td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170The post पर्वतको कुर्घामा अटो दुर्घटना : १ मृत्युको ४ जना घाइते appeared first on महाशिला खबर.
]]>दुर्घटनामा सोही स्थानकी २४ वर्षीया कविता विकको दाहिने खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यस्तै, १५ वर्षीया अन्जुली विकको दाहिने खुट्टामा भित्री चोट लागेको छ भने १३ वर्षीया दुर्गा विकको टाउकोमा भित्री चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको बताइएको छ।
अटो चालक फलेवास नगरपालिका–११ पाङ्ग्राङका ३६ वर्षीय मनबहादुर परियारको बायाँ ढाड र कुममा भित्री चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी फलेवासबाट प्रहरी सहायक निरीक्षक उत्तम अर्मजाको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो। घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
The post पर्वतको कुर्घामा अटो दुर्घटना : १ मृत्युको ४ जना घाइते appeared first on महाशिला खबर.
]]>The post महाशिला गाउँपालिकाको स्थापना दिवस भव्य रूपमा सम्पन्न, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित appeared first on महाशिला खबर.
]]>कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका संस्थापक अध्यक्ष राजुप्रसाद पौडेलले स्थानीय तह स्थापनापछिको अवधिमा महाशिलाले उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै विकास निर्माण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाको स्थापना र विकास यात्रामा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले महाशिलालाई कृषि, पर्यटन, शिक्षा र पूर्वाधार विकासको केन्द्रका रूपमा स्थापित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जनताको अपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाह र समृद्ध गाउँपालिकाको निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । विं.स २०७४ असार २५ गते महाशिला गाउँलिकाको ऐतिहासिक प्रथम गाउँसभा सम्पन्न भएको थियोे । सोही दिनलाई स्मरण गर्दै असार २५ गतेलाई गाउँपालिकाको स्थापना दिवस मनाउनको लागि गाउँपालिकाको २० औं गाउँसभाबाट निर्णय भए बमोजिम स्थापना दिवस मनाइएको भुसालले बताउनुभयो ।गाउँपालिकाका उपाध्यक्ष धनसुबा बिकले समावेशी विकास, सामाजिक न्याय र नागरिक सहभागितालाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले महिला, दलित, ज्येष्ठ नागरिक तथा पछाडि पारिएका समुदायको सशक्तीकरणमार्फत समतामूलक समाज निर्माणमा गाउँपालिका केन्द्रित रहेको धारणा राख्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा उत्तरदायी कार्यशैलीले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पारदर्शी, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाहलाई निरन्तरता दिइरहने बताउनुभयो । कार्यक्रममा महाशिला गाउँपालिका वडा नं. ५ का पुर्व वडा अध्यक्ष जीवन उचै ठकुरी, वडा नं. ५ का अध्यक्ष चन्द्र बहादुर मल्ल,रास्वपा महाशिला सभापति घैलेन्द्र केसी, नेकपा एमाले महाशिलाका अध्यक्ष एक बहादुर हमाल, नेपाली काँग्रेस महाशिलाका सचीव द्रोणराज पौडेल, पालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय,मदन आश्रति माबिका प्रधानाध्यापक खड्का बहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने पालिका तथा वडा कार्यालयका कर्मचारीहरु तथा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने कृषकहरूलाई सम्मान गरेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नर बहादुर बरालले गर्नुभएको थियोे ।
The post महाशिला गाउँपालिकाको स्थापना दिवस भव्य रूपमा सम्पन्न, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित appeared first on महाशिला खबर.
]]>The post महाशिला गाउँपालिकामा स्थापना दिवसको अवसरमा असार २५ गते सार्वजनिक बिदा appeared first on महाशिला खबर.
]]>महाशिला गाउँपालिकाका अनुसार गाउँसभाको पहिलो बैठक सम्पन्न भएको ऐतिहासिक दिन असार २५ गते लाई यस वर्षदेखि प्रत्येक वर्ष गाउँपालिका स्थापना दिवस का रूपमा मनाइनेछ । सोही अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएकाले सार्वजनिक बिदा घोषणा गरिएको सूचनामा उल्लेख छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक संस्थाहरूमा असार २५ गते सार्वजनिक बिदा लागू हुनेछ ।
निमिक्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष विकद्वारा हस्ताक्षरित सूचनामा स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा सबै सरोकारवालाको सहभागिताका लागि अनुरोध समेत गरिएको छ ।
The post महाशिला गाउँपालिकामा स्थापना दिवसको अवसरमा असार २५ गते सार्वजनिक बिदा appeared first on महाशिला खबर.
]]>The post पर्वतको बिहादीका ६ वटै वडामा दलित समुदायका लागि क्षमता विकास कार्यक्रम सम्पन्न appeared first on महाशिला खबर.
]]>कार्यक्रम समापनका अवसरमा सहभागीका तर्फबाट बोल्दै वडा नं. ६ शालीग्रामकी लालकुमारी बिक, निता सुनार र अशोक दर्जीले सचेतनामुलक तथा क्षमता विकास कार्यक्रमले आफुहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा महत्त्वपूर्ण फाइदा पुर्याएको बताउनुभयो । कार्यक्रमका विषयबस्तुले दलित समुदायको हक, अधिकार जानकारी हुनुका साथै सशक्तीकरण कुरा र कानुनी ज्ञान हासिल भएको बताएका थिए । महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेको गाउँपालिकालाई धन्यवाद दिदै दलित समुदायलाई लक्षित गरेर आगामी दिनहरुमा पनि यस्त अ कार्यक्रम आयोजना गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, दलित अगुवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण पत्रकार साजन परियार, दिपेश बि पोख्रेल र लक्ष्मण बिसिले गर्नुभएको थियोे । सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा आत्मविश्वास वृद्धि हुनुका साथै अधिकारप्रति थप सचेत बन्न सहयोग पुगेको बताएका थिए। कार्यक्रममा यहीँ जेष्ठ १७ गते वडा नं. बाच्छा, १८ गते वड नं. २ बराचौर, १९ गते वडा नं.३ रानीपानी, २० गते वडा नं. ४ वहाकी , २१ गते वडा नं. ५ उराम र २२ गते वडा नं. ६ शालिग्राममा सम्पन्न भएको थियो ।
The post पर्वतको बिहादीका ६ वटै वडामा दलित समुदायका लागि क्षमता विकास कार्यक्रम सम्पन्न appeared first on महाशिला खबर.
]]>The post विहादी गाउँपालिकाको ४६ करोड ४५ लाखको बजेट पारित, कृषि–शिक्षा–स्वास्थ्यलाई प्राथमिकता appeared first on महाशिला खबर.
]]>मंगलबार सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष परविन गुरुङ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा हासिल भएका प्रमुख उपलब्धिहरूबारे जानकारी गराएका थिए। त्यसैगरी उपाध्यक्ष मिना शर्मा तिवारी ले आगामी आर्थिक वर्षका लागि ४६ करोड ४५ लाख ३५ हजार ९ सय ९८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्।
गाउँपालिकाले आगामी वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना तथा सुशासनका क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रस्तुत बजेटले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ।
गाउँसभामा नीति तथा कार्यक्रम र बजेटमाथि विस्तृत छलफलपछि दुवै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनअपेक्षाअनुसारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
गाउँसभा मार्फत पारित नीति तथा कार्यक्रम र बजेटले स्थानीय आर्थिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आधारभूत सेवाको पहुँच विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
The post विहादी गाउँपालिकाको ४६ करोड ४५ लाखको बजेट पारित, कृषि–शिक्षा–स्वास्थ्यलाई प्राथमिकता appeared first on महाशिला खबर.
]]>The post जलजला गाउँपालिकाको बजेट ५३ करोड १२ लाख appeared first on महाशिला खबर.
]]>१० असार, पर्वत-पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न गाउँसभाको २१ औ गाउँअधिवेशनमा उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेटमा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, बालमैत्री स्थानीय शासन तथा राजस्व व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको हो।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटमध्ये चालुतर्फ ३५ करोड ६१ लाख रुपैयाँ र पुँजीगततर्फ १७ करोड ५१ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि संघीय सरकार, प्रदेश सरकार, आन्तरिक राजस्व तथा राजस्व बाँडफाँटबाट स्रोत व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ।
बजेटका अनुसार संघीय सरकारको समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँट, विशेष तथा समपूरक अनुदानबाट ठूलो हिस्सा प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी प्रदेश सरकारको समानीकरण अनुदान, विशेष तथा समपूरक अनुदान र आन्तरिक स्रोतबाट समेत बजेट व्यवस्थापन गरिनेछ।
गाउँपालिकाले आगामी वर्ष स्वास्थ्य पूर्वाधार विस्तारलाई विशेष प्राथमिकता दिएको छ।
धाइरिङ स्वास्थ्य चौकी र नयाँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन बजेट छुट्याइएको छ। साथै माथिल्लो धाइरिङमा सुविधासम्पन्न आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण तथा सञ्चालनका लागि समेत रकम विनियोजन गरिएको छ।
पूर्वाधारतर्फ अधुरो रहेका निर्माण कार्य सम्पन्न गर्न जोड दिइएको छ। निर्माणाधीन स्वास्थ्य चौकी भवन सम्पन्न गर्न थप बजेट व्यवस्था गरिएको छ भने पालिका स्तरीय खेलकुद मैदान तथा बहुउद्देश्यीय कभर्ड हल निर्माण का लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।
बालअधिकार र सुशासन प्रवर्द्धनका लागि बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम सञ्चालन गर्न ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
<span;>गाउँपालिकाले यस कार्यक्रममार्फत बालबालिकामैत्री सेवा प्रवाह र स्थानीय शासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।
राजस्व सुधारलाई पनि बजेटको महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ। आन्तरिक आम्दानी अपेक्षाअनुसार बढ्न नसकेको अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले कर प्रशासनलाई प्रभावकारी बनाउने, डिजिटल प्रणालीमार्फत कर भुक्तानीको व्यवस्था विस्तार गर्ने, करदातामैत्री सेवा प्रवाह गर्ने तथा राजस्व चुहावट नियन्त्रण गर्ने नीति अवलम्बन गरेको छ। सम्पत्ति कर तथा व्यवसाय नवीकरण शुल्कमा दिँदै आएको १० प्रतिशत छुटलाई निरन्तरता दिइएको छ।
गाउँपालिकाले बजेटमार्फत आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई तीव्रता दिँदै पर्यटन प्रवर्द्धन, सुशासन र समावेशी विकासको आधार निर्माण गर्ने अपेक्षा गरेको जनाएको छ। स्थानीय स्रोतको अधिकतम परिचालन गर्दै विकास निर्माणका कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता पनि बजेटमा व्यक्त गरिएको छ।
The post जलजला गाउँपालिकाको बजेट ५३ करोड १२ लाख appeared first on महाशिला खबर.
]]>The post महाशिलाले ल्यायो ४६ करोड ४७ लाखको बजेट, शिक्षा–कृषि–पूर्वाधारमा विशेष प्राथमिकता appeared first on महाशिला खबर.
]]>गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। बजेट प्रस्तुत गर्दै उपाध्यक्ष विकले गाउँपालिकाको समग्र विकास, उत्पादन वृद्धि, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यका साथ बजेट ल्याइएको बताउनुभयो।
यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमअनुसार ‘समृद्ध गाउँपालिका, सुखी नागरिक’को अवधारणालाई कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
शिक्षा क्षेत्रतर्फ विद्यालयहरूमा प्रविधिमैत्री सिकाइ प्रणाली विस्तार गरिने भएको छ। डिजिटल शिक्षण, रियल–टाइम सिकाइ मूल्याङ्कन प्रणाली सञ्चालन, स्थानीय पाठ्यक्रम परिमार्जन तथा आवासीय विद्यालय कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ। विद्यार्थीको सिकाइ उपलब्धि अभिभावक तथा गाउँपालिकासम्म प्रत्यक्ष रूपमा पुग्ने व्यवस्था मिलाइने जनाइएको छ।
कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन उत्पादनमा आधारित अनुदान, कृषि ऋणको ब्याजमा सहुलियत, कृषि एम्बुलेन्स सेवा तथा ‘प्रोडक्ट अफ महाशिला’ अभियान सञ्चालन गरिने भएको छ। स्थानीय उत्पादनको बजारीकरणलाई समेत विशेष प्राथमिकता दिइएको छ।
पूर्वाधार विकासअन्तर्गत वाइचोक–दुक्तान सडक स्तरोन्नतिका लागि १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। साथै फलामखानी, होसाङ्दी, बारेडाँडालगायतका सडक योजनालाई निरन्तरता दिइने तथा विभिन्न वडा जोड्ने सडकहरूको स्तरोन्नति र सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ।
स्वास्थ्य क्षेत्रतर्फ आवश्यक औषधि खरिदका लागि १७ लाख रुपैयाँ तथा महाशिला आधारभूत अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न ३० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने कार्यक्रमलाई थप प्रभावकारी बनाइने गाउँपालिकाको योजना छ।
पर्यटन प्रवर्द्धनका लागि महाशिला शिला क्षेत्र, पैयूँकोट, फलामखानीलगायतका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार, पूर्वाधार विकास तथा धार्मिक पर्यटन विस्तारका कार्यक्रम अघि सारिएका छन्। ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि बजेटले प्राथमिकतामा राखेको छ।
यस्तै, युवा, महिला, दलित, ज्येष्ठ नागरिक तथा सामाजिक क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिँदै सुशासन, सेवा प्रवाह सुधार र स्थानीय रोजगारी अभिवृद्धिमा विशेष जोड दिइएको छ।
गाउँसभामा अध्यक्ष भुसालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने सोही नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपाध्यक्ष विकले बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित भएको छ।
The post महाशिलाले ल्यायो ४६ करोड ४७ लाखको बजेट, शिक्षा–कृषि–पूर्वाधारमा विशेष प्राथमिकता appeared first on महाशिला खबर.
]]>The post कुश्मा नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा 23 hours ago appeared first on महाशिला खबर.
]]>कार्यक्रममा स्वास्थ्य तथा जनस्वास्थ्यका क्षेत्रमा नगरपालिकाले हासिल गरेको उपलब्धिबारे चर्चा गर्दै आगामी दिनमा पनि पूर्णखोपको अवस्था कायम राख्न तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य गोपाल आचार्यले राख्नुभएको थियो भने सञ्चालन स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले गर्नुभएको थियो।
पूर्णखोप पालिका घोषणासँगै कुश्मा नगरपालिकाले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न तथा खोप सेवाको दिगोपना कायम राख्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
The post कुश्मा नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा 23 hours ago appeared first on महाशिला खबर.
]]>The post रास्वपा पर्वतको सभापतिमा पुन निर्वाचित appeared first on महाशिला खबर.
]]>नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदान प्रकृयाबाट टुंगो लगाईएको हो । सभापति पदका लागि पुन र गंगालाल रिमाल प्रतिस्पर्धामा रहनुभएको थियो । रिमाल भने पराजित हुनुभएको छ ।
दश सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शारदा कुमारी शर्मा, सचिबमा रामेश्वर गौतम र सहसचिबमा नारायण प्रसाद भुसाल रहनुभएको छ । कार्यसमिति सदस्यहरुमा दिनेश बस्याल, बिरेन्द्र विक्रम मल्ल ठकुरी, रसिला पौडेल मल्ल, प्रतिमा शर्मा सुवेदी, ठक्कर प्रसाद शर्मा र गणेश प्रसाद शर्मा रहनुभएको छ ।
यस अघि आयोजित अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सागर भुसालले जनताको चाहना र आवश्यकता अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । जनमतवाटै यो पार्टी मुलुकको पहिलो शक्ति बनेको बताउँदै सांसद भुसालले काम गरेरै प्रमाणित गर्नुपर्ने बेला आएको समेत बताउनुभयो ।
अधिवेशनमा जिल्लाका ६१ वटै वडाबाट प्रतिनिधिहरु सहभागि भएका थिए । जिल्लाका सात पालिका र ६१ वटा वडाको अधिवेशन भने पहिलेनै सम्पन्न भैसकेको उपाध्यक्ष शारदा कुमारी शर्माले जानकारी दिनुभयो ।
The post रास्वपा पर्वतको सभापतिमा पुन निर्वाचित appeared first on महाशिला खबर.
]]>The post कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न appeared first on महाशिला खबर.
]]>कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले गुणस्तरीय उच्च शिक्षाको विकासका लागि सामुदायिक क्याम्पसहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले शैक्षिक संस्थाहरूले स्थानीय आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै कुश्मा बहुमुखी क्याम्पसले छोटो समयमै सकारात्मक पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोविन्द पहाडीले क्याम्पसको स्थापना पछिको एक वर्षको प्रगति, शैक्षिक उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँले गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर क्याम्पस अगाडि बढिरहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षाप्रेमी, अभिभावक, प्राध्यापक, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। वार्षिकोत्सवका अवसरमा क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका योजना तथा कार्यक्रमबारे पनि छलफल गरिएको थियो।
सहभागीहरूले कुश्मा बहुमुखी क्याम्पसलाई जिल्लाको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए। कार्यक्रममा क्याम्पसमा विशेष सहयोग पुराउनेहरुलाई सम्मान गरिएको थियो । कुश्मा स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस वीच एकता भई कुश्मा बहुमुखी क्याम्पसको स्थापना भएको हो । क्यामपस स्थापना भए पछि साविकका क्याम्पसका २ वटै भवनहरुबाट अध्यापन भईरहेको छ । क्याम्पसमा अहिले स्नाकोत्तर तहसम्मको अध्यापन हुने गर्दछ ।
The post कुश्मा बहुमुखी क्याम्पसको प्रथम वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न appeared first on महाशिला खबर.
]]>