जन्मदिनको अवसरमा गुप्तेश्वर वेदवेदाङ्ग पाठशालामा खाद्यान्न प्रदान

34

पर्वत । इनरह्विल क्ल्व अफ पर्बतका कोषाध्यक्ष लक्ष्मी उपाध्यको जन्मदिनको अवसरमा खाद्यान्न सामाग्री वितरण गरिएको छ । इनरह्विल क्ल्व अफ पर्बतको आयोजना र जन्मदिन पर्ने उपाध्यको आर्थिक सहयोगमा शनिबार गुप्तेश्वर वेदवेदाङ्ग पाठशालामा खाद्यान्न सामाग्री वितरण गरिएको हो । पछिल्लो समय जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढिरहेका बेला यो कार्यले समाजमा सकारात्मक सन्देश दिने उदेश्यले सामाग्री प्रदान गरेको क्लबले बताएको छ ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । गुप्तेश्वर वेदवेदाङ्ग पाठशाला पाठशालाका अध्यक्ष कमलनाथ पौडेल, गुरु ज टिकाराम पौडेल लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
क्लबका अध्यक्ष सरिता शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत पुर्व अध्यक्ष अनिता सापकोटाले, धन्यवाद मन्तव्य उपाध्यक्ष सुजता वि पौडेलले र संचालन क्लवका सचिव तुलसी वि पौडेलले गर्नु भएको थियो ।
जन्मदिनको अवसरमा गरेको यो असल कार्यप्रति क्लबका सम्पुर्ण सदस्यहरुले लक्ष्मी उपाध्यलाई आभार प्रकट गर्दै सुस्वास्थ्य दिर्घायुको कामना गरेका थिए ।

[sidebar name="After post"]