेल्वासेको जीवनकथालाई उपन्यासमा उतार्नुभयो । त्यो उपन्यास सार्वजनिक भएको केही महिनामै बजारमा सकियो ।
परिचित प्रकाशन गृह साङ्ग्रिलाले ‘पुरुत्थान’ लाई पुन : प्रकाशन गर्ने प्रस्ताव अघि सा¥यो । साङ्ग्रिलाले दोस्रो सस्करणमा छापेको तीन हजारप्रति पनि बजारमा सकिएको छ ।
पुरुत्थान’ छाप्ने बेलामै ‘मालिकाकेशरी’ को उपनामले साहित्य सिर्जना गर्नुहुने श्रेष्ठले साङ्ग्रिलालाई भनिदिनुभयो–‘मेरो दोस्रो उपन्यास पनि तयार छ’ वास्तविकतामा उपन्यास लेखिएकै थिएन ।
पहिलो उपन्यासमा साथी होम बेल्वासे र आफ्नै जीवनका पनि केही जीवन भोगाइलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास ‘पुरुत्थान’ सफल भएपछि मालिका केशरीको दिमागमा अर्को उपन्यासको कथा तयार भइसकेको थियो । देशले व्यहोरेको दशवर्षे विद्रोहमा आमजनताले भोगेका त्रासपूर्ण जीवनलाई ‘पुरुत्थान’ मार्फत सार्वजनिक गर्नुभएका केशरीलाई यस्तै अर्को अनुभूति पनि पुस्तकाकारमा ल्याउने चाहना पलाएको थियो ।
युद्धमा सशस्त्र विद्रोही र सरकार दुवैको निशाना जनता बनेका, गणतन्त्र स्थापना र त्यसपछि विकसित घटनाक्रमसँगै सदियौँदेखिको जातीय विभेदबीचमा मौलाएको अमर प्रेमकथाका रुपमा ‘पुरुत्थान’ रचना भएको थियो । पहिलो उपन्यासको मस्यौदा १२ दिनमा गर्नुभएका केशरीले सम्पादनलगायत अन्तिम रुप दिन करिब एक महिना समय खर्चनुभयो । दोस्रो उपन्यास ‘सुवर्णलता’ का लागि भने उहाँले सात महिना समय दिनुप¥यो ।
सुवर्णलता’ मा आमाबाबुबाट छुटिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ ।
उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ । डोल्पाको कुनै गाउँमा सडक खन्दा भेटिएको गुफाका विषयमा खोजी पत्रकारिता गरिएको विषय पनि उपन्यासमा देखाइएको छ । गुफामा सयौँ वर्षदेखि ध्यानावस्थामा रहेकी युवतीको कथाले पाठकलाई रोमाञ्चकता प्रदान गर्छ ।
उपन्यासमा मुक्तिमार्गका कुरा, प्रेम दुःखको कारण भएको, मानिस मोहमा बाँधिनुहुन्न भन्नेजस्ता विषय पनि छन् । पाठकलाई प्रेमसँग बौद्ध दर्शन र शान्तिका कुराका माध्यमबाट पढुँपढुँ लाग्ने गरी उत्सुक बनाउन उपन्यासकार केशरी सफल देखिनुभएको छ । उहाँको तेस्रो उपन्यास ‘दुङाल’ प्रकाशोन्मुख छ । भदौ ५ गते उपन्यास सार्वजनिक गर्ने तिथि तय भएको छ ।
नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उहाँले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन लागेको बताउनुहन्छ । ‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ । उपन्यासमा शरणार्थीका कथाव्यथालाई शब्दका माध्यमबाट उनिएको छ ।
खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ । हिमालयन बौद्ध दर्शन अध्यापनमा लाग्नुभएका डा रमेश ढुङ्गेलको प्रेरणाले उहाँलाई यो उपन्यास लेखन उत्साहित बनाएको हो ।
The post साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्ने appeared first on महाशिला खबर.
]]>The post यी आँखा पनि निदाउन मान्दैनन् appeared first on महाशिला खबर.
]]>त्यहीँ भएर त यी आँखा पनि निदाउन मान्दैनन्
…………………………………………………………………
सम्झाए देखि तिमीले ढुङ्गा झैँ भनेर यो मनलाई,
यी परेलाहरू पनि आफुलाई भिजाउन मान्दैनन्।
नजर लागेछ सायद उनको खुसीमा पनि अचेल ,
हैरान छुँ किन ती ओठहरू मुस्कुराउन मान्दैनन्।
…………………………………………………………………….
डराएछन संघर्षका भीरहरू संग त्यसैले हुनुपर्छ,
जीवनमा खुसीहरू उपस्थिती जनाउन मान्दैनन्।
कुनै कुनै पीडाहरू पनि निकै लोभलादा हुन्छन,
त्यसैले त हातहरूले यादहरू जलाउन मान्दैनन।
======
The post यी आँखा पनि निदाउन मान्दैनन् appeared first on महाशिला खबर.
]]>