पर्वत । अन्तराष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष एवम् समाजसेवी पुरन गिरीले नेकपा एमाले पर्वतको कार्यालयका लागि कुर्सी प्रदान गर्नुभएको छ । पार्टी कार्यालयमा आज एक कार्यक्रमका विच गिरीका वुवा कलाधर गिरीले पार्टी अध्यक्ष राजुप्रसाद पौडेललाई ४० थान प्लाष्टिकका कुर्सी हस्तान्तरण गर्नुभएको हो । । पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रम व्यवस्थित तवरले सञ्चालन होस भन्ने उदेश्यले कुर्सी हस्तान्तरण गरिएको कलाधर गिरीले बताउँनुभयो । उहाँले आफ्नो छोरा विदेशमा भएता पनि जन्मभुमिका लागि सहयोग गरिराखेको बताउँनुभयो ।
कुश्मा नगरपालिका वडा नं ६ स्थायी घर भएका गिरी लामो समयदेखि युकेमा बस्दै आइरहनुभएको छ । गिरीले अन्तराष्ट्रिय पर्वत समाजको परिकल्पना गरेर अध्यक्ष भई कामको शिलशिलामा विश्वभर रहेका पर्वतेलीहरुलाई एकिकृत गरेर हाल सम्म करिव ३१ राष्ट्रमा शाखा विस्तार गरी पर्वतको विकास र समृद्धिका लागि काम गर्दै आइरहनुभएको छ । गिरीले अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतमा बाढी, पहिरो, भुकम्प, कोरोना जस्ता आपतविपतका समयमा पर्वतेली जनतालाई सेवा गर्दै आइरहनुभएको छ ।
गिरीले सेवा नै धर्म भएको बताउँदै सेवा गर्न पाउँदा मनमा आनन्द मिल्ने बताउँनुभयो । उहाँले आफु जन्मे हुर्केको गाउँ ठाउँ प्यारो लाग्ने बताउँदै पर्वतको विकासका लागि आगमी दिनहरुमा अन्य कामहरु पनि गर्ने बताउँनुभएको छ ।
गरिले भन्नुभयो, “हामी विश्वभरी छरिएका पर्वतेलीहरुलाई गोलवद्ध गर्ने अभियानमा छौ र यसै मार्फत मातृभूमिको महत्व र अर्थ बुझाउँदै अगाडि बढ्ेका छौ । अब स्थानिय सरकार र केन्द्रिय सरकारको सहयोग साथ रहेमा पर्वतको बिकासमा इट्टा थप्न प्रवासीहरुको इच्छा रहेको छ ।”
कुर्सी ग्रहण गर्दै नेकपा एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेलले पार्टी कार्यालयलाई कुर्सी प्रदान गरेकोमा धन्यवाद दिनुभयो । उहाँले प्रवासमा रहेर पनि आफ्नो पार्टीलाई सहयोग पुर्याएकोमा खुशी व्यक्त गर्नुभयो ।
गिरीले थप २० थान कुर्सी कुश्मा नगरपालिका ७ खरेहामा रहेको कुल मन्दिरमा समेत हस्तान्तरण गरिएको बुवा कलाधर गिरीले जानकारी जानकारी दिनुभयो ।





