पर्वतमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

10

पर्वत, जेठ २० गते । पर्वतमा सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । कुश्मा नगरपालिका–२ खुर्कोटस्थित अर्मादी घुम्टीमा आज दिउँसो ट्रक र मोटरसाइकल एकआपसमा टोक्किदा दुई जनाको ज्यान गरेको हो ।

पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकल चालक हिरा गर्बुजा र पछाडि सवार सुजन भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिनुभयो।

प्रहरीले ट्रक चालक मनोज थापा लाई नियन्त्रणमा लिएर ट्रकसहित जिल्ला प्रहरी कार्यालय पर्वतमा राखेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

[sidebar name="After post"]