td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170The post भारत–रुस सम्बन्धको विकासको गतिमा कुनै परिवर्तन आएकाे छैन : मोदी appeared first on महाशिला खबर.
]]>रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज साेमवार वार्षिक शिखर बैठकमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको (विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी) अझै बलियो हुँदै गइरहेको टिप्पणी गर्नुभएको छ।
‘कोभिड–१९ द्वारा उत्पन्न चुनौतीहरूको बाबजुद भारत–रूस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन आएको छैन । हाम्रो विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी अझै बलियो हुँदै गइरहेको छ’, उहाँले भन्नुभयो ।
यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वका शक्ति राष्ट्रहरूबीच नयाँ समीकरण बनेको र यसमा भारत–रुसको सम्बन्ध बलियो भएको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा भारत एक महान् शक्ति र परिचित मित्र भएको भन्दै बदलिँदो विश्व समीकरणमा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीदेखि अरू अवसरहरूमा रुसी सहयोगको प्रशंसा गर्नुभएको छ ।
यसैबीच भारत र रुसबीच एउटा रक्षा सम्झौता भएको छ । आज दिल्लीमा भएको दुवै देशका रक्षा र विदेशमन्त्रीको वार्तामा भएको सम्झौताअनुसार रुसले भारतीय सेनाका लागि एके–२०३ राइफल उत्पादन गर्नेछ । रुसी कम्पनीले भारतको उत्तर प्रदेशमा रहेको अमेठीमा राइफलको उत्पादन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै सम्झौतामा सन् २०३१ सम्म सैन्य सहायता आदानप्रदान गर्ने सम्बन्धी सहमति पनि उल्लेख रहेको छ । सम्झौतमा दुवै देशका रक्षा र विदेशमन्त्रीहरूले हस्ताक्षर गरेका छन् ।
२१ औँ भारत–रुस वार्षिक शिखर सम्मेलन दिल्लीकाे हैदराबाद हाउसमा हुँदैछ।
सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट हो।
रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो ।
The post भारत–रुस सम्बन्धको विकासको गतिमा कुनै परिवर्तन आएकाे छैन : मोदी appeared first on महाशिला खबर.
]]>The post मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव स्वेदश ल्याइयो appeared first on महाशिला खबर.
]]>मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।
The post मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव स्वेदश ल्याइयो appeared first on महाशिला खबर.
]]>