Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php:6170) in /home/nayannews/mahashilakhabar.com/wp-includes/feed-rss2.php on line 8
राजनीति Archives - महाशिला खबर https://mahashilakhabar.com/category/politics/ www.mahashilakhabar.com Sun, 07 Jun 2026 12:55:35 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 रास्वपा पर्वतको सभापतिमा पुन निर्वाचित https://mahashilakhabar.com/banner/65681/ Sun, 07 Jun 2026 12:55:35 +0000 https://mahashilakhabar.com/?p=65681 पर्वत –राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जलबहादुर पुर्जा पुन सभापतिमा निर्वाचित हुनुभएको छ । नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदान प्रकृयाबाट टुंगो लगाईएको हो । सभापति पदका लागि पुन र गंगालाल रिमाल प्रतिस्पर्धामा रहनुभएको थियो । रिमाल भने पराजित हुनुभएको छ । दश सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शारदा […]

The post रास्वपा पर्वतको सभापतिमा पुन निर्वाचित appeared first on महाशिला खबर.

]]>
पर्वत –राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जलबहादुर पुर्जा पुन सभापतिमा निर्वाचित हुनुभएको छ ।

नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदान प्रकृयाबाट टुंगो लगाईएको हो । सभापति पदका लागि पुन र गंगालाल रिमाल प्रतिस्पर्धामा रहनुभएको थियो । रिमाल भने पराजित हुनुभएको छ ।

दश सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शारदा कुमारी शर्मा, सचिबमा रामेश्वर गौतम र सहसचिबमा नारायण प्रसाद भुसाल रहनुभएको छ । कार्यसमिति सदस्यहरुमा दिनेश बस्याल, बिरेन्द्र विक्रम मल्ल ठकुरी, रसिला पौडेल मल्ल, प्रतिमा शर्मा सुवेदी, ठक्कर प्रसाद शर्मा र गणेश प्रसाद शर्मा रहनुभएको छ ।

यस अघि आयोजित अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सागर भुसालले जनताको चाहना र आवश्यकता अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । जनमतवाटै यो पार्टी मुलुकको पहिलो शक्ति बनेको बताउँदै सांसद भुसालले काम गरेरै प्रमाणित गर्नुपर्ने बेला आएको समेत बताउनुभयो ।

अधिवेशनमा जिल्लाका ६१ वटै वडाबाट प्रतिनिधिहरु सहभागि भएका थिए । जिल्लाका सात पालिका र ६१ वटा वडाको अधिवेशन भने पहिलेनै सम्पन्न भैसकेको उपाध्यक्ष शारदा कुमारी शर्माले जानकारी दिनुभयो ।

The post रास्वपा पर्वतको सभापतिमा पुन निर्वाचित appeared first on महाशिला खबर.

]]>
राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो महाशिलामा तीव्र https://mahashilakhabar.com/banner/50504/ Sun, 15 Feb 2026 14:26:00 +0000 https://mahashilakhabar.com/?p=50504 पर्वत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घरदैलो कार्यक्रम महाशिला गाउँपालिकामा तीव्र रुपमा अघि बढिरहेको छ। प्रतिनिधि सभा सदस्य उम्मेदवार सागर भुसालसहितको टोली महाशिलाका विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट गर्दै समर्थन मागिरहेका छन्। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपालाई विजयी बनाउन उम्मेदवार भुसालले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र पारदर्शिताका प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो […]

The post राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो महाशिलामा तीव्र appeared first on महाशिला खबर.

]]>
पर्वत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घरदैलो कार्यक्रम महाशिला गाउँपालिकामा तीव्र रुपमा अघि बढिरहेको छ। प्रतिनिधि सभा सदस्य उम्मेदवार सागर भुसालसहितको टोली महाशिलाका विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट गर्दै समर्थन मागिरहेका छन्।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपालाई विजयी बनाउन उम्मेदवार भुसालले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र पारदर्शिताका प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीय समस्या, आवश्यकता र जनचासोका विषयमा सुझाव समेत संकलन गरिरहेका छन्।

घरदैलो अभियानकै क्रममा महाशिला गाउँपालिका वडा ४ मा ७५ प्रतिशत घरधुरी रास्वपामा प्रवेश गरेको महाशिला गाउँपालिका पार्टी सभापति विरेन्द्र मल्लले जानकारी दिएका छन्। पार्टीले घरदैलो कार्यक्रमलाई अझै तीव्र बनाउँदै गाउँपालिकाका सबै वडामा पुग्ने योजना बनाएको जनाएको छ।

The post राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो महाशिलामा तीव्र appeared first on महाशिला खबर.

]]>
पर्वतको विकास र समृद्धिका लागि काठमाडौंमा मन्थन https://mahashilakhabar.com/banner/47555/ Sun, 10 Aug 2025 10:56:43 +0000 https://mahashilakhabar.com/?p=47555 काठमाडौं । पर्वत जिल्लाको विकास र समृद्धिको सम्भावना पहिचान गर्न पर्वत विकास समाज, काठमाडौंले राजधानीमा वृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित ‘पर्वतको विकासको सम्भावना र अवसरको पहिचान’ नामक कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता, पूर्वप्रशासक तथा विभिन्न क्षेत्रका विज्ञहरूले पर्यटन, कृषि र पूर्वाधार विकासको भावी मार्गचित्रबारे गहन […]

The post पर्वतको विकास र समृद्धिका लागि काठमाडौंमा मन्थन appeared first on महाशिला खबर.

]]>
काठमाडौं । पर्वत जिल्लाको विकास र समृद्धिको सम्भावना पहिचान गर्न पर्वत विकास समाज, काठमाडौंले राजधानीमा वृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित ‘पर्वतको विकासको सम्भावना र अवसरको पहिचान’ नामक कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता, पूर्वप्रशासक तथा विभिन्न क्षेत्रका विज्ञहरूले पर्यटन, कृषि र पूर्वाधार विकासको भावी मार्गचित्रबारे गहन मन्थन गरेका छन् ।

कार्यक्रममा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिम्सिना, प्रतिनिधिसभा सदस्य पदम गिरी, नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशी, संविधानसभा सदस्य विकास लम्साल र पूर्वमुख्यसचिव शंकरदास वैरागीलगायतको उपस्थिति थियो । यसका साथै, पर्वतलाई थातथलो बनाई काठमाडौंमा विभिन्न पेशा, व्यवसाय र बौद्धिक क्षेत्रमा स्थापित व्यक्तिहरू उल्लेख्य सहभागी थिए ।

भेलामा सहभागीहरूले पर्वत जिल्लामा लुकेर रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार, कृषि उपजको आधुनिकीकरण र बजारीकरण, तथा आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका थिए । उनीहरूले सामूहिक र एकीकृत पहलबाट मात्र जिल्लाको मुहार फेर्न सकिने धारणा राखे ।

कार्यक्रममा प्रा.डा. चन्द्रबहादुर श्रेष्ठले पर्वतको समग्र विकासको अवस्था, सम्भावना र चुनौती समेटिएको एक विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा तथ्यांकसहित जिल्लाको विकासका लागि तत्काल गर्न सकिने र दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने योजनाबारे उल्लेख गरिएको थियो ।

पर्वतको विकासका लागि राजनीतिक, प्रशासनिक र बौद्धिक तहबाट एकीकृत प्रयास थाल्ने उद्देश्यले आयोजित यो भेलालाई एक महत्त्वपूर्ण सुरुवातको रूपमा हेरिएको सहभागीले बताएका छन् ।

भेलाले निकालेका निष्कर्षलाई कार्यान्वयन तहमा लैजान निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासमेत सहभागीहरूले व्यक्त गरे ।

The post पर्वतको विकास र समृद्धिका लागि काठमाडौंमा मन्थन appeared first on महाशिला खबर.

]]>
नेपाल निजामती कर्मचारी संगठन महाशिलाको दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा अधिकारी https://mahashilakhabar.com/banner/47431/ Sun, 11 May 2025 14:43:59 +0000 https://mahashilakhabar.com/?p=47431 पर्वत । नेपाल निजामती कर्मचारी संगठन महाशिलाको अध्यक्षमा रमेश अधिकारी सर्वसम्मत निर्वाचित भएका छन । शनिबार महाशिला ५ लुंखुमा सम्पन्न गाउँपालिकाको दोस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । समितीको उपाध्यक्षमा हुमाकान्त पौडेल,सचिवमा विमल रिजाल ,कोषाध्यक्षमा सरस्वती पौडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा चमेली केसी,लक्ष्मी सुनार,प्रकाश थापा मगर,छवि नेपाली,वेल बहादुर […]

The post नेपाल निजामती कर्मचारी संगठन महाशिलाको दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा अधिकारी appeared first on महाशिला खबर.

]]>
पर्वत । नेपाल निजामती कर्मचारी संगठन महाशिलाको अध्यक्षमा रमेश अधिकारी सर्वसम्मत निर्वाचित भएका छन । शनिबार महाशिला ५ लुंखुमा सम्पन्न गाउँपालिकाको दोस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
समितीको उपाध्यक्षमा हुमाकान्त पौडेल,सचिवमा विमल रिजाल ,कोषाध्यक्षमा सरस्वती पौडेल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा चमेली केसी,लक्ष्मी सुनार,प्रकाश थापा मगर,छवि नेपाली,वेल बहादुर दर्जी,लक्ष्मी राना,शिव प्रसाद सापकोटा,वोल प्रसाद,अधिकारी,पास्ङ्ग गुरुङ लगायत चयन भएका छन ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी महाशिला गाउँपालिका अध्यक्ष एवम् एमाले नेता इस्वरी प्रसाद भुसालले कर्मचारीले नागरिकहरुको हितमा  शुसासन सहितको सेवा प्रदान गर्न अनुरोध गरे । उनले कर्मचारीहरुले स्पष्ट विचारमा रहेर सक्रिय हुन तथा नागरिकहरुको सेवामा सम्झौता नगर्न अनुरोध गरे ।
अध्यक्ष मण्डलका अध्यक्ष एवम् नेपाल निजामती कर्मचारी संगठन पर्वतका उपाध्यक्ष सन्तोष वि.कको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनको संचालन विमल रिजालले गरेका थिए ।

The post नेपाल निजामती कर्मचारी संगठन महाशिलाको दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा अधिकारी appeared first on महाशिला खबर.

]]>
नेकपा एकीकृत समाजवादी पर्वतको अध्यक्षमा विराज हमाल https://mahashilakhabar.com/banner/47394/ Sat, 12 Apr 2025 15:38:35 +0000 https://mahashilakhabar.com/?p=47394 पर्वत-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी पर्वतको अध्यक्षमा युवा नेता बिराज हमाल चयन भएका छन् । सनिवार कुश्मामा सम्पन्न पार्टीको बैठकबाट हमाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा हमाल युवा संघ नेपाल जिल्ला अध्यक्ष र केन्द्रिय सचिवालय सदस्य, जिल्ला कमिटी पर्वतको सदस्य,उपसचिव, सचिव हुँदै अध्यक्ष बनेका हुन् । […]

The post नेकपा एकीकृत समाजवादी पर्वतको अध्यक्षमा विराज हमाल appeared first on महाशिला खबर.

]]>
पर्वत-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी पर्वतको अध्यक्षमा युवा नेता बिराज हमाल चयन भएका छन् । सनिवार कुश्मामा सम्पन्न पार्टीको बैठकबाट हमाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन । एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा हमाल युवा संघ नेपाल जिल्ला अध्यक्ष र केन्द्रिय सचिवालय सदस्य, जिल्ला कमिटी पर्वतको सदस्य,उपसचिव, सचिव हुँदै अध्यक्ष बनेका हुन् । गत माघ २६-२७ गतेको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष ठाकुर प्रसाद शर्मा प्रदेश कमिटी सचिवमा निर्वाचित भएपछि जिल्लामा अध्यक्ष पद खाली भएको थियो । रिक्त पदमा बैठकले हमाललाई पदपूर्ति गरेको हो । त्यस्तै पार्टीको सचिवमा बिधान पौडेल चयन भएका छन् । पौडेल यसअघि सचिवालय सदस्य थिए । जिल्ला कमिटी अध्यक्षमा चयन भएका हमालले पार्टीलाई सशक्त बनाउदै जनमुखी कार्य गर्ने बताएका छन् । पार्टीको संगठन सुदृढीकरण गर्दै पालिका तथा वडा स्तरमा प्रशिक्षण तथा कमिटी बिस्तार, भातृ तथा शुभेच्छुक संस्थाको पुर्नगठन गर्ने काममा जोड दिने बताए ।
बैठकमा बोल्दै गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले पार्टीको नीति र विधि अनुसार पार्टीलाई क्रियाशिल बनाउदै जनमुखि कार्य संचालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै गण्डकी प्रदेश अध्यक्ष कृष्ण नेपालीले जनगुनासो संकलन गरि जनताको चाहाना अनुसार पार्टीले काम गर्ने बताए । केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले पार्टीलाई सशक्त र चलायमान गराउन सक्रिय रहदै आ-आफ्नो भुमिका निर्वाह गर्न पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गरेका छन् ।बैठकमा केन्द्रिय लेखा आयोग सदस्यमा निर्वाचित बैकुण्ठ भुसाल, गण्डकी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष कृष्ण नेपाली,सचिव ठाकुर प्रसाद शर्मा प्रदेश कमिटी सदस्यहरु हरि प्रसाद सुवेदी, यज्ञ प्रसाद बस्याल, सुवास रोक्का, महमद साहब अली लगायतलाई सम्मान समेत गरिएको छ ।

The post नेकपा एकीकृत समाजवादी पर्वतको अध्यक्षमा विराज हमाल appeared first on महाशिला खबर.

]]>
जनसांस्कृतिक महासंघ पर्वतको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा गदाल https://mahashilakhabar.com/banner/47371/ Thu, 13 Mar 2025 02:16:52 +0000 https://mahashilakhabar.com/?p=47371 नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल पर्वत जिल्ला कमिटिको छैटौँ अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट दिपक गदालको अध्यक्षतामा सर्वसम्मत समिति गठन भएको छ। अधिवेशनबाट उपाध्यक्षमा शिव पौडेल,सीता परियार सचिवमा समुन्द्र शर्मा, कोषाध्यक्षमा बिमला परियार, सहसचिवमा कृष्ण कडेल र सह- कोषाध्यक्षमा मन्जु बिश्वकर्मा चयन भएका छन् । यसैगरी कार्यसमिति […]

The post जनसांस्कृतिक महासंघ पर्वतको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा गदाल appeared first on महाशिला खबर.

]]>
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल पर्वत जिल्ला कमिटिको छैटौँ अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनबाट दिपक गदालको अध्यक्षतामा सर्वसम्मत समिति गठन भएको छ।
अधिवेशनबाट उपाध्यक्षमा शिव पौडेल,सीता परियार सचिवमा समुन्द्र शर्मा, कोषाध्यक्षमा बिमला परियार, सहसचिवमा कृष्ण कडेल र सह- कोषाध्यक्षमा मन्जु बिश्वकर्मा चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा राधिका रोका क्षेत्री,पदमपाणी पौडेल,कमला लामिछाने,हरिमाया पुन,सरिता परियार,हेमा जिशी,गोपाल प्रसाद शर्मा,रेणु पुन रहेका छन् ।
अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका दिपक गदालले अबका दिनहरुमा महासंघको कमिटी ७ वटै स्थानीय तहहरुमा निर्माण गरि सामाजिक सांस्कृतिक जागरणका अभियानलाई पार्टी र जनतासँग जोड्ने गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले पार्टी निर्माण तथा सुदृढीकरण, निर्वाचन लगायतका अभियानमा विगतदेखि नै जनसांस्कृतिक महासंघको योगदान महत्त्वपूर्ण रहेको भन्दै संगठन र पार्टीसंगको समन्वय संतोषजनक हुन नसकेको बताए ।
अधिवेशन उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि नवराज शर्माले जिल्लाको गाउँकन्दरा र शहरमा रहेका सबै प्रतिभा र कलाहरुलाई एकत्रित गर्दै पार्टीसँग जोडेर पार्टीले गरेका राम्रा कामलाई जनसांकृतिक महासंघको माध्यमबाट जनतामा लैजानुपर्ने बताए ।

नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले विगतमा महासंघको अभियान जिल्लामा केही समय सुस्त हुँदै निष्क्रिय नै रहेको भन्दै अब बनेको कमिटिले गाउँगाउँमा गएर पार्टी संगठनलाई चिनाउने विश्वास व्यक्त गरे । पहाडीले पार्टीका अभियान लिएर जनताको माझमा जान र जनतासँग जोडिनको लागि जनसँस्कृतिक महासंघ एक अब्बल र सक्रिय पार्टी संगठन रहेको बताउदै कलाकार उत्पादनमा पनि ध्यान दिन संगठनलाई आग्रह गरे ।

संगठनका अध्यक्ष दिपक गदालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कृष्ण कडेलले र संचालन प्रेस चौतारी पर्वतका निबर्तमान अध्यक्ष कृष्ण अखेलीले गरेका थिए ।

The post जनसांस्कृतिक महासंघ पर्वतको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा गदाल appeared first on महाशिला खबर.

]]>
कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने https://mahashilakhabar.com/politics/47000/ https://mahashilakhabar.com/politics/47000/#respond Tue, 02 Jul 2024 02:45:49 +0000 https://mahashilakhabar.com/?p=47000 ७ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् । ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने एक नेताले जानकारी […]

The post कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने appeared first on महाशिला खबर.

]]>
७ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् ।

ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने एक नेताले जानकारी दिए ।
दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।

दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।

The post कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/politics/47000/feed/ 0
विश्वको प्रसिद्ध धार्मिक स्थल शालिग्राम शिला जोखिममा,खोलै उल्टाएर स्याङजाले लगायो बाँध https://mahashilakhabar.com/politics/46954/ https://mahashilakhabar.com/politics/46954/#respond Fri, 14 Jun 2024 15:36:01 +0000 https://mahashilakhabar.com/?p=46954 पर्वत । पर्वत,स्याङजा र गुल्मी जिल्लाको संगमस्थल त्रिवेणीमा रहेको शालिग्राम शिला पछिल्लो समय जोखिममा परेको छ । यस शालिग्रामलाई पर्वत र स्याङजाले आफ्नो भुभागमा पर्ने दावी गरिरहदा पर्वतको भुभागबाट स्याङजा हुदै बग्ने सेती खोला नै उल्टाएर स्याङजाले बाँध लगाएको छ । (एक भिडिओ सामाग्री ) https://m.facebook.com/story.php?story_fbid=pfbid0Vt15CeQFrUooouq1PzV1Rp48BBGcJegmSJMzh7vL3saarghZesZgNgaqDxFVhTJbl&id=100075646256776&mibextid=ZbWKwL

The post विश्वको प्रसिद्ध धार्मिक स्थल शालिग्राम शिला जोखिममा,खोलै उल्टाएर स्याङजाले लगायो बाँध appeared first on महाशिला खबर.

]]>
पर्वत । पर्वत,स्याङजा र गुल्मी जिल्लाको संगमस्थल त्रिवेणीमा रहेको शालिग्राम शिला पछिल्लो समय जोखिममा परेको छ । यस शालिग्रामलाई पर्वत र स्याङजाले आफ्नो भुभागमा पर्ने दावी गरिरहदा पर्वतको भुभागबाट स्याङजा हुदै बग्ने सेती खोला नै उल्टाएर स्याङजाले बाँध लगाएको छ ।
(एक भिडिओ सामाग्री )

https://m.facebook.com/story.php?story_fbid=pfbid0Vt15CeQFrUooouq1PzV1Rp48BBGcJegmSJMzh7vL3saarghZesZgNgaqDxFVhTJbl&id=100075646256776&mibextid=ZbWKwL

The post विश्वको प्रसिद्ध धार्मिक स्थल शालिग्राम शिला जोखिममा,खोलै उल्टाएर स्याङजाले लगायो बाँध appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/politics/46954/feed/ 0
गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता https://mahashilakhabar.com/banner/46601/ https://mahashilakhabar.com/banner/46601/#respond Mon, 08 Jan 2024 13:28:29 +0000 https://mahashilakhabar.com/?p=46601 पोखरा । राष्ट्रिय सभाका लागि गण्डकीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ । नेकपा माओवादीबाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट तनहुँका पदम परियार र अन्यबाट गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार […]

The post गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता appeared first on महाशिला खबर.

]]>
पोखरा । राष्ट्रिय सभाका लागि गण्डकीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ ।

नेकपा माओवादीबाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट तनहुँका पदम परियार र अन्यबाट गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार हुँदा जितनजिक छन् ।

सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।
यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा नेपाली कांग्रेसको २ हजार ७०४, नेकपा माओवादीको ९९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८२७ मतभार गठबन्धनको पक्षमा देखिन्छ ।

एमालेको २ हजार ४३९ मतभार छ भने राप्रपाको १०६ जोड्दा उनीहरुको पक्षमा २ हजार ५४५ मतभार छ । तर राप्रपाले दुई सिटमा आफ्नै उम्मेदवार उठाएको छ ।

The post गण्डकीमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/46601/feed/ 0
उत्पीडित जातीय मुक्तिसमाज पर्वतको अध्यक्ष ओलीलाई ज्ञापनपत्र https://mahashilakhabar.com/banner/46546/ https://mahashilakhabar.com/banner/46546/#respond Sat, 09 Dec 2023 03:34:04 +0000 https://mahashilakhabar.com/?p=46546 पर्वतच । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्तिसमाज पर्वतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत पर्वतमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न पर्वत आएका ओलीलाई समाजले विभिन्न सुझाव सहितको ज्ञापनपत्र बुझाएको हो । समाजले बुझाएको ज्ञापनपत्रमा पार्टीका सबै तहको कमिटीहरुमा पदाधिकारी,सदस्यहरु उत्पीडित दलित समुदायका नेता […]

The post उत्पीडित जातीय मुक्तिसमाज पर्वतको अध्यक्ष ओलीलाई ज्ञापनपत्र appeared first on महाशिला खबर.

]]>
पर्वतच । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्तिसमाज पर्वतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत पर्वतमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न पर्वत आएका ओलीलाई समाजले विभिन्न सुझाव सहितको ज्ञापनपत्र बुझाएको हो ।
समाजले बुझाएको ज्ञापनपत्रमा पार्टीका सबै तहको कमिटीहरुमा पदाधिकारी,सदस्यहरु उत्पीडित दलित समुदायका नेता कार्यकर्ताको समानुपातिक सहित थप प्रतिनिधित्वको व्यवस्था गर्न माग गरिएको छ ।
समाजले जातीय छुवाछुत र विभेद गर्ने र त्यसलाई प्रोत्साहीत गर्ने नेता तथा कार्यकर्तालाई कार्वाही गर्ने पार्टी नितिलाई कडाईका साथ कार्यान्वयन गर्न माग गरेको छ ।
यस्तै, उत्पीडित दलित समुदाय माथि भईरहेको जातीय छुवाछुत र भेदभावको पुर्ण अन्त्यको विशेष कार्ययोजना सहितको अभियान पार्टीको तर्फबाट सञ्चालन गर्न समेत माग गरिएको छ । दलित समुदायको पेशा, व्यवसाय, सीप र कलाको आधुनिकिकरण र व्यवसायीकरणका लागि राज्यको तर्फबाट उचित अनुदान र सहुलियत पुर्ण क्रृण उपलब्ध गराउँन पहल गर्न माग गरिएको छ ।
समाजका तर्फबाट पर्वत जिल्ला अध्यक्ष चन्द्र वि.क लगायत नेता तथा कार्यकर्ताले ज्ञापनपत्र बुझाएका हुन ।

सोही कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समाजले मायाको चिनोको रुपमा नरसिंह र अन्य अतिथिहरुलाई आसी र खुर्पेटो प्रदान गरेको थियो ।

(समाजले बुझाएको ज्ञापनपत्र )

The post उत्पीडित जातीय मुक्तिसमाज पर्वतको अध्यक्ष ओलीलाई ज्ञापनपत्र appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/46546/feed/ 0