Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php:6170) in /home/nayannews/mahashilakhabar.com/wp-includes/feed-rss2.php on line 8
स्वास्थ्य Archives - महाशिला खबर https://mahashilakhabar.com/category/health/ www.mahashilakhabar.com Sat, 20 Jun 2026 05:13:09 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 होश्राङ्दीमा निःशुल्क आँखा शिविर सम्पन्न https://mahashilakhabar.com/banner/66136/ Sat, 20 Jun 2026 05:13:09 +0000 https://mahashilakhabar.com/?p=66136 ६ असार, पर्वत-पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । स्थानीय चन्द्र ज्योति युवा पुन्ज र रंगेली समूहको आयोजना, सूर्य माध्यमिक विद्यालयको सह–आयोजना तथा नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल घारीपाटन, पोखराको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो । ‎ ‎शिविरमा २ सय ६१ जनाले आँखा परीक्षण गराएको कार्यक्रम संयोजक […]

The post होश्राङ्दीमा निःशुल्क आँखा शिविर सम्पन्न appeared first on महाशिला खबर.

]]>
६ असार, पर्वत-पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । स्थानीय चन्द्र ज्योति युवा पुन्ज र रंगेली समूहको आयोजना, सूर्य माध्यमिक विद्यालयको सह–आयोजना तथा नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल घारीपाटन, पोखराको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो ।

‎ ‎शिविरमा २ सय ६१ जनाले आँखा परीक्षण गराएको कार्यक्रम संयोजक सागर भुसालले जानकारी दिनुभयो। परीक्षणका क्रममा १७ जनामा मोतियाविन्दुको समस्या देखिएको र उनीहरूलाई असार ९ गते स्याङ्जाको वालिङ स्थित गह्रौं–घ्याङ्लिङ अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको उहाँले बताउनुभयो। ‎ ‎

कार्यक्रमका प्रमुख अतिथि तथा महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले गाउँपालिकाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न विशेष प्राथमिकता दिएको बताउँदै यस्ता शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूको सक्रियतामा सञ्चालन हुने यस्ता जनमुखी कार्यक्रमलाई गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‎ ‎वडा अध्यक्ष तिल बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका भूपू अध्यक्ष पदमबहादुर क्षेत्रीको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन संयोजक सागर भुसालले गर्नुभएको थियो।

The post होश्राङ्दीमा निःशुल्क आँखा शिविर सम्पन्न appeared first on महाशिला खबर.

]]>
आत्महत्या सम्बन्धी समाचार सम्प्रेषणमा संवेदनशीलता अपनाउन पत्रकारलाई आग्रह https://mahashilakhabar.com/banner/66050/ Wed, 17 Jun 2026 03:39:42 +0000 https://mahashilakhabar.com/?p=66050 पर्वत । मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी विषयलाई सञ्चारमाध्यममार्फत जिम्मेवार र संवेदनशील ढंगले प्रस्तुत गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतले सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा २०८३ असार २ गते सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख बद्रीराज आचार्यको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रदेश अस्पताल पर्वतकी मेडिकल अधिकृत डा. सलिना पौडेल […]

The post आत्महत्या सम्बन्धी समाचार सम्प्रेषणमा संवेदनशीलता अपनाउन पत्रकारलाई आग्रह appeared first on महाशिला खबर.

]]>
पर्वत । मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी विषयलाई सञ्चारमाध्यममार्फत जिम्मेवार र संवेदनशील ढंगले प्रस्तुत गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतले सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा २०८३ असार २ गते सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख बद्रीराज आचार्यको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रदेश अस्पताल पर्वतकी मेडिकल अधिकृत डा. सलिना पौडेल तथा प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सन्देश पोखरेलले सहजीकरण गरेका थिए।

कार्यक्रममा मानसिक स्वास्थ्य तथा आत्महत्या जस्ता संवेदनशील विषयमा सञ्चारमाध्यमको भूमिका, जिम्मेवार समाचार सम्प्रेषणका मापदण्ड, आत्महत्यासम्बन्धी समाचार प्रकाशन–प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी तथा सकारात्मक सन्देश प्रवाहका विषयमा छलफल गरिएको थियो।

सहजीकरणका क्रममा वक्ताहरूले मानसिक स्वास्थ्यसम्बन्धी गलत धारणा र सामाजिक कलंक न्यूनीकरण गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै जोखिममा रहेका व्यक्तिलाई सहयोग खोज्न प्रेरित गर्ने खालका समाचार तथा सामग्री उत्पादन गर्न आग्रह गरेका थिए।

कार्यक्रमको मुख्य उद्देश्य मानसिक स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्नु, आत्महत्यासम्बन्धी गलत धारणा न्यूनीकरण गर्नु, जोखिममा रहेका व्यक्तिहरूलाई समयमै सहयोग खोज्न प्रेरित गर्नु तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

नेपाल पत्रकार महासंघ पर्वत शाखासँग आबद्ध विभिन्न सञ्चारमाध्यममा कार्यरत १६ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामसम्बन्धी विषयलाई थप प्रभावकारी ढंगले जनस्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

The post आत्महत्या सम्बन्धी समाचार सम्प्रेषणमा संवेदनशीलता अपनाउन पत्रकारलाई आग्रह appeared first on महाशिला खबर.

]]>
कुश्मा नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा 23 hours ago https://mahashilakhabar.com/banner/65819/ Fri, 12 Jun 2026 14:20:49 +0000 https://mahashilakhabar.com/?p=65819 ८ जेठ, पर्वत । नगरपालिकाद्वारा आयोजित घोषणा कार्यक्रममा नगर प्रमुख रामचन्द्र जोशीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, नगर प्रवक्ता लालकृष्ण बास्तोला, वडा अध्यक्ष ईश्वर गिरीलगायतले मन्तव्य व्यक्त गर्दै पूर्णखोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका थिए। कार्यक्रममा स्वास्थ्य तथा […]

The post कुश्मा नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा 23 hours ago appeared first on महाशिला खबर.

]]>
८ जेठ, पर्वत । नगरपालिकाद्वारा आयोजित घोषणा कार्यक्रममा नगर प्रमुख रामचन्द्र जोशीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, नगर प्रवक्ता लालकृष्ण बास्तोला, वडा अध्यक्ष ईश्वर गिरीलगायतले मन्तव्य व्यक्त गर्दै पूर्णखोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका थिए।

कार्यक्रममा स्वास्थ्य तथा जनस्वास्थ्यका क्षेत्रमा नगरपालिकाले हासिल गरेको उपलब्धिबारे चर्चा गर्दै आगामी दिनमा पनि पूर्णखोपको अवस्था कायम राख्न तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य गोपाल आचार्यले राख्नुभएको थियो भने सञ्चालन स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले गर्नुभएको थियो।
पूर्णखोप पालिका घोषणासँगै कुश्मा नगरपालिकाले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न तथा खोप सेवाको दिगोपना कायम राख्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

The post कुश्मा नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा 23 hours ago appeared first on महाशिला खबर.

]]>
प्रदेश अस्पताल पर्वतमा अध्यक्ष वि.कको पदस्थापना https://mahashilakhabar.com/banner/47447/ Sun, 01 Jun 2025 13:16:45 +0000 https://mahashilakhabar.com/?p=47447 पर्वत : प्रदेश अस्पताल पर्वतकोको व्यवस्थापन समितिमा जिल्ला समन्व्य समितिका प्रमुख विष्णुराम विक नियुक्त हुनुभएको छ । यस अघि राजनीतिक दलका प्रतिनिधिवाट अस्पतालको अध्यक्ष हुँदै आएकोमा गण्डकी प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रमुख नै स्वःत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरेपछि शनिवार विकको पदस्थापन गरिएको छ । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकको […]

The post प्रदेश अस्पताल पर्वतमा अध्यक्ष वि.कको पदस्थापना appeared first on महाशिला खबर.

]]>
पर्वत : प्रदेश अस्पताल पर्वतकोको व्यवस्थापन समितिमा जिल्ला समन्व्य समितिका प्रमुख विष्णुराम विक नियुक्त हुनुभएको छ ।
यस अघि राजनीतिक दलका प्रतिनिधिवाट अस्पतालको अध्यक्ष हुँदै आएकोमा गण्डकी प्रदेश सरकारले जिल्ला समन्वय समिति प्रमुख नै स्वःत अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरेपछि शनिवार विकको पदस्थापन गरिएको छ ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकको उपस्थितिमा विकको पदस्थापन तथा निवर्तमान अध्यक्ष शंकर गिरीलाई बिदाई गरिएको हो । अस्पताल व्यवस्थापन समितिको तीन वर्षे कार्यकाल पुरा गरेर गिरी बिदाई हुनुभएको छ । उहाँले आफ्‌नो कार्यकालमा अस्पताल सुधारका लागि विभिन्न ५० वटा उपलब्धि हासिल गर्न सफल भएको बताउनुभएको छ ।
अस्पतालमा पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष बिकले अस्पतालका नियमित र सफल कार्यहरुलाई निरन्तरता दिँदै जाने र कमी कमजोरीहरुलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । उहाँले अस्पतालमा अझै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री पाठकले सवै अस्पतालहरुबाट नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि सरकारले विशेष जोड दिएको बताउनुभयो । उहाँले लामो समयदेखि स्तरोन्नती हुन नसकेका र विभिन्न समस्यामा रहेका अस्पतालहरुलाई आफ्‌नो कार्यकालमा सुधार गर्दै लगेको बताउनुभयो । उहाँले पर्वत अस्पताल समेत ५० शैयामा रुपान्तरण भएको बताउँदै अब सोहि अनुसारको जनशक्ति र उपकरणहरु समेत व्यवस्थापन गरिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, निवर्तमान अध्यक्ष शंकर गिरी, ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय कुश्माकी संचालिका राधिका लगायतले बोल्नुभएको थियो ।
पर्वत अस्पतालका मेडिकल सुपरिटन्डेन्ट डा. हेमन्त बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रकाश सुवेदीले गर्नुभएको थियो ।

The post प्रदेश अस्पताल पर्वतमा अध्यक्ष वि.कको पदस्थापना appeared first on महाशिला खबर.

]]>
महाशिला गाउँपालिकामा वृहत निशुल्क स्वास्थ्य शिविर हुने https://mahashilakhabar.com/banner/47365/ Fri, 07 Mar 2025 04:46:22 +0000 https://mahashilakhabar.com/?p=47365 पर्वत । पर्वतको महाशिला गाउँपालिकामा वृहत निशुल्क स्वास्थ्य विशिर सञ्चालन गरिने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश र महाशिला गाउँपालिकाको सयुक्त आयोजनामा वृहत स्वास्थ्य शिविर गर्न लागिएको महाशिला गाउँपालिकाका प्रवक्ता करणप्रताप गुरुङले जानकारी दिनुभयो । यहि फागुन २८ गते महाशिला आधारभुत अस्पतालमा सञ्चालन गरिने शिविरमा विशेषज्ञ डाक्टरबाट नसर्ने रोग उच्च रक्तचाप, मधुमेह, मृगौला […]

The post महाशिला गाउँपालिकामा वृहत निशुल्क स्वास्थ्य शिविर हुने appeared first on महाशिला खबर.

]]>
पर्वत । पर्वतको महाशिला गाउँपालिकामा वृहत निशुल्क स्वास्थ्य विशिर सञ्चालन गरिने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश र महाशिला गाउँपालिकाको सयुक्त आयोजनामा वृहत स्वास्थ्य शिविर गर्न लागिएको महाशिला गाउँपालिकाका प्रवक्ता करणप्रताप गुरुङले जानकारी दिनुभयो ।

यहि फागुन २८ गते महाशिला आधारभुत अस्पतालमा सञ्चालन गरिने शिविरमा विशेषज्ञ डाक्टरबाट नसर्ने रोग उच्च रक्तचाप, मधुमेह, मृगौला रोगको जाँच तथा उपचार सेवा प्रदान गरी निशुल्क औषधी वितरण गरिने प्रक्वता गुरुङले बताउँनुभयो ।

शिविर महाशिला आधारभुत अस्पतालको प्राङ्गणमा विहान ८ बजे देखि १ बजे सम्म संचालन गरिने छ । शिविरमा सेवा लिन चाहने महाशिला बासीहरुलाई निशुल्क सवारी साधनको समेत व्यवस्था गरिएको छ । सवारी साधनका लागि आ—आफ्नो वडाका जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

४० वर्ष भन्दा माथिका गाउँपालिका बासी स्वास्थ्य शिविरमा सहभागि भई सम्बन्धित रोगको उपचार गराउँनुहुन गाउँपालिकाले सवैमा अनुरोध गरेको छ ।

The post महाशिला गाउँपालिकामा वृहत निशुल्क स्वास्थ्य शिविर हुने appeared first on महाशिला खबर.

]]>
भँगरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न : २५० जनाले गराए स्वास्थ्य परिक्षण https://mahashilakhabar.com/banner/47299/ Fri, 31 Jan 2025 09:03:12 +0000 https://mahashilakhabar.com/?p=47299 पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं ९ भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत भँगरा पोखरा सम्पर्क समाजको आयोजनामा दुर्गम स्वास्थ्य सेवा केन्द्र नेपाल र गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा निशुल्के स्वास्थ्य शिबिर सम्पन्न भएको हो । शिविरमा अन्य वडाका सहित २५० जना भन्दा वढीले स्वास्थ्य परिक्षण गरेका थिए […]

The post भँगरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न : २५० जनाले गराए स्वास्थ्य परिक्षण appeared first on महाशिला खबर.

]]>
पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं ९ भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत भँगरा पोखरा सम्पर्क समाजको आयोजनामा दुर्गम स्वास्थ्य सेवा केन्द्र नेपाल र गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा निशुल्के स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
शिविरमा अन्य वडाका सहित २५० जना भन्दा वढीले स्वास्थ्य परिक्षण गरेका थिए । विरामीहरुको अवस्था हेरी निःशुल्क औषधि वितरण गरिएको सम्पर्क समाजका अध्यक्ष खड्क बहादुर पौडेलले जानकारी गराए । अध्यक्ष पौडेलका अनुसार निःशुल्क स्वास्थ्य शिविर तेश्रो पटक भएको बताए । निःशुल्क स्वास्थ्य शिविरले गाउँबाट शहर गई उपचार गर्न कठिन भएका विरामीहरुलाई विशेष राहत पुग्ने र थाहा नभएका रोगको पहिचान हुने भएकोले पुनः माग अनुसार शिविर सञ्चालनमा ल्याएको उनले भने ।
शिविरमा जनरल फिजिशियन, दन्त रोग, स्त्रि रोग सम्बन्धि उपचार गरिएको थियो । गण्डकि मेडिकल कलेज पोखराका दक्ष डाक्टर तथा प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा परिक्षण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि फलेवास नगरपालिकाका वडा अध्यक्ष हितमान गुरुङ समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ, कार्यक्रम सयोजक तथा निबर्तमान अध्यक्ष नबिन क्षेत्री, सल्लाहाकार ओम बहादुर पौडेल क्षेत्री, महाशिला गाउ पालिका वडा नं.६ का वडा अध्यक्ष गोबिन्द बहादुर बिक दुर्गम स्वास्थ्य सेवा नेपालका कोडिनेटर धर्म राज खडका लगायतले आफ्नो धारणा राखेका थिए । समाजका अध्यक्ष खडक बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देव बहादुर पौडेल क्षेत्रिले स्वागत मन्तब्य र सचिव अग्नि प्रसाद भुसालले कार्यक्रम संचालन गरेका थिए ।

The post भँगरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न : २५० जनाले गराए स्वास्थ्य परिक्षण appeared first on महाशिला खबर.

]]>
महाशिला गाउँपालिकामा गर्भवती महिलालाई निशुल्क भिडियो एक्स- रे सेवा https://mahashilakhabar.com/banner/47193/ Fri, 30 Aug 2024 02:48:14 +0000 https://mahashilakhabar.com/?p=47193 पर्वत । महाशिला गाउँपालिकाले गर्भवती महिलाहरूका लागि निशुल्क भिडियो एक्स- रे सेवा संचालन गर्ने भएको छ ।गाउँपालिकाले भदौ १६ गते देखि गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा निशुल्क भिडियो एक्स- रे सेवा संचालन गर्न लागेको  हो । गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्स-रे सेवा प्रदान गर्न लागिएको महाशिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख […]

The post महाशिला गाउँपालिकामा गर्भवती महिलालाई निशुल्क भिडियो एक्स- रे सेवा appeared first on महाशिला खबर.

]]>
पर्वत । महाशिला गाउँपालिकाले गर्भवती महिलाहरूका लागि निशुल्क भिडियो एक्स- रे सेवा संचालन गर्ने भएको छ ।गाउँपालिकाले भदौ १६ गते देखि गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा निशुल्क भिडियो एक्स- रे सेवा संचालन गर्न लागेको  हो ।
गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्स-रे सेवा प्रदान गर्न लागिएको महाशिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर बहादुर बरालले जानकारी दिनुभयो । यो सेवाबाट गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या रहेमा गाउँपालिकाकै स्वास्थ्य संस्था र जोखिम भए अन्यत्र रिफर गरिने उहाँले बताउनुभयो ।
गर्भवती महिलाहरुका लागि होश्राङ्दी स्वास्थ्य चौकीमा भदौ १६ गते,भोकसिङ्ग स्वास्थ्यमा चौकी भदौ १८ गते,बालाकोट स्वास्थ्य चौकीमा भदौ २० गते, पाखापानी स्वास्थ्य चौकीमा भदौ २३ गते, पाखापानी सा.स्वा. इकाई बाइकाठमा भदौ २५ गते र फलामखानी स्वास्थ्य चौकिमा भदौ २७ गते  निशुल्क भिडियो एक्स- रे सेवा संचालन गर्ने स्वास्थ्य शाखा प्रमुख बरालले जानकारी दिनुभयो ।

The post महाशिला गाउँपालिकामा गर्भवती महिलालाई निशुल्क भिडियो एक्स- रे सेवा appeared first on महाशिला खबर.

]]>
पर्वतमा बढ्दै डेंगुको प्रकोप https://mahashilakhabar.com/banner/47146/ Thu, 08 Aug 2024 06:08:27 +0000 https://mahashilakhabar.com/?p=47146 पर्वत : वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु संक्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ। पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार यही साउन २ गतेदेखि साउन २२ गतेसम्म २१ दिनमा नै ५६ जना विरामीमा डेंगु पुष्टि भएको छ। साउन २, ३ र ५ गते १/१ जनामा डेंगु पुष्टि भएकोमा […]

The post पर्वतमा बढ्दै डेंगुको प्रकोप appeared first on महाशिला खबर.

]]>
पर्वत : वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु संक्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार यही साउन २ गतेदेखि साउन २२ गतेसम्म २१ दिनमा नै ५६ जना विरामीमा डेंगु पुष्टि भएको छ।

साउन २, ३ र ५ गते १/१ जनामा डेंगु पुष्टि भएकोमा त्यसपछिका दिनमा भने विरामीको संख्या दैनिक रूपमा उकालो लाग्दै गएको छ। साउन ६ गते ३ जना, ७ गते एकजना, १० गते ५ जना, ११ र १२ गते १/१ जना, १३ गते ३ जना, १५ गते ६ जना डेंगु पुष्टि भएको हो। साउन १६ र १७ गते ३/३ जना, १८ गते ६ जना, १९ गते २ जना, २० गते ६ जना, २१ गते ४ जना र २२ गते सबैभन्दा बढी एकै दिनमा ९ जनामा संक्रमणको पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए।

गर्मी याम र वर्षाका कारण लामखुट्टेमैत्री वातावरण तयार हुँदा लामखुट्टेको प्रजनन बढेको र यसले संक्रमण बढाइरहेको हो। अस्पतालमा आउने उच्च ज्वरोका विरामीहरू बढिरहेको र उनीहरूमध्ये नै डेंगुको संक्रमण पुष्टि भएको हो।

पर्वत अस्पताल वा जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउने क्रममा डेंगुको संक्रमण पुष्टि भएकाहरूको तथ्यांक आउने भए पनि जिल्लाबाहिर गएर उपचार गर्ने तथा निजी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनेहरूको विवरण भने पर्वत अस्पताल वा स्वास्थ्य कार्यालयमा आउँदैनन्।

यही कारण अहिले पर्वत अस्पतालमा पुष्टि भएका ५६ जनाबाहेक जिल्लाका अन्य स्थानहरूमा पनि डेंगुका विरामीहरूको संख्या बढिरहने अवस्था छ।

जिल्लाको उच्च गर्मी हुने तथा सदरमुकाम कुश्मा बजारबाट टाढाको दूरीमा रहेको पैयुँ गाउँपालिकाका बासिन्दाहरू उपचारको लागि स्याङ्जाको वालिङ बजारमा जाने गरेका छन्।

पैयुँ र आसपासको क्षेत्रका नागरिकमा डेंगु संक्रमण भएको भएमा त्यो विवरण यसमा समावेश नभएकाले डेंगुको संक्रमण भित्रभित्रै फैलिएर आम नागरिक जोखिममा रहेको हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्वास्थ्य कार्यालय, पर्वत अस्पताल र स्थानीय तहहरूले पनि डेंगु रोकथामको लागि प्रचारप्रसार गरिरहे पनि लामखुट्टेको टोकाई र संक्रमण भने बढिरहेको छ।

लामखुट्टेको प्रकोप बढ्दा पानी पोख्ने अभियानसमेत चलाइएको थियो। स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले विहान र बेलुकाको समयमा जिल्लामा रहेको सबै सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कशप, कबाडी संकलन केन्द्र, नागरिकका घर तथा पसलसहित समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाइएको र यसलाई निरन्तरता दिनुपर्ने बताए।

गत वर्ष २२५ जनामा डेंगु संक्रमण भएको भन्दै उनले घर आसपासमा रहेको फोहोर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा संख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन जिल्लावासीमा अनुरोध गरे।

लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, विहान, दिउँसो, राति जुनसुकै वेला झुल लगाएरमात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनेलगायतका उपाय अवलम्बन गर्नुपर्ने चिकित्सहरुको सुझाव छ।

उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्ने वा वान्ता हुनेलगायतका लक्षणहरू देखिए डेंगु भएको हुन सक्ने भएकाले नागरिकले समयमा नै स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

एडिज जातको लामखुट्टेले विहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकोले दिउँसोभन्दा विहान र साँझको समयमा झनै सचेत हुनुपर्ने उनको भनाइ छ।

The post पर्वतमा बढ्दै डेंगुको प्रकोप appeared first on महाशिला खबर.

]]>
महाशिला गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने पक्का https://mahashilakhabar.com/banner/46579/ https://mahashilakhabar.com/banner/46579/#respond Wed, 20 Dec 2023 13:39:13 +0000 https://mahashilakhabar.com/?p=46579 पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको तथा उपचारको लागि सदरमुकामबाट टाढा रहेको महाशिला गाउँपालिकामा अब भने १५ शय्याको अस्पताल निर्माण हुने भएको छ। लामो रस्साकस्सी र अथक मिहिनेतपछि पुरानो व्यापारिक क्षेत्र समेत रहेको लुँखुदेउरालीमा अस्पताल निर्माणको लागि स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अगाडि बढाउन स्वीकृति मिलेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीका अनुसार स्वास्थ्य मन्त्रालयबाट डिपिआर […]

The post महाशिला गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने पक्का appeared first on महाशिला खबर.

]]>
पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको तथा उपचारको लागि सदरमुकामबाट टाढा रहेको महाशिला गाउँपालिकामा अब भने १५ शय्याको अस्पताल निर्माण हुने भएको छ।

लामो रस्साकस्सी र अथक मिहिनेतपछि पुरानो व्यापारिक क्षेत्र समेत रहेको लुँखुदेउरालीमा अस्पताल निर्माणको लागि स्वास्थ्य मन्त्रालयबाट प्रक्रिया अगाडि बढाउन स्वीकृति मिलेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीका अनुसार स्वास्थ्य मन्त्रालयबाट डिपिआर रिभ्यू भई काम अगाडि बढाउन अनुमति आएको छ।

‘डिपाआर रिभ्यूको काम सकिएपछि अरू काम गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृति र अर्थ मन्त्रालयबाट स्रोत समर्थन प्राप्त भएको छ। भवन निर्माणको लागि जग्गा दिने सम्पूर्ण जग्गादाता प्रति उच्च सम्मान प्रकट गर्दछौँ’, प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने, ‘गाउँपालिकाका वर्तमान जनप्रतिनिधि र निवर्तमान जनप्रतिनिधिज्यूहरूको अथक मिहिनेतले अब गाउँपालिकावासीले गाउँमै शय्यासहितको उपचार सेवा पाउने भएका छन्।’

जिल्लाको सबैभन्दा ठूलो अस्पताल पर्वत अस्पताल रहेको र त्यो दक्षिणी क्षेत्रबाट टाढा रहेकोले अब बन्ने अस्पताल दक्षिणी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल बन्ने उनको भनाइ छ। बिहादी र पैयुँ गाउँपालिकामा अस्पताल रहेको भए पनि तिनीहरूको शय्या क्षमता थोरै रहेकोले लुँखुदेउरालीमा बन्ने अस्पतालबाट जिल्लाको तीन वटा पालिकाका नागरिकलाई सुविधा पुग्ने छ। लुँखुदेउराली फलेवास नगरपालिकाको कुर्घा र आसपासको क्षेत्रका लागि पनि नजिक हुने भएकाले फलेवासका नागरिकहरू पनि लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत पराजुली बताउँछन्।

करिब ३२ रोपनी क्षेत्रफलमा निर्माण हुने अस्पतालमा चार जना विशेषज्ञ चिकित्सकहरू सहित आधुनिक सुविधाका उपकरणहरू राखिने छ। शव गृह, चमेना, यातायात पार्किङ लगायतका भौतिक संरचना निर्माण गर्न धेरै जमिन चाहिने भएकाले स्थानीय ११ जना दाताहरूले जग्गा दान गरेपछि अस्पताल बनाउन सकिने भएको हो। अस्पताल रहने ठाउँको केही जमिन भने गाउँपालिकाकै स्वामित्वमा रहेको छ। अस्पताल बहुबर्षीय योजना अन्तर्गत निर्माण हुने भएकोले काम थालिएपछि बजेट आउँदै जाने छ।

लामो समयदेखि मन्त्रालयमा पुगेर अड्किएको काम हालै आएर फुकुवा हुँदा गाउँपालिकावासीले राहतको श्वास फेरेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाल बताउँछन्। महाशिलामा शय्यासहितको अस्पताल नहुँदा त्यहाँका नागरिकहरू कास्कीको पोखरा, स्याङ्जाको वालिङ र सदरमुकाम कुश्मा बजारमा धाउन बाध्य रहँदै आएका छन्। बाटोको सहज सुविधा भए पनि लामो दूरीको यात्रा गरेर आउँदा बिरामीलाई समस्या हुँदै आएकोमा अब अस्पताल बनेपछि धेरै पैसा खर्च गरेर उपचारको लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ।

स्थानीय तहहरूमा निर्माणाधीन ५, १० र १५ शय्याका आधारभूत अस्पतालको निर्माणको क्रममा महाशिलामा यो अस्पताल निर्माण हुन लागेको हो। यस्तै खालका १५ शय्या क्षमताका अस्पताल कञ्चनपुरको बेदकोट नगरपालिका, सिराहाको सुखीपुर नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, महोत्तरीको मटिहानी नगरपालिका, मोरङको केराबारी गाउँपालिका, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को देवचुली नगरपालिका, दैलेखको महाबू गाउँपालिका र गुल्मीको मालिका गाउँपालिकामा पनि निर्माण हुँदै छन्।

आधारभूत अस्पतालको ‘डिजाइन रिभ्यू’ भएपछि स्वास्थ्य मन्त्रालयले स्वीकृत लागतको परिधिभित्र खरिद प्रक्रिया अगाडि बढाउन अनुमति दिएपछि मन्त्रालयका सचिव स्तरको गत पुस २ गतेको निर्णय अनुसार ती अस्पतालमा काम अगाडि बढाउन लागिएको हो।

The post महाशिला गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने पक्का appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/46579/feed/ 0
पर्वत भगरा पोखरा सम्पर्क समाजले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३५० जना लाभान्वित https://mahashilakhabar.com/banner/46557/ https://mahashilakhabar.com/banner/46557/#respond Sat, 09 Dec 2023 15:21:42 +0000 https://mahashilakhabar.com/?p=46557 पर्वत । पर्वत भगरा पोखरा सम्पर्क समाजले मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा फलेवास नगरपालिका वडा नं ९ भगरा सहित आसपासका करिब ३५० जनाले स्वास्थ्य परिक्षण गरि औषधी लिएका छन् । शिविरमा जनरल फिजिशियन,नाक कान घाटि,छाला रोग र दिर्घ रोग रोगका दक्ष डक्टरले सेवा प्रदान […]

The post पर्वत भगरा पोखरा सम्पर्क समाजले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३५० जना लाभान्वित appeared first on महाशिला खबर.

]]>
पर्वत । पर्वत भगरा पोखरा सम्पर्क समाजले मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा फलेवास नगरपालिका वडा नं ९ भगरा सहित आसपासका करिब ३५० जनाले स्वास्थ्य परिक्षण गरि औषधी लिएका छन् । शिविरमा जनरल फिजिशियन,नाक कान घाटि,छाला रोग र दिर्घ रोग रोगका दक्ष डक्टरले सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी,माजका संस्थापक अध्यक्ष हुतराज गुरुङ , नि बर्तमान अध्यक्ष नबिन क्षेत्री,समाजका सल्लाहाकार ओम बहादुर पौडेल क्षेत्री, गणेश क्षेत्रि, फलेवास नगरपालिका वडा नं ६ का अध्यक्ष नबिन श्रेष्ठ स्वास्थ्य शिबिर प्रमुख डाक्टर कृष्ण मुरारी अधिकारि लगायतले मन्तब्य राखेका थिए ।
समाजका अध्यक्ष खडक बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष देव बहादुर पौडेल क्षेत्रीले स्वागत र सचिव अग्नि भुसालले संचालन गरेका थिए । गाउँमा नै स्वास्थ्य परिक्षण गर्न पाएको स्थानियले समाजलाई धन्यवाद दिदै खुशी व्याक्त गरेका थिए ।

The post पर्वत भगरा पोखरा सम्पर्क समाजले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३५० जना लाभान्वित appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/46557/feed/ 0