td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170The post महाशिला गाउँपालिकाद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग appeared first on महाशिला खबर.
]]>बुधबार बसेको महाशिला गाउँपालिका गाउँकार्यपालिका बैठकले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो।
बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट नुवाकोट र रसुवा जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
प्राकृतिक विपद्का समयमा मानवीय सहयोग, सहकार्य र एकताको आवश्यकता रहने उल्लेख गर्दै महाशिला गाउँपालिकाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा जुट्न सबैमा अपिलसमेत गरेको छ।
The post महाशिला गाउँपालिकाद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग appeared first on महाशिला खबर.
]]>The post पर्वतको कुर्घामा अटो दुर्घटना : १ मृत्युको ४ जना घाइते appeared first on महाशिला खबर.
]]>दुर्घटनामा सोही स्थानकी २४ वर्षीया कविता विकको दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यस्तै, १५ वर्षीया अन्जुली विकको दाहिने खुट्टामा भित्री चोट लागेको छ भने १३ वर्षीया दुर्गा विकको टाउकोमा भित्री चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको बताइएको छ।
अटो चालक फलेवास नगरपालिका–११ पाङ्ग्राङका ३६ वर्षीय मनबहादुर परियारको बायाँ ढाड र कुममा भित्री चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी फलेवासबाट प्रहरी सहायक निरीक्षक उत्तम अर्मजाको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो। घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
The post पर्वतको कुर्घामा अटो दुर्घटना : १ मृत्युको ४ जना घाइते appeared first on महाशिला खबर.
]]>The post तीजको मौलिक स्वाद बोकेर आयो नयाँ गीत ‘खोली तरौला’ appeared first on महाशिला खबर.
]]>पर्वत, नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजको मौलिक भाव र नेपाली सांगीतिक स्वाद बोकेको नयाँ तीज गीत ‘खोली तरौला’ सार्वजनिक भएको छ। रोशनी पन्त युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गीतले तीजको सांस्कृतिक महत्व, नेपाली मौलिकता र मनोरञ्जनलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।
तीज नेपाली समाजमा विशेषगरी महिलाहरूले उत्साह र उमंगका साथ मनाउने महत्वपूर्ण पर्वका रूपमा परिचित छ। माइती जाने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, दर खाने, नाचगान गर्ने र आफ्ना भावना गीतमार्फत अभिव्यक्त गर्ने परम्परा तीजसँग जोडिएको छ। समयसँगै तीज मनाउने शैलीमा परिवर्तन आए पनि नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र सामाजिक भावनालाई जोड्ने यसको महत्व अझै उत्तिकै रहेको छ।
यही सांस्कृतिक परिवेशलाई आत्मसात् गर्दै ‘खोली तरौला’ तीजको अवसर पारेर दर्शक–श्रोतामाझ ल्याइएको निर्माण पक्षले जनाएको छ। गीतमा युबराज आचार्य, बसन्तराज पन्त र रोशनी पन्तको स्वर रहेको छ। गीतका शब्द रोशनी पन्तले लेखेकी हुन् भने संगीत बसन्तराज पन्तको रहेको छ।
विदेशमा रहेर पनि नेपाली गीत–संगीत र मौलिक संस्कृतिप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आएका पन्त दम्पतीले यस गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो सिर्जनात्मक उपस्थितिलाई अघि बढाएका छन्। नेपाली चाडपर्व र संस्कृतिसँग जोडिएका गीत–संगीतलाई प्रवासबाट समेत निरन्तरता दिन सकिन्छ भन्ने सन्देशसमेत यस सिर्जनाले दिएको छ।
गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ मनोज दंगोलले गरेका हुन्। शब्द, संगीत र स्वरको संयोजनसँगै तीजको माहोललाई सुहाउने गरी गीत तयार गरिएको निर्माण पक्षको भनाइ छ।
भिडियोमा मौलिकता र मनोरञ्जनको संयोजन
‘खोली तरौला’को भिडियोतर्फ अर्जुन थापा मगरको निर्देशन रहेको छ। भिडियोमा रोमन घमालले कोरियोग्राफी गरेका छन्। भिडियोमा राजेन्द्र नेपाली ९लेटे० वर्षा पन्त र सरिता दनकोटीको अभिनय रहेको छ।
गीतको भिडियोमा नेपाली परिवेश, तीजको सांस्कृतिक वातावरण र मनोरञ्जनात्मक पक्षलाई समेट्ने प्रयास गरिएको छ। तीज गीतमा हुने नाचगान, भेटघाट र रमाइलो वातावरणलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै गीतको भावलाई दर्शकमाझ पुर्याउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियोको छायांकन तथा सम्पादन कमल एलेक्सले गरेका हुन्। श्रव्य–दृश्य प्रस्तुतिमार्फत गीतलाई अझ प्रभावकारी बनाउने उद्देश्यले छायांकन तथा सम्पादनमा विशेष ध्यान दिइएको निर्माण पक्षको भनाइ छ।
बदलिँदो तीज र मौलिकताको निरन्तरता
पछिल्लो समय तीज गीतको शैली, प्रस्तुति र विषयवस्तुमा व्यापक परिवर्तन आएको छ। आधुनिक संगीत, नयाँ प्रविधि र फरक शैलीको प्रयोगसँगै तीज गीतले मनोरञ्जनको क्षेत्रमा समेत ठूलो स्थान बनाएको छ। यद्यपि तीजको मौलिकता, सांस्कृतिक पहिचान र नेपाली समाजसँग जोडिएका विषयलाई गीत–संगीतमार्फत जोगाइराख्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।
‘खोली तरौला’ले पनि आधुनिक प्रस्तुति र मौलिक नेपाली सांस्कृतिक भावनाबीचको संयोजन गर्ने प्रयास गरेको देखिन्छ। गीतमा शब्द, संगीत, स्वर, अभिनय, नृत्य, छायांकन तथा सम्पादनमा विभिन्न कलाकार तथा सर्जकको सहकार्य रहेको छ।
तीजको अवसरमा सार्वजनिक गरिएको ‘खोली तरौला’ले नेपाली गीत–संगीतप्रेमी दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ। विशेषगरी तीजको सांस्कृतिक माहोलमा परिवार, आफन्त र साथीभाइसँग बसेर रमाइलो गर्दै सुन्न र हेर्न सकिने गीतका रूपमा यसलाई प्रस्तुत गरिएको छ।
निर्माण पक्षका अनुसार नेपाली मौलिक संगीत, संस्कृति र मनोरञ्जनलाई एकसाथ अघि बढाउने उद्देश्यले तयार गरिएको ‘खोली तरौला’ले तीज गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन प्रयास गरेको छ।
youtube.com/watch?v=31n8nyOhDHg&source_ve_path=OTY3MTQ&embeds_referring_euri=https%3A%2F%2Fnayannews.com%2F
The post तीजको मौलिक स्वाद बोकेर आयो नयाँ गीत ‘खोली तरौला’ appeared first on महाशिला खबर.
]]>The post जन्मदिनलाई समाजसेवासँग जोड्दै राहले प्रहरी चौकीलाई प्रिन्टर र फोटोकपी मेसिन सहयोग appeared first on महाशिला खबर.
]]>फलेवास, पर्वत। जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उदाहरण प्रस्तुत गर्दै कुस्मा नगरपालिका–४ निवासी समाजसेवी सुस्मा पूनले फलेवास नगरपालिका–४ स्थित राहले प्रहरी चौकीलाई २ इन १ प्रिन्टरसहितको फोटोकपी मेसिन सहयोग गर्नुभएको छ।
मुडीकुवा र देवीस्थान क्षेत्रका सेवाग्राहीले प्रहरी चौकीमा प्रिन्टर तथा फोटोकपी मेसिनको अभावका कारण सेवा लिन कठिनाइ भोग्दै आएको अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयको समन्वयमा उक्त सामग्री प्रहरी चौकी इन्चार्ज उत्तम उर्माजा पूनलाई हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सहभागीहरूले यस सहयोगले प्रहरी चौकीबाट प्रवाह हुने सेवा थप प्रभावकारी, छिटोछरितो र सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गरेका थिए। स्थानीय तह, प्रहरी र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउन पनि यस्तो सामाजिक योगदान प्रेरणादायी रहेको उनीहरूको भनाइ थियो।
वडा अध्यक्ष तथा नगर प्रवक्ता अच्युत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पूर्व वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा समाजप्रति पुर्याउनुभएको अनुकरणीय योगदानको कदर गर्दै वडा परिवारका तर्फबाट समाजसेवी सुस्मा पूनलाई दोसल्ला, माला, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
त्यसै अवसरमा फलेवास नगरपालिका वडा नं. मा सरुवा भई आउनुभएकी वडा सचिव सरस्वती आचार्य तथा प्राविधिक मिलन रिजाललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो।
स्थानीयवासीले जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई समाजहितका कार्यसँग जोड्ने सुस्मा पूनको पहलले अन्य व्यक्तिलाई पनि सामाजिक सेवामा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
The post जन्मदिनलाई समाजसेवासँग जोड्दै राहले प्रहरी चौकीलाई प्रिन्टर र फोटोकपी मेसिन सहयोग appeared first on महाशिला खबर.
]]>The post मोदी खोलामा बाढीको जोखिम, किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध appeared first on महाशिला खबर.
]]>यस अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले मोदी खोला किनार तथा तटीय क्षेत्र आसपास बसोबास गर्ने, व्यवसाय सञ्चालन गर्ने तथा आवतजावत गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार नदीमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले अनावश्यक रूपमा नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकले आवश्यक सावधानी अपनाउन तथा कुनै पनि आपत्कालीन अवस्था आएमा तत्काल नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतले मौसम तथा नदीको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाएको छ।
The post मोदी खोलामा बाढीको जोखिम, किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध appeared first on महाशिला खबर.
]]>The post महाशिला गाउँपालिकाको स्थापना दिवस भव्य रूपमा सम्पन्न, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित appeared first on महाशिला खबर.
]]>कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका संस्थापक अध्यक्ष राजुप्रसाद पौडेलले स्थानीय तह स्थापनापछिको अवधिमा महाशिलाले उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै विकास निर्माण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाको स्थापना र विकास यात्रामा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले महाशिलालाई कृषि, पर्यटन, शिक्षा र पूर्वाधार विकासको केन्द्रका रूपमा स्थापित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जनताको अपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाह र समृद्ध गाउँपालिकाको निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । विं.स २०७४ असार २५ गते महाशिला गाउँलिकाको ऐतिहासिक प्रथम गाउँसभा सम्पन्न भएको थियोे । सोही दिनलाई स्मरण गर्दै असार २५ गतेलाई गाउँपालिकाको स्थापना दिवस मनाउनको लागि गाउँपालिकाको २० औं गाउँसभाबाट निर्णय भए बमोजिम स्थापना दिवस मनाइएको भुसालले बताउनुभयो ।गाउँपालिकाका उपाध्यक्ष धनसुबा बिकले समावेशी विकास, सामाजिक न्याय र नागरिक सहभागितालाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले महिला, दलित, ज्येष्ठ नागरिक तथा पछाडि पारिएका समुदायको सशक्तीकरणमार्फत समतामूलक समाज निर्माणमा गाउँपालिका केन्द्रित रहेको धारणा राख्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा उत्तरदायी कार्यशैलीले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पारदर्शी, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाहलाई निरन्तरता दिइरहने बताउनुभयो । कार्यक्रममा महाशिला गाउँपालिका वडा नं. ५ का पुर्व वडा अध्यक्ष जीवन उचै ठकुरी, वडा नं. ५ का अध्यक्ष चन्द्र बहादुर मल्ल,रास्वपा महाशिला सभापति घैलेन्द्र केसी, नेकपा एमाले महाशिलाका अध्यक्ष एक बहादुर हमाल, नेपाली काँग्रेस महाशिलाका सचीव द्रोणराज पौडेल, पालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय,मदन आश्रति माबिका प्रधानाध्यापक खड्का बहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने पालिका तथा वडा कार्यालयका कर्मचारीहरु तथा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कृषकहरूलाई सम्मान गरेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नर बहादुर बरालले गर्नुभएको थियोे ।
The post महाशिला गाउँपालिकाको स्थापना दिवस भव्य रूपमा सम्पन्न, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित appeared first on महाशिला खबर.
]]>The post महाशिला गाउँपालिकामा स्थापना दिवसको अवसरमा असार २५ गते सार्वजनिक बिदा appeared first on महाशिला खबर.
]]>महाशिला गाउँपालिकाका अनुसार गाउँसभाको पहिलो बैठक सम्पन्न भएको ऐतिहासिक दिन असार २५ गते लाई यस वर्षदेखि प्रत्येक वर्ष गाउँपालिका स्थापना दिवस का रूपमा मनाइनेछ । सोही अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएकाले सार्वजनिक बिदा घोषणा गरिएको सूचनामा उल्लेख छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक संस्थाहरूमा असार २५ गते सार्वजनिक बिदा लागू हुनेछ ।
निमिक्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष विकद्वारा हस्ताक्षरित सूचनामा स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा सबै सरोकारवालाको सहभागिताका लागि अनुरोध समेत गरिएको छ ।
The post महाशिला गाउँपालिकामा स्थापना दिवसको अवसरमा असार २५ गते सार्वजनिक बिदा appeared first on महाशिला खबर.
]]>The post पर्वतको बिहादीका ६ वटै वडामा दलित समुदायका लागि क्षमता विकास कार्यक्रम सम्पन्न appeared first on महाशिला खबर.
]]>कार्यक्रम समापनका अवसरमा सहभागीका तर्फबाट बोल्दै वडा नं. ६ शालीग्रामकी लालकुमारी बिक, निता सुनार र अशोक दर्जीले सचेतनामुलक तथा क्षमता विकास कार्यक्रमले आफुहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा महत्त्वपूर्ण फाइदा पुर्याएको बताउनुभयो । कार्यक्रमका विषयबस्तुले दलित समुदायको हक, अधिकार जानकारी हुनुका साथै सशक्तीकरण कुरा र कानुनी ज्ञान हासिल भएको बताएका थिए । महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेको गाउँपालिकालाई धन्यवाद दिदै दलित समुदायलाई लक्षित गरेर आगामी दिनहरुमा पनि यस्त अ कार्यक्रम आयोजना गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, दलित अगुवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण पत्रकार साजन परियार, दिपेश बि पोख्रेल र लक्ष्मण बिसिले गर्नुभएको थियोे । सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा आत्मविश्वास वृद्धि हुनुका साथै अधिकारप्रति थप सचेत बन्न सहयोग पुगेको बताएका थिए। कार्यक्रममा यहीँ जेष्ठ १७ गते वडा नं. बाच्छा, १८ गते वड नं. २ बराचौर, १९ गते वडा नं.३ रानीपानी, २० गते वडा नं. ४ वहाकी , २१ गते वडा नं. ५ उराम र २२ गते वडा नं. ६ शालिग्राममा सम्पन्न भएको थियो ।
The post पर्वतको बिहादीका ६ वटै वडामा दलित समुदायका लागि क्षमता विकास कार्यक्रम सम्पन्न appeared first on महाशिला खबर.
]]>The post विहादीमा दलित समुदायका लागि सचेतनामुलक तथा क्षमता विकास कार्यक्रम शुरु appeared first on महाशिला खबर.
]]>गाउँपालिकाको आर्थिक सहयोग तथा वकालत मिडिया प्रा.लि.को सहकार्यमा सञ्चालन गरिएको कार्यक्रम पालिकाका सबै छ वटै वडामा सञ्चालन गरिने भएको छ । कार्यक्रमको पहिलो चरण वडा नं. १ मा सम्पन्न भएको छ । नेपालमा परम्परागत रूपमा कला, सीप र श्रमका धनी भए पनि जातीय विभेद, छुवाछुत र सामाजिक बहिष्करणका कारण दलित समुदाय अझै पनि विभिन्न अवसरबाट वञ्चित हुँदै आएको सन्दर्भमा गाउँपालिकाले समुदायको क्षमता अभिवृद्धि र अधिकारप्रति सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक रूपान्तरण गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउनुभयो ।
उहाँले दलित समुदायलाई अधिकारप्रति सचेत, आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । ‘समावेशी विकास र सामाजिक न्यायको लक्ष्य हासिल गर्न दलित समुदायको सशक्त सहभागिता आवश्यक छ । समुदायको क्षमता विकास, नेतृत्व अभिवृद्धि र अवसरमा पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध छ,’ अध्यक्ष गुरुङले भन्नुभयो, “दलित समुदायको हक, अधिकार र सम्मानको प्रत्याभूति गर्दै उनीहरूलाई विकासको मूलधारमा ल्याउन गाउँपालिकाले निरन्तर पहल गरिरहेको छ ।”
गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तिवारीले संविधान र कानुनले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । “नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दलित समुदायको हक–अधिकार संरक्षण, सशक्तीकरण र विकासका लागि स्थानीय तहलाई विशेष जिम्मेवारी दिएको छ । नीति निर्माण, बजेट विनियोजन र सामाजिक न्यायमार्फत समुदायको उत्थान गर्न गाउँपालिका सक्रिय रूपमा लागिरहेको छ,” उपाध्यक्ष तिवारीले बताउनुभयो ।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमन बहादुर रेग्मीले दलित समुदायको क्षमता अभिवृद्धि गर्दै सम्मानजनक, समान र समावेशी समाज निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । वकालत मिडिया प्रा.लि.का प्रतिनिधि तथा पत्रकार साजन परियारका अनुसार कार्यक्रममार्फत दलित समुदायका व्यक्तिहरूलाई कानुनी सचेतना, क्षमता तथा नेतृत्व विकास, योजना तर्जुमा प्रक्रियामा सहभागिता, संस्थागत सञ्जाल निर्माण तथा सामाजिक अधिकारका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।
‘दलित समुदायलाई केवल लाभग्राहीका रूपमा नभई विकासका साझेदारका रूपमा स्थापित गर्न आवश्यक छ,’ परियारले भन्नुभयो “त्यसका लागि उनीहरूको क्षमता विकास, अधिकारप्रतिको सचेतना र निर्णय प्रक्रियामा सहभागिता बढाउनु अपरिहार्य छ, ।” कार्यक्रमको सहजीकरण दिपेश वि. पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा दलित समुदायका महिला, युवा तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
The post विहादीमा दलित समुदायका लागि सचेतनामुलक तथा क्षमता विकास कार्यक्रम शुरु appeared first on महाशिला खबर.
]]>The post महाशिला गाउँपालिका महालेखापरीक्षकको कार्यालयबाट सम्मानित appeared first on महाशिला खबर.
]]>महालेखापरीक्षकको कार्यालयले आयोजना गरेको कार्यक्रममा महालेखापरीक्षक तोयम रायाको हातबाट गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले गाउँपालिकाको तर्फबाट प्रशंसा–पत्र ग्रहण गर्नुभएको हो।
आर्थिक कारोबारलाई कानुनसम्मत, पारदर्शी र उत्तरदायी ढङ्गले सञ्चालन गर्दै लगती बेरुजु शून्य कायम गर्न सफल भएको भन्दै महाशिला गाउँपालिकालाई प्रशंसा–पत्र प्रदान गरिएको हो। स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्नु चुनौतीपूर्ण मानिने अवस्थामा महाशिलाले हासिल गरेको यो उपलब्धिलाई सकारात्मक रूपमा हेरिएको छ।
प्रशंसा–पत्र ग्रहणपछि अध्यक्ष भुसालले यो सफलता कुनै एक व्यक्ति वा सीमित समूहको नभई गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको सामूहिक मेहनत, इमानदारिता तथा जिम्मेवारीबोधको प्रतिफल भएको बताउनुभयो।
उहाँले गाउँपालिकामा सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गरिएकै कारण यस्तो उपलब्धि हासिल गर्न सम्भव भएको उल्लेख गर्दै यस अभियानमा सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतसहित सबै कर्मचारीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
अध्यक्ष भुसालले आगामी दिनमा पनि वित्तीय अनुशासन, पारदर्शिता र सुशासनलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गुणस्तरीय सेवा प्रवाह र विकास निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
The post महाशिला गाउँपालिका महालेखापरीक्षकको कार्यालयबाट सम्मानित appeared first on महाशिला खबर.
]]>