td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170The post पर्वत महोत्सवमा दर्शकको भिड (फोटो फिचर) appeared first on महाशिला खबर.
]]>
आज महोत्सवमा गायिका तिर्सना गुरुङ, लोक तथा दोहोरी गायक पशुपति शर्मा, बाल गायिका आयुसमा शर्मा, गायक राजेश बर्देवा लगायतका कालकारहरुले प्रस्तुती राखेका थिए । महोत्समा प्रत्येक दिन रत्यौली गित प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, बेलुकी लाइभ कन्सर्ट लगायतका कार्यक्रमहरु भइरहेका छन् ।

आज महोत्सवमा रहेका स्टलहरुमा पनि राम्रो व्यापार भएको व्यापारीले बताए । बाल उद्यानमा पनि दर्शकले मज्जा लिए ।


पर्वतको उद्योग, पर्यटन, कृषि, कला, संस्कृति र सम्भावनाको उजागर, प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्येश्य राखेर पर्वत उद्योग बाणिज्य संघको आयोजनामा सातौं पर्वत महोत्सव माघ २१ सम्म चल्ने छ ।
महोत्सवको चौथो दिन हेरौँ तस्बिरमा




The post पर्वत महोत्सवमा दर्शकको भिड (फोटो फिचर) appeared first on महाशिला खबर.
]]>The post सातौ पर्वत महोत्सबको तयारी पुरा appeared first on महाशिला खबर.
]]>त्यस्तै झाँकी प्रर्दशनी तथा जिल्ला स्थित विभिन्न जनजातिहरुका फरक फरक साँस्कृति कार्यक्रम, विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगता, छेलो प्रतियोगिता, खुल्ला दौड, तिर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरुको विक्रि तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनी समेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, पनि गरिने भएको छ ।
महोसत्व अवलोकन गर्नका लागि दर्शकहरुलाई रु १ सय रुपैयाको टिकट र विद्यार्थीलाई ४० प्रतिशत छुटको व्यवस्था गरिएको आर्थिक संयोजक ठाकुरवि पौडेलले जानकारी दिनुभयो ।
समाप्त
The post सातौ पर्वत महोत्सबको तयारी पुरा appeared first on महाशिला खबर.
]]>The post पर्वतमा गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौै पर्वत महोत्सव आयोजना हुने appeared first on महाशिला खबर.
]]>महोत्सवमा विश्वकै अग्लो वन्जीजम्प ,जिपलाइन कालिगण्डकी नदीमा र्याप्टिङ, लामाझोलुङ्गेपुल अवलोकन गुग्तेश्वर गुफा, अलेपेश्वर गुफा अवलोकन, आकर्षक रहेने छन् भने स्थानिय घरेलू उत्पादको विक्री तथा औधोगिक प्रदर्शनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुको प्रदर्शनी, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी रहने छन् ।
हरेक दिन राष्ट्रिय कलाकारहरुको सांगितीक प्रस्तुती, वाल उद्यान , दोहोरी गित प्रस्तुती, भजन प्रतियोगिता , गण्डकी प्रदेश स्तरिय भलिवल प्रतियोगिता खूल्ला दौड प्रतियोगिता लगाएतका आर्षक प्रस्तुतीहरु रहेने छन् ।
महोत्सव अवलोकनका लागि सामान्य टिकट दर १०० रुपैया रहेको छ भने विद्यार्थीका लागि ४० प्रतिशत छुट उद्योग वाणिज्य संघका आजिवन सदस्यहरु आपाङ्ग, र ७० वर्ष भन्दा माथिका बृद्धहरुका लागि निशूल्क टिकट व्यवस्था हुने महोत्सवका आर्थिक संयोजक ठाकुर वि पौडेलले जानकारी दिनु भयो ।
महोत्सवमा उद्योग वाणिज्य संघमा आवद्ध सदस्यहरु, लघु घरेलु ,कृषि तथा महिला उद्यमीहरुका उत्पाद विक्रीगर्न स्टल भाडामा २५ प्रतिशत र गण्डकी प्रदेशका उद्योग वाणिज्य संघको सिफारिसमा आएका व्यवसायीहरु लाई स्टलभाडामा १० प्रतिशत छुट गरिने आयोजकले जनाएको छ ।
The post पर्वतमा गण्डकी प्रदेशस्तरिय औधोगिक व्यापार मेला एंव सातौै पर्वत महोत्सव आयोजना हुने appeared first on महाशिला खबर.
]]>The post महिन्द्राको सव—डिलर अब कुश्मा बजारमा पनि appeared first on महाशिला खबर.
]]>
कार्यक्रममा कुश्मा नरपालिकाका उप—प्रमुख श्वस्थनी रिञ्जाल, कुश्मा नगरपालिका वडा नं ७ का पुर्व अध्यक्ष सुवास चन्द्र लामिछाने,अग्नि ग्रुप स्पेयर पार्टस हेड युगल सिङ्ग लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
महिन्द्रा एण्ड महिन्द्राका सम्पुर्ण गाडीहरुको मर्मत सभारको एक मात्र आधिकारिक सर्भिस सेन्टर पर्वतको सनराइज मोटर पार्टस सञ्चालनमा आए संगै अव भने महिन्द्राका गाडी प्रयोगकर्ता मर्मत सभारका लागि पोखरा जानुपर्ने बाध्यता हटेको छ । नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीहरु माझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने हाम्रो योजनाका लागि यस सव–डिलरको संचालनले थप टेवा पुर्याउनेमा विश्वसत रहेको अग्नि ग्रुप प्रोभिन्स म्यानेजर सन्तोष सुवदीले बताउँनुभयो ।
मोटर पार्टसमा जेनुन पार्टस, लुब्रिकेन्शको उपलब्धता सहित तालिम प्राप्त टेक्निसियनबाट सम्पुर्ण कम्पनीका सवारी साधन मर्मत सभार गरिने सञ्चालक युवाराज उप्रेतीले बताउँनुभयो । उप्रेतीले आफुले धेरै बर्ष भारती सेनाको रुपमा जागिर खाएको र जागिरबाट फर्के पछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उदेश्यले यो व्यवसाय संचालन गरेको बताउँनुभयो ।उहाँले थोरै पैसा बचाउनका लागि नक्कली पार्टस आफ्नो सवारी साधनमा प्रयोग गरेर सवारी साधनको आयु कम नगर्न पनि सम्पुर्ण ग्राहकमा अनुरोध गर्नुभयो । उप्रेतीले आफुले संचालन गरेको मोटर पार्टस तथा सर्भिस सेन्टरमा १६ जनाले प्रत्यक्ष रोजगार पाएको पनि बताउँनुभयो ।
The post महिन्द्राको सव—डिलर अब कुश्मा बजारमा पनि appeared first on महाशिला खबर.
]]>The post पैयुँ गाउँपालिकाको बजेट ४२ करोड ९७ लाख appeared first on महाशिला खबर.
]]>प्रस्तुत बजेटको स्वास्थ्य क्षेत्रमा नागरिकलाईस्वास्थ्य सेवाको सुनिश्चित गर्न जेष्ठ तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण, सुत्केरसंग उपाध्यक्ष, वृद्ध अशक्तसंग अध्यक्ष, स्वास्थ्य बीमाको पहुँच विस्तार लगायतमा प्राथमिकता दिइएको छ । शैक्षिक विकासको लागि अध्यक्ष उपाध्यक्षसंग विद्यार्थी कार्यक्रम, सिकाई प्रक्रियाको लागि स्तरोन्नती, प्रोत्साहनमा आधारित लगानी तथा प्रत्येक विद्यालयमा इन्टरनेट र कम्प्युटरको जस्ता कार्यक्रमहरुलाई बजेट विनियोजन गरिएको छ ।कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत उत्पादनमा आधारीत अनुदान कृषि संकलन केन्द्रकोस्थापना, स्थानीय कृषि उत्वादनको ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरण कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । त्यसै गरी पर्यटन,भाषा,संस्कृति संरक्षणका कार्यक्रमहरु ,युवा तथा खेलकुद क्षेत्रको विकास लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।
आ.व.२०७९ /०८० को बजेटले स्वरोजगारमा विकास,उत्पादनको वृद्धि,पूर्वाधार तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माणमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन लगायतका उद्धेश्यहरु राखेको छ ।
The post पैयुँ गाउँपालिकाको बजेट ४२ करोड ९७ लाख appeared first on महाशिला खबर.
]]>The post पर्वतका सरकारी कार्यालयको आव २०७८÷०७९ को प्रगति : ५५ देखी ९२.२ प्रतिशत सम्म appeared first on महाशिला खबर.
]]>
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले कार्यालय प्रमुखहरुलाई चुस्त दुरुस्त रुपमा काम गर्न निर्देशन दिदै देखिने गरी गुणस्तरिय काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानिय स्रोत साधनको सहि परिचालन र व्यवस्थापन गर्न अनुरोध गर्नुभयो । सापकोटाले संघ र प्रदेश मताहतका सरकारी कार्यालयहरुले स्थानिय निकायसंग समन्वय गर्न आवश्यक रहेको बताउँदै समय समयमा स्थानिय तहका जनप्रतिनिधिहरु संग छलफल गर्नुपर्ने बताउँनुभयो ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णराम वि.कले यो बर्खायामको समय जुनसुकै बेला पनि विपदका घटना घटन सक्ने भएकाले सम्बन्धित कार्यालयहरु विपद व्यवस्थापनमा जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभयो । वि.कले दक्षिण पर्वत जोडने दोविल्ला मोटरेवल पुलमा सवारी आवत जावतमा जोखिम बढेकाले तत्काल मर्मत सभार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभयो । उहाँले समग्रह जिल्लाको विकासका लागि सबै निकायसंग समन्वयात्मक भुमिका खेल्ने प्रतिबद्धता जनाउँनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसिले पनि आफ्नो भनाई राख्नुभएको थियो । समन्वय समितिका प्रमुख विष्णुराम वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन समन्वय अधिकारी सुरेश ढकालले गर्नुभएको थियो ।
The post पर्वतका सरकारी कार्यालयको आव २०७८÷०७९ को प्रगति : ५५ देखी ९२.२ प्रतिशत सम्म appeared first on महाशिला खबर.
]]>The post इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम appeared first on महाशिला खबर.
]]>आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
The post इन्धनको मूल्य वृद्धिको विरोधमा विराटनगरमा चक्काजाम appeared first on महाशिला खबर.
]]>The post वाणिज्य बैंकद्वारा ६७ शाखामा स्थायी पदपुर्तिका लागि विज्ञापन आह्वान appeared first on महाशिला खबर.
]]>बैंकको रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नू लागिएको जनाइएको छ ।
आवश्यक न्युनतम शैक्षिक योग्यता पुगेका तथा कुनै वात कसुर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूलाई कात्तिक १५ गतेदेखि अनलाइन दरखास्त फाराम भर्न आह्वान वाणिज्य बैंकले गरिएको छ ।

The post वाणिज्य बैंकद्वारा ६७ शाखामा स्थायी पदपुर्तिका लागि विज्ञापन आह्वान appeared first on महाशिला खबर.
]]>The post यस्तो छ आज बिहीबार पेट्रोल, डिजेल र ग्यासको मूल्य appeared first on महाशिला खबर.
]]>जसअनुसार बिहीबार काठमाडौँमा पेट्रोल प्रतिलिटर एक सय ३० रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय २८ रुपैयाँ पाँच पैसा, सुर्खेतमा प्रतिलिटर एक सय ३० रुपैयाँ, दिपायलमा प्रतिलिटर एक सय ३० रुपैयाँ, पोखरामा प्रतिलिटर एक सय २९ रुपैयाँ पाँच पैसा, दाङमा प्रतिलिटर एक सय २९ रुपैयाँ पाँच पैसा, विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा प्रतिलिटर एक सय २८ रुपैयाँ पाँच पैसामा कारोबार भइरहेको निगमले जनाएको छ ।
यस्तै, डिजेल विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा प्रतिलिटर एक सय ११ रुपैयाँ पाँच पैसा, पोखरा, दाङलगायत बजारमा प्रतिलिटर एक सय १२ रुपैयाँ पाँच पैसा, सुर्खेत, दिपालय, काठमाडौँलगायत बजारमा प्रतिलिटर एक सय १३ रुपैयाँ, वीरगन्जमा प्रतिलिटर एक सय ११ रुपैयाँ पाँच पैसा रहेको नेपाल आयल निगमले जनाएको छ ।
यस्तै, ग्यास काठमाडौँमा एक हजार चार सय ४५ रुपैयाँ, वीरगन्जमा एक हजार चार सय ३० रुपैयाँ, सुर्खेत, दिपायल, पोखरा, दाङमा एक हजार चार सय ४५ रुपैयाँ र विराटनगर, महेन्द्रनगर, धनुषा, अमलेखगन्ज, नेपालगन्ज, धनगढीलगायत बजारमा एक हजार चार सय ३० रुपैयाँ रहेको आयल निगमले जनाएको छ ।
The post यस्तो छ आज बिहीबार पेट्रोल, डिजेल र ग्यासको मूल्य appeared first on महाशिला खबर.
]]>The post पेटीएमको आइपीओ आउँदै एक कित्ताको ३ हजार रुपियाँ appeared first on महाशिला खबर.
]]>यो दोस्रो बजारमा शेयरको बिक्री कारोबारको माध्यमबाट गरिने छ जहाँ विद्यमान शेयरधनीले आफूसँग भएको शेयर बिक्री गर्नेछन् । कम्पनीले नोभेम्बरको दोस्रो हप्तासम्ममा बजारमा सुचीकरण गर्ने योजना बनाएको छपेटीएमको आइपीको ३ हजार भारतीय रुपियाँमा आउने सम्भावना बढी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेको छ ।
भारतको ठूलो आइपीओको रुपमा आउन लागेको पेटीएमले रोड शो गरेर आइपीओको प्रचार प्रसार गर्ने जनाएको छ । उक्त आइपीओमा सर्वसाधारणको लागि कुल निष्काशनको १० प्रतिशत मात्र हिस्सा सुरक्षित गरिएको छ ।
कम्पनीले ८ हजार ३ सय करोड रुपियाँको नयाँ शेयर र त्यही बराबरको अफर फर सेल ९ओएफएस० को रुपमा जारी हुने छ । पेटीएमका मुख्य संस्थापक विजय शेयर शर्माले आफ्नो केही शेयर बिक्री गर्नेछ भने मुख्य संस्थापक लगानीकर्ता सफ्ट बैंक, अलि बाबा, एन्ट फाइनान्सियल गु्रप र सैफले पनि आफ्नो केही हिस्सा कम गर्नेछ ।
कम्पनीमा सैफ मरीशसले १५ रुपियाँमा ९।४१ करोड कित्ता शेयर किनेका थिए भने एलेवेसन कैपले ४२ लाख कित्ता शेयर ७८ रुपियाँमा किनेको थियो । त्यस्तै सैफ पार्टनर्सले ३ सय ६ रुपियाँमा ३।९६ करोड कित्ता शेयर किनेका थिए भने अलीबाबाले ५ सय ८३ रुपियाँमा ४।४२ करोड रुपियाँ शेयर किनेका थिए ।
भारतमा अहिले प्राथमिक र दोस्रो बजार दुवैमा उच्च वृद्धि भइरहेको छ । भारतमा गत अप्रिलदेखि जुलाईसम्ममै आइपीओमार्फत २ खर्ब ७० अर्ब भारतीय रुपैयाँ ९भारु० पुँजी उठेको थियो । यस अवधिमा १२ वटा भारतीय कम्पनीको आइपीओमार्फत उक्त रकम उठेको हो । यस्तै, अझै करिब ४० वटा कम्पनीको ७ खर्ब भारतीय रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा रहेको छ ।
The post पेटीएमको आइपीओ आउँदै एक कित्ताको ३ हजार रुपियाँ appeared first on महाशिला खबर.
]]>