भूमि सम्बन्धी समस्या समधानका लागि महाशिला गाउँपालिका र भुमि आयोग विच सम्भौता

184

पर्वत । पर्वतको महाशिला गाउँपालिका र राष्ट्रिय भूमि आयोग विच सुकुम्वासी,भुमिहिन दलित र अव्यवस्थित वस्तीको समस्या समधान गर्न सम्भौता भएको छ । आइतबार सदरमुकाम कुश्मा बजारमा भएको एक कार्यक्रममा महाशिला गाउँपालिका अध्यक्ष इश्वरी भुषाल र भुमि आयोगका विज्ञले सम्भौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

भुमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ दफा ६ को खण्ड ९घ. बमोजिम स्थानीय तहले भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यस्थित बसोवासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम गर्नुपर्नेछ ।
लगत सकंलन तथा प्रमाणिकरणको कार्य व्यवस्थित र निर्धारित समय भित्र सम्पन्न गर्नको लागि कार्ययोजना तयार र बजेट व्यवस्थापन गरी कार्यन्वनमा ल्याउने र स्थानिय तहको अनुरोधमा आयोग वा जिल्ला स्थित कार्यलयबाट खटिएका स्थायी कर्मचारीलाई नियमानुसारको दैनिक भ्रमण स्थानीय तहले भत्ता उपलब्ध गराउनुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

यस्तै भुमिहीन दलित, भुमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान लगत संकलन र प्रमाणीकरण सम्बन्धी मापदण्ड र कार्यविधी भूमि सम्वन्धी समस्या सामाधान आयोगले स्थानीय तहलाई उपलव्ध गराउनेछ । भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको तथ्यांक प्रवृष्टि गर्नको लागि प्रणाली सिस्टम उपलब्ध गराउने र स्थानिय तहको भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको लगत संकलन इकाईमा हेरेर नापनक्सा सम्वन्धीको कार्य गर्न थप अमिन वा सर्भेक्षकको व्यवस्था भूमि सम्वन्धी समस्या सामाधान आयोगले गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुषालले भूमि सम्वन्धि उत्पन्न समस्यालाई समाधानको लागि प्रचलित ऐन अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
महाशिला गाउँपालिकामा १२ जना भुमिहिन र ३२ जना अव्यवस्थित बसोस गर्ने रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद पराजुलीले जानकारी दिए । उनले आगामी दिनमा वास्तविक भुमिहिनको पहिचान गरी लालपुर्जा दिने बताएका छन् ।
साथै पर्वतका अन्य स्थानीय तहले पनि भूमि सम्बन्धी समस्या समधानका लागि  राष्ट्रिय भूमि आयोगसंग सम्भौता गरेका छन् ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here