कुश्मा नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा 23 hours ago

3

८ जेठ, पर्वत । नगरपालिकाद्वारा आयोजित घोषणा कार्यक्रममा नगर प्रमुख रामचन्द्र जोशीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, नगर प्रवक्ता लालकृष्ण बास्तोला, वडा अध्यक्ष ईश्वर गिरीलगायतले मन्तव्य व्यक्त गर्दै पूर्णखोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका थिए।

कार्यक्रममा स्वास्थ्य तथा जनस्वास्थ्यका क्षेत्रमा नगरपालिकाले हासिल गरेको उपलब्धिबारे चर्चा गर्दै आगामी दिनमा पनि पूर्णखोपको अवस्था कायम राख्न तथा बालबालिकाको स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य गोपाल आचार्यले राख्नुभएको थियो भने सञ्चालन स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले गर्नुभएको थियो।
पूर्णखोप पालिका घोषणासँगै कुश्मा नगरपालिकाले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न तथा खोप सेवाको दिगोपना कायम राख्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

[sidebar name="After post"]